TRENDING
Veloce Roulette Jackpot con Deposito Veloce: Recensione Expert
Avansert spill premium bord rulett online: En guide for erfarne spillere
Todo lo que necesitas saber sobre la ruleta sin depósito VIP
Milyen Új Fizetési Módszereket Kínál A Legális Magyar Online Kaszinó?
En Dybtgående Anmeldelse af CasinoX: Flexible Limits bei den besten Blackjack-Tischen im NV Casino für Strategen
Next
Prev

घोडाघोडीमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सम्पन्न

शेयेर गर्नुहोस

सुखड । यही मङ्सिर ९ गतेबाट देशभर सुरु भएको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान आइतबार सकिएको छ । जस अन्तर्गत कैलालीको घोडाघोडी नगरपालिकाले पनि अभियान सम्पन्न गरेको छ । ‘लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता : महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’ भन्ने मूल नाराका साथ वडा नम्बर १२ बाट सुरु भएको यो अभियान आइतबार वडा नम्बर १ मा एक कार्यक्रम गरी समापन गरिएको हो ।

नगर प्रमुख खडक बहादुर रावतको सभाध्यक्षमा कार्यक्रममा समापन गरिएको थियो । कार्यक्रममा जनप्रतिनिधि, विद्यार्थी, इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र वीर विक लगायत स्थानीयहरूको सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र वीर विकले लैङ्गिक हिंसाका बारेमा प्रस्ट पारेका थिए । महिला माथिको सामाजिक दृष्टिकोणमा पूर्ण रूपमा परिवर्तन नआइसकेकाले सामाजिक आर्थिक र घरेलु हिंसा जस्ता हरेक हिंसा विरुद्ध प्रत्येक महिलाले आवाज उठाउनु पर्ने बेला आएको उनले बताए ।

प्रविधिको विकाससँगै लैङ्गिक हिंसाका घटनाका स्वरूपहरू परिवर्तन भइरहँदा सुरक्षा निकायलाई छानबिन र पीडितलाई न्याय दिलाउने काममा चुनौती थपिएको उनको भनाई थियो । कहीँ कतै बाट हिंसा भए सम्बन्धित निकाय जान समेत उनले आग्रह गरे ।

त्यस्तै नगर प्रमुख खडक बहादुर रावतले समाजको सकारात्मक रूपान्तरणको लागि नगर सरकार लागि परेको भन्दै उनले एकै चोटि ठुलो परिवर्तन नहुने धारणा उनको थियो । हरेक किसिमका हिंसामा पर्ने महिलाहरू शोषित मात्रै भएर नबस्न उनको आग्रह रहेको थियो । हिंसा भएको खण्डमा सम्बन्धित निकाय वा न्यायिक समितिमा जान समेत उनले आग्रह गरे ।

बाल कल्याण सङ्घ टीकापुर, वर्ल्ड भिजन इन्टरनेशनल नेपाल, इन्सेक, नगर स्तरीय मानव अधिकार समूह, बाल अधिकार चेतना बाल समूहको समन्वय र नगरपालिकाको महिला बालबालिका तथा समाज कल्याण उप–शाखाको आयोजनामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान समापन भएको हो । कार्यक्रम पत्सात सुखड बजारमा प्रभात फेरि समेत गरिएको थियो ।

१६ दिने सम्म १२ वटै वडाहरूमा लैङ्गिक हिंसा सम्बन्धी जनचेतनामूलक कार्यक्रमहरू गरी अभियान मनाईएको महिला बालबालिका तथा समाज कल्याण उप–शाखा शाखाका प्रमुख इन्दु जोशीले जानकारी दिनु भयो । सन् १९९१ देखि सुरु भएको लैङ्गिक हिंसाविरुद्ध विश्वव्यापी अभियान प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० अर्थात् यो वर्ष मङ्सिर ९ देखि २५ सम्म मनाइन्छ ।

नेपालमा यो अभियान २०५४ सालदेखि देशव्यापी रुपमा सञ्चालन हुँदै आएको हो । पितृसत्तात्मक सोच रहेको नेपाली समाजमा विभेद रहित समाज निर्माणका लागि लैङ्गिक हिंसा विरुद्धको अभियान उपलब्धिमूलक बनाउन जरुरी देखिएको छ । विभेद र हिंसाका कारण शारीरिक, मानसिक, आर्थिक र सामाजिक समस्याहरू भोग्न बाध्य नागरिकहरूलाई यो अभियानले सामाजिक न्यायको वातावरण तयार गर्न सघाउ पुग्ने विश्वास गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Veloce Roulette Jackpot con Deposito Veloce: Recensione Expert

Avansert spill premium bord rulett online: En guide for erfarne spillere

Todo lo que necesitas saber sobre la ruleta sin depósito VIP

Milyen Új Fizetési Módszereket Kínál A Legális Magyar Online Kaszinó?

En Dybtgående Anmeldelse af CasinoX: Flexible Limits bei den besten Blackjack-Tischen im NV Casino für Strategen

1x Казино Зеркало: Пошаговый гид для новичков

सम्बन्धितखवर

छुटाउनु भयो कि !

राजनीति

प्रदेश अध्यक्षमाथि नाउपाकी अध्यक्ष रञ्जिताले चलाइन् कारबाही

जमुना न्युरे,धनगढी/नागरिक उन्मुक्ति पार्टीका बागमती प्रदेश अध्यक्ष दीपबहादुर योञ्जन तामाङ र गण्डकी प्रदेशका अध्यक्ष राजन गुरुङ पार्टीबाट निस्कासित भएका छन् । नाउपाका संस्थापक नेता रेशमलाल

अझै पढ्नुहोस्

live blackjack in Michigan: a modern card‑shuffling revolution High‑stakes play doesn’t always mean a trip to a strip‑city casino. For most Michiganders, the rush of

अझै पढ्नुहोस्

Mostbet সম্পর্কে জানতে চাই? উন্নত বেটিং প্রযুক্তি

Mostbet সম্পর্কে জানতে চাই? উন্নত বেটিং প্রযুক্তি বর্তমান দুনিয়ায় অনলাইন বেটিংয়ের প্রেক্ষাপটে “Mostbet” একটি পরিচিত নাম। এই প্ল্যাটফর্মটি তার উন্নত প্রযুক্তির জন্য সুপরিচিত, যা ব্যবহারকারীদের

अझै पढ्नुहोस्