के तपाइले महिलाले भोग्ने प्रसव पीडा सहन गर्नु भएको छ ?

शेयेर गर्नुहोस


धनगढी/सुदूरपश्चिम प्रदेश सरकारका युवा , महिला तथा बालबालिका मन्त्रालयका मन्त्री ओम बिक्रम भाटलाई एक युवाले प्रश्न गरे “के तपाईले प्रसव पिडा सहन गर्नु भएको छ ?” उनले प्रश्नमा थपे  “महिलाका पिडाहरु, सवालहरु, र उनिहरुका मुद्धाहरु पुरुषले कसरी सम्बोधन गर्न सक्छ ? समाबेशीताका कुरा गर्नु हुन्छ, महिला मन्त्री त महिला नै हुनुपर्ने पाउनुपर्ने होईन र के तपाई अवसरवादी हो ?”

उक्त प्रश्न एकाउण्टबिलिटी ल्याब नेपालले सोमबार धनगढीमा आयोजना गरेको ‘राजनीतिमा युवाको पहुँच र सहभागीता’ विषयक प्यानल छलफलमा सहभागीका रुपमा उपस्थित भएका पाण्डव पुजाराले गरेका थिए । प्यानल छलफलमा राजनीतिमा समावेशीकरणको बिषय उठान भएपछि प्रश्नकर्ता पुजाराले उक्त प्रश्न सोधेका थिए ।

पुजाराको प्रश्नको जवाफ दिदै सुदूरपश्चिम प्रदेशका युवा महिला तथा बालबालिका मन्त्रालय मन्त्री ओमविक्रम भाटले भने “महिलाका मुद्धाहरु महिला भन्दा पुरुषलाई बढी थाहा हुन्छ । आफुलाई प्रत्यक्ष रुपमा महशुस नगरेपनि हामीले अप्रत्यक्ष रुपमा पुरुषले पनि महशुस गरिरहेका हुन्छन् । जो मैले पनि महशुस गरेको छु ।”साथै मन्त्रीभाटले उनले मन्त्रालय अन्र्तगतका आवश्यक नीति निर्माण गर्ने कुरामा लागीरहेको बताए ।

एकाउण्टबिलिटी ल्याब नेपालले आयोजना गरेको कार्यक्रममा राजनीतिज्ञ, नागरिक समाज, पत्रकार, विद्यार्थी गरी ५० भन्दा बढी युवाहरुको सहभागीता रहेको थियो । प्यानल छलफलमा नेपाली काँग्रेसका महाअधिवेसन प्रतिनिधी सुनिता राना, धनगढी उपमहानगरपालिका वडा नम्बर १८ का वडाध्यक्ष भुवन रिजाल, र युवा नेता विनय शाह उपस्थित थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

मनकिया सामुदायिक वनद्धारा २५५ उपभोक्तालाई विद्युतिय चुलो वितरण

गोदावरी । गोदावरी नगरपालिका वडा नम्बर ९ मुड कट्टीमा रहेको मनकिया सामुदायिक वनले उपभोक्तालाई निशुल्क विद्युतिय चुलो वितरण गरेको छ । सोमबार एक कार्यक्रमका वीच

अझै पढ्नुहोस्
समाचार

टीकापुरमा ठकुल्ला सेवा समाजकाे साधारण सभा सम्पन्न

टीकापुर/ टीकापुरमा ठकुल्ला सेवा समाज कैलालीको दोश्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । समाजका अध्यक्ष गगनसिंह ठकुल्लाको अध्यक्षतामा भएको साधारण सभामा संविधानसभा सदस्य हरिश ठकुल्ला

अझै पढ्नुहोस्
पर्यटन

कैलालीको चुरे गाउँपालिकामा चुरे पर्यटन उत्सव २०८० सम्पन्न

लवदेव धामी / कैलालीको चुरे गाउँपालिकामा “पर्यटन प्रवद्र्धन आर्थिक समृद्धिको बलियो आधार”भन्ने मूल नाराका साथ चुरे पर्यटन उत्सव २०८० सम्पन्न भएको छ। चुरे गाउँपालिका भित्र

अझै पढ्नुहोस्
समाचार

लागूऔषध दुर्व्यसनविरुद्धको बृहत पैदलयात्रा धनगढीमा सम्पन्न

धनगढी/कैलालीको धनगढीमा लागूऔषध दुर्व्यसनविरुद्धको बृहत पैदलयात्रा धनगढीमा सम्पन्न भएको छ।धनगढी चौराहा हुँदै पार्कमोडसम्म नेपाल विद्यार्थी संघ धनगढी उपमहानगर कार्यसमितिको आयोजनामा बृहत पैदलयात्रा गरिएको नेविसंघ धनगढी

अझै पढ्नुहोस्