घोडाघोडि क्षेत्र बिकास गर्छौ मुख्यमन्त्री शाह

शेयेर गर्नुहोस


जमुना न्युरे,सुखड/सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले घोडाघोडी क्षेत्रको विकासका लागि प्रदेश सरकारले पहल गर्ने बताएका छन् । कैलाली र कञ्चनपुरका प्रमुख सिमसार क्षेत्रहरूमा रहेका रैथाने तथा प्रवासी पक्षी अवलोकन गर्ने कार्यक्रममा उपस्थित मुख्यमन्त्री शाहले घोडाघोडीको विकासमा प्रदेश सरकार लागि पर्ने बताएका हुन् ।

‘घोडाघोडीको डिपिआर तयार गर्नुहोस् । पैसाको चिन्ता नगर्नुहोस् । २\४ वर्षमा कायापलट हुने गरि हामी विकास गर्छौ’ मुख्यमन्त्री शाहले भने ।

घोडाघोडीमा बाह्य देशबाट चराहरू आउने गरेको भन्दै उनले बाह्य देशहरूबाट पर्यटकहरू पनि ल्याउनु पर्ने बताएका थिए । चरा संरक्षणलाई पर्यटनसँग जोड्नु पर्नेमा मुख्यमन्त्री शाहको जोड थियो । घोडाघोडी विश्व राम सार क्षेत्रमा सूचीकृत भएको र अन्तर्राष्ट्रियले पनि मान्यता दिएको भन्दै उनले यसलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन आवश्यक रहेको बताए । ‘यहाँ साइबेह्रिया, मङ्गोलिया लगाएतका देशहरूबाट पनि चराहरू आउने गर्दछन्’ मुख्यमन्त्री शाहले भने ‘यो विषयलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन आवश्यक छ ।’

राज्यका सबै निकायहरूले घोडाघोडीको महत्त्व बुझ्न आवश्यक रहेको मुख्यमन्त्री शाहको भनाइ थियो । सत्तीमा रहेको शिव मन्दिर र कर्णाली, घोडाघोडी, बेहेडावावा गोदावरी जस्ता क्षेत्रलाई धार्मिक रुपमा मात्रै नभएर एैतीहासिक रुपमा पनि महत्त्वपूर्ण रहेको उनले बताए ।

‘गुरुयोजना अझै विस्तृत रुपमा हेरौँ । विना गुरुयोजना सरकारले कतै बजेट हाल्दैन ’ उनले भने ‘घोडाघोडी जस्ता क्षेत्रमा राज्यले लगानी बढाउन तयार छ । ’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

भजहरमा रमाउँदै नारायणपुरका थारु समुदाय

सम्बन्धितखवर

छुटाउनु भयो कि !

खेलकुद

फाप्लामा कैलाली प्रीमियर लिग शुरु,उद्घाटन खेलमा शुक्लाफाँटा विजयी

धनगढी / जिल्ला कृकेट संघ कैलालीको आयोजनामा आजबाट धनगढीको फाप्ला मैदानमा अन्तर पालिका कैलाली प्रीमियर लिग T20 प्रतियोगिता शुरु भएको छ । सोमबार एक औपचारिक

अझै पढ्नुहोस्
Highlights

विकास सबै नगरवासिको चाहना होइन र ?

टीकापुर नगरपालिका वडा नं. १ भानुचाेक स्थित सार्वजनिक स्थलमा जिर्ण अवस्थामा ( सडककाे सतह भन्दा गहिरो अवस्थामा रहेकाे , मर्मत गरेर बनाउन नसकिने ) शाैचालय

अझै पढ्नुहोस्
समाचार

पुर्नबासमा विज्ञान तथा प्रबिधिका बिषयमा अभिमुखिकरण कार्यक्रम सम्पन्न

जमुना न्युरे/ पुर्नबास नगरपालिकाको आयोजना तथा ओसन पब्लिकेशन प्रा.लि.काठमाण्डौंको सह आयोजनामा बिज्ञान तथा प्रबिधिका बिषयमा एक दिने अभिमुखिकरण तालीम सम्पन्न भएको छ । अहिलेको शिक्षा

अझै पढ्नुहोस्
समाचार

हाट बजारमा डोजर चलाइयो

धनगढी– कैलाली जिल्ला अदालतको अन्तरिम आदेशलाई लत्याउँदै धनगढी उपमहानगरपालिकाले वडा नम्बर ४ स्थित दक्षिणकाली हाटबजारमा डोजर चलाएको छ। सो हाटबजारमा सम्झौता विपरीत कुनै पनि कार्य

अझै पढ्नुहोस्