घण्टा घर सञ्चालनको तयारी हुँदै, एक हप्ता भित्र ठेक्का प्रकृयामा जान्छ: नगर प्रमुख थारु

शेयेर गर्नुहोस

टीकापुर / टीकापुर नगरपालिकाले वडा नं. १ मा बनेको घण्टा घर सञ्चालनको तयारी थालेएको छ । नगरपालिकाले ठेक्का प्रकृयाबाट घण्टा घर संचालनकाे तयारी गरेकाे हाे ।


टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डंगौरा थारुले एक हप्ता भित्र घण्टा घर संचालनकाे लागि टेण्डर प्रकृया सुरु हुने बताउनुभयो । उहाँले ठेक्का प्रकृयाका लागि न्युनतम दर कायम गर्नुपर्ने भएकोले साउन १५ गते कार्यपालिकाे बैठक राखेको र बैठकबाट न्युनतम दर कायम गरि हप्ता दिन भित्र ठेक्काकाे सुचना प्रकाशनकाे तयारी भएको जनाउनु भएको छ ।


नगरपालिकाका इन्जिनियर राजेन्द्र रावलले ठेक्का प्रकृयाकाे सबै काम सम्पन्न भएको र न्यूनतम दर कायम नभएकोले काम अघि नबढेको बताउनुभयो । उहाँले नगरपालिकाले न्यूनतम दर कायम गरेकाे दुई तीन दिनमा नै सुचना प्रकासन गर्न सकिने बताउनुभयो ।


स्मार्ट सिटी अन्तर्गत शहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाई धनगढी कैलालीको निगरानीमा घण्टा घर निर्माण भएको थियो । रोयल प्रशंसा जे. भी. धनगढीले तीन करोड २६ लाख ४२ हजार दुई सय ६६ रुपैयाँ ५० पैसामा घण्टाघरको जिम्मा लिएको थियो ।


टीकापुर नगरपालिका वडा नं. १ ब्लक नं. १९ मा २०७५ पुस ११ गतेबाट निर्माण सुरु भएको उक्त आयोजना २०७७ भदौ २५ गते सम्पन्न गर्नुपर्ने भएपनि कोरोना संक्रमण लगायतका समस्याका कारण एक वर्ष ढिलो गरी आयोजनाको काम सम्पन्न भएको थियो । निर्माण भएको घण्टा घरलाई टीकापुरको साँस्कृतिक पहिचान झल्काउने म्युजियमको रुपमा सञ्चालन गर्ने तयारी नगरपालिकाले गरेको छ ।


घण्टा घरको भुइँ तलामा पुस्तकालय रहने छ । बिचको तलामा रेष्टुरेन्ट रहने छ भने त्यस माथीको तलाबाट टीकापुर बजार क्षेत्रको अवलोकन गर्न सकिने छ । घण्टा घरको बाहिर लगाइएका घडीको विषयले पटकपटक आलोचना खेपेको घण्टा घर सञ्चालनमा आएपछि नगरपालिकाको आन्तरिक स्रोतको एक आधार बन्ने विश्वास लिइएको छ ।


टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगाैरा थारु, प्राविधिक र पत्रकार सहितको टाेलिले घण्टा घरकाे स्थलगत अनुगमन गर्दै साउन महिना भित्र सञ्चालनका लागि प्रक्रिया अगाडि बढाउने बताइएको थियाे ।

ताजा खबर

The Ultimate Guide to Top Slots: Whatever You Required to Know

Casino Free Slots

Recognizing ESA Letters in Arizona: A Comprehensive Overview

सम्बन्धितखवर

छुटाउनु भयो कि !