कैलाशधाम तीर्थस्थल : ऐतिहासिक, धार्मिक र पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै

शेयेर गर्नुहोस


जमुना न्युरे/सुदूरपश्चिम प्रदेशको प्रवेशद्वारका रूपमा रहेको कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका–३ बल्चौरस्थित कैलाशधाम तीर्थस्थल ऐतिहासिक, धार्मिक तथा पर्यटकीय केन्द्रका रूपमा विकास भइरहेको छ।

संघीय राजधानी काठमाडौंबाट सुदूरपश्चिमका नौवटै जिल्लामा प्रवेश गर्ने मुख्य मार्गमै रहेको यस धामले पछिल्ला वर्षहरूमा विशेष चर्चा पाएको छ।


वि.सं. २०५४ सालमा धामका संस्थापक अध्यक्ष स्वर्गीय लक्ष्मीराम रिमालले मानसरोवर यात्राका क्रममा कैलाश पर्वतबाट बगेर आएको जल र यसको धार्मिक महत्वबारे अनुसन्धान गरेपछि यस क्षेत्रलाई धार्मिक केन्द्रका रूपमा विकास गर्ने लक्ष्य राखिएको थियो।

सोही उद्देश्यअनुसार वि.सं. २०५६ सालमा “विश्व हिन्दु एकता परिषद् नेपाल” स्थापना गरी कैलाशधाम निर्माण अभियान सुरु गरिएको हो।
हाल कैलाशधाम परिसरमा दक्षिण भारतीय शिखर शैलीमा निर्माणाधीन श्री अष्टोत्तर सत् महालक्ष्मी मन्दिर, कैलाशपति महादेव मन्दिर, कैलाश आर्यघाट, कैलाश वेदविद्या आश्रम तथा संस्कृत महाविद्यालय, कैलाश धर्मशाला, कैलाश नौग्रह वाटिका र कामधेनु गौशाला सञ्चालन तथा निर्माणका चरणमा रहेका छन्।

एउटै मन्दिरमा १०८ देवी–देवताका मूर्ति स्थापना गर्ने लक्ष्यसहित निर्माण भइरहेको महालक्ष्मी मन्दिरलाई सुदूरपश्चिमकै नमुना धार्मिक संरचनाका रूपमा हेरिएको छ।


वि.सं. २०७२ वैशाख ४ गते तत्कालीन शिक्षा राज्यमन्त्री महोनसिंह राठौरले मन्दिरको शिलान्यास गरेका थिए। प्रारम्भिक चरणमा निर्माण लागत करिब १० करोड रुपैयाँ अनुमान गरिएको भए पनि हाल योजना विस्तार र संरचनागत परिवर्तनसँगै लागत बढ्ने अनुमान गरिएको छ।


धाम निर्माणका लागि स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारले विभिन्न समयमा बजेट विनियोजन गर्दै आएका छन्। हालसम्म करिब २ करोड रुपैयाँभन्दा बढी खर्च भइसकेको अनुमान गरिएको छ। आर्थिक वर्ष २०८२/०८३ मा सुदूरपश्चिम प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गत पर्यटन कार्यक्रम कार्यान्वयन इकाइले १ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो।

ठेक्का प्रक्रियामा लागत घटेपछि ९१ लाख ८५ हजार रुपैयाँमा मन्दिरको रंगरोगन , डि .पि .आर . अन्य आकर्षक सौन्दर्यकलात्मक कार्य तथा अन्य निर्माण कार्य भइरहेको पर्यटन इकाइका प्रमुख डबलबहादुर बोहराले जानकारी दिएका छन्।


कैलाशधामले सनातन धर्म, संस्कृति र आस्थाको संरक्षण तथा प्रचार–प्रसारलाई मुख्य उद्देश्य बनाएको छ। धार्मिक आस्थासँगै यसको वैज्ञानिक पक्षलाई उजागर गर्दै समाजमा रहेका अन्धविश्वास र विकृतिलाई हटाउने अभियान पनि सञ्चालन भइरहेको धाम व्यवस्थापनले जनाएको छ।


धामले कर्णाली नदीलाई “मानसगंगा”का रूपमा परिचित गराउने अभियानसमेत अघि बढाएको छ। कैलाश पर्वतबाट बगेर आएको पवित्र नदीका रूपमा कर्णालीलाई धार्मिक पर्यटनसँग जोडेर प्रचार गर्ने लक्ष्य राखिएको छ। साथै योग, ध्यान तथा आध्यात्मिक साधना केन्द्रका रूपमा समेत विकास गर्ने योजना रहेको छ।


धाम परिसरमा विगत २० वर्षदेखि ३०० भन्दा बढी गाई संरक्षण गरिँदै आएको छ। अब यसलाई “गोग्राम”का रूपमा विस्तार गर्दै करिब २ हजार गाई संरक्षण गर्ने योजना अघि बढाइएको छ। गौमूत्र र गोबरबाट जैविक मल, किटनाशक तथा औषधिजन्य सामग्री उत्पादन गरी जैविक कृषि प्रवर्द्धन गर्ने उद्देश्य पनि रहेको छ।


धाम व्यवस्थापनका अनुसार गौसंरक्षणले धार्मिक महत्व मात्र नभई कृषि तथा स्वास्थ्य क्षेत्रमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ। जैविक खेतीको विस्तार, कृषकको आम्दानी वृद्धि र स्थानीय आर्थिक गतिविधिमा टेवा पुग्ने अपेक्षा गरिएको छ।


कैलाशधाम पूर्णरूपमा निर्माण सम्पन्न भएमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्ने र यस क्षेत्रका होटल, यातायात तथा अन्य व्यवसायमा समेत आर्थिक गतिविधि विस्तार हुने विश्वास स्थानीयवासीले लिएका छन्। धार्मिक पर्यटनमार्फत सुदूरपश्चिम प्रदेशलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने धामको लक्ष्य रहेको मन्दिर निमार्ण समितीका अध्यक्ष खडानन्द सापकोटाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Franks Glücksrad Erfahrung in Spielhallen und Online Casinos

Igrišča Lazybar: Odnos Stavke in Odškodnine

Osombets Rigtige Chancer på Glæden

Provedor de Roleta: Tudo o que você precisa saber

Gioco di Casino Slot Azzardo Wild Dadi Rischi e Premi

Spielbank Kiel – Automatenspiele und Casino-Erlebnis in Schleswig-Holstein

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

हमाललाई पूर्णानन्द जोशी राष्ट्रिय शिक्षा सेवा पुरस्कार प्रदान

धनगढी/कैलाली जिल्ला धनगढीको चर्चित विद्यालय स्टेपिङ स्टोन इङ्लिस स्कूलका संस्थापक तथा प्रिन्सीपल रामजी हमाललाई पूर्णानन्द जोशी राष्ट्रिय शिक्षा सेवा पुरस्कार प्रदान गरिएको छ। कैलाली जनपुस्तकालय

अझै पढ्नुहोस्