घोडाघोडीमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सम्पन्न

शेयेर गर्नुहोस

सुखड । यही मङ्सिर ९ गतेबाट देशभर सुरु भएको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान आइतबार सकिएको छ । जस अन्तर्गत कैलालीको घोडाघोडी नगरपालिकाले पनि अभियान सम्पन्न गरेको छ । ‘लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता : महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’ भन्ने मूल नाराका साथ वडा नम्बर १२ बाट सुरु भएको यो अभियान आइतबार वडा नम्बर १ मा एक कार्यक्रम गरी समापन गरिएको हो ।

नगर प्रमुख खडक बहादुर रावतको सभाध्यक्षमा कार्यक्रममा समापन गरिएको थियो । कार्यक्रममा जनप्रतिनिधि, विद्यार्थी, इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र वीर विक लगायत स्थानीयहरूको सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र वीर विकले लैङ्गिक हिंसाका बारेमा प्रस्ट पारेका थिए । महिला माथिको सामाजिक दृष्टिकोणमा पूर्ण रूपमा परिवर्तन नआइसकेकाले सामाजिक आर्थिक र घरेलु हिंसा जस्ता हरेक हिंसा विरुद्ध प्रत्येक महिलाले आवाज उठाउनु पर्ने बेला आएको उनले बताए ।

प्रविधिको विकाससँगै लैङ्गिक हिंसाका घटनाका स्वरूपहरू परिवर्तन भइरहँदा सुरक्षा निकायलाई छानबिन र पीडितलाई न्याय दिलाउने काममा चुनौती थपिएको उनको भनाई थियो । कहीँ कतै बाट हिंसा भए सम्बन्धित निकाय जान समेत उनले आग्रह गरे ।

त्यस्तै नगर प्रमुख खडक बहादुर रावतले समाजको सकारात्मक रूपान्तरणको लागि नगर सरकार लागि परेको भन्दै उनले एकै चोटि ठुलो परिवर्तन नहुने धारणा उनको थियो । हरेक किसिमका हिंसामा पर्ने महिलाहरू शोषित मात्रै भएर नबस्न उनको आग्रह रहेको थियो । हिंसा भएको खण्डमा सम्बन्धित निकाय वा न्यायिक समितिमा जान समेत उनले आग्रह गरे ।

बाल कल्याण सङ्घ टीकापुर, वर्ल्ड भिजन इन्टरनेशनल नेपाल, इन्सेक, नगर स्तरीय मानव अधिकार समूह, बाल अधिकार चेतना बाल समूहको समन्वय र नगरपालिकाको महिला बालबालिका तथा समाज कल्याण उप–शाखाको आयोजनामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान समापन भएको हो । कार्यक्रम पत्सात सुखड बजारमा प्रभात फेरि समेत गरिएको थियो ।

१६ दिने सम्म १२ वटै वडाहरूमा लैङ्गिक हिंसा सम्बन्धी जनचेतनामूलक कार्यक्रमहरू गरी अभियान मनाईएको महिला बालबालिका तथा समाज कल्याण उप–शाखा शाखाका प्रमुख इन्दु जोशीले जानकारी दिनु भयो । सन् १९९१ देखि सुरु भएको लैङ्गिक हिंसाविरुद्ध विश्वव्यापी अभियान प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० अर्थात् यो वर्ष मङ्सिर ९ देखि २५ सम्म मनाइन्छ ।

नेपालमा यो अभियान २०५४ सालदेखि देशव्यापी रुपमा सञ्चालन हुँदै आएको हो । पितृसत्तात्मक सोच रहेको नेपाली समाजमा विभेद रहित समाज निर्माणका लागि लैङ्गिक हिंसा विरुद्धको अभियान उपलब्धिमूलक बनाउन जरुरी देखिएको छ । विभेद र हिंसाका कारण शारीरिक, मानसिक, आर्थिक र सामाजिक समस्याहरू भोग्न बाध्य नागरिकहरूलाई यो अभियानले सामाजिक न्यायको वातावरण तयार गर्न सघाउ पुग्ने विश्वास गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

नेपाली हर्ट ग्रुप नेपालले गर्‍यो सहारा घरमा खाद्यान्न सहयोग

सुखड । कैलालीको बर्दगोरिया गाउँपालिका–२ मा रहेको असहायका लागि सहयोगी हात नेपालद्वारा सञ्चालित सहारा घरमा नेपाली हर्ट ग्रुप नेपालले बृहत् सहयोग सामाग्री हस्तान्तरण गरेको छ

अझै पढ्नुहोस्
समाचार

सामुदायिक बनले दुनाटपरी उद्योग सन्चालन

जमुना न्युरे,सुखड/कैलालीको घोडाघोडी नगरपालिका १ घोडाघोडीमा रहेको टेङ्गनुवा सामुदायिक बन उपभोक्ता समूह महिलाले दुनाटपरी उद्योग सञ्चालन गर्न थालेका छन् । सामुदायिक बनले स्थानिय महिलाहरुलाइ सामुदायिक

अझै पढ्नुहोस्
समाचार

एमसिसीकाे विराेधमा ८ दलले गरेकाे बन्दकाे प्रभाव टीकापुरमा पनि(फोटो फिचर)

टीकापुर/आज फागुन १६ गते एमसिसीकाे विराेधमा गरेकाे ८ दलकाे बन्दकाे प्रभाव टीकापुरमा पनि परेकाे छ । सामान्यतया दुई पांग्रे र तीन पांग्रे सवारि साधान चलेपनि

अझै पढ्नुहोस्
समाचार

सुदूरपश्चिम पर्यटन ऐनप्रति व्यवसायीको आपत्ती,भन्छन–‘हामीमाथि करको भारमात्र नथप्यौं’

धनगढी । सुदूरपश्चिम प्रदेशका होटल, जल, रेष्टुराँ तथा रिसोर्ट र बारले पर्यटकस्तरको इजाजत लिएर मात्रै पर्यटकको खान, बस्न लगायतका कारोबार गर्न पाउने गरिएको व्यवस्थामा पर्यटन

अझै पढ्नुहोस्