किसानमैत्री वातावरण निर्माणमा प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री शाह

शेयेर गर्नुहोस

धनगढी, श्रावण २०। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले किसानले आफ्नो लगानीअनुसार सहज रूपमा प्रतिफल प्राप्त गर्ने वातावरण निर्माण गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ।


बुधबार कैलालीको लम्कीचुहा नगरपालिका–४ कौवापुरमा किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा निर्माण गरिएको बिउ प्रशोधन तथा भण्डारण गृह भवनको उद्घाटन गर्दै मुख्यमन्त्री शाहले प्रदेशको अधिकांश जनसंख्या कृषि पेशामा आबद्ध रहेकाले कृषिमैत्री वातावरण सिर्जना गर्न सरकार सक्रिय रूपमा लागिपरेको बताउनुभयो।


उहाँले कृषि उत्पादनको गुणस्तर वृद्धि, बजारीकरण र किसानको आयआर्जन बढाउन यस्ता पूर्वाधारले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।


सो अवसरमा मुख्यमन्त्री शाहले लम्कीचुहामा प्रादेशिक अस्पताल सञ्चालनका क्रममा देखिएका केही अवरोधप्रति दुःख व्यक्त गर्दै स्थानीय तहबाट आवश्यक सहयोग प्राप्त भए नमुना प्रादेशिक अस्पताल सञ्चालन गर्न प्रदेश सरकार पूर्ण रूपमा तयार रहेको स्पष्ट पार्नुभयो। साथै शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका प्रयोगात्मक कक्षाहरू लम्कीचुहा प्रादेशिक अस्पताल, सेती प्रादेशिक अस्पताल र महाकाली अस्पतालमा सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिनुभयो।


यसैबीच, तत्कालीन सत्तारुढ दल नेकपा (एमाले) का संसदीय दलका नेता राजेन्द्र सिंह रावलले मुख्यमन्त्री शाहले आफ्नो निर्वाचन क्षेत्रमा ५ अर्बभन्दा बढी बजेट विनियोजन गरेको आरोप लगाउँदै त्यसको पुष्टि गर्न चुनौती दिनुभएको छ।


किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा निर्माण गरिएको बिउ प्रशोधन तथा भण्डारण गृह सुदूरपश्चिम प्रदेश सरकारअन्तर्गत भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय तथा कृषि विकास निर्देशनालयको लागत साझेदारीमा निर्माण गरिएको हो। कृषि जन्य उद्योग स्थापना कार्यक्रमअन्तर्गत बिउ प्रशोधन मेसिनरी खरिद तथा जडान कार्य सम्पन्न गरिएको उक्त आयोजनाको कार्यान्वयन सहकारी संस्थाले गरेको जनाएको छ।


आयोजनाको कुल सम्झौता रकम ३४ लाख ५७ हजार रुपैयाँ रहेकोमा बोलपत्र स्वीकृत रकम ३४ लाख ३० हजार रुपैयाँ कायम गरिएको छ। कृषि विकास निर्देशनालयबाट १७ लाख १५ हजार रुपैयाँ अनुदान उपलब्ध गराइएको छ भने बाँकी लागत सहकारी संस्थाले व्यहोरेको जनाएको छ। संस्थाका अनुसार आयोजनाको वास्तविक लागत भने सम्झौताभन्दा केही बढी भएको छ।


आयोजना २०८३ साल वैशाख ८ गते सम्झौता भई २०८३ साल जेठ १२ गतेदेखि निर्माण कार्य सुरु गरिएको र २०८३ साल असार १५ गते सम्पन्न भएको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Casino Bonuses No Deposit An Excellent Way To Practice Your Game

What is King Billy Casino?

Betico: Den Store Spilleoplevelse på Nettet

Die Merkmale des BETAT Casino

Online Online Casinos that Approve Neteller: A Convenient Choice for Gamblers

Überblick über Chicken Road als Spielmodell im Glücksspiel

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाह र नेपाली सेना प्रमुख प्रधान सेनापती सिग्देलबिच भेटघाट

धनगढी/सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र नेपाली सेना प्रमुख प्रधान सेनापति महारथी अशोकराज सिग्देलबिच आज बिहान धनगढीमा भेटघाट भएको छ। भूतपूर्व सैनिक सम्मेलनका लागि सुदूरपश्चिम

अझै पढ्नुहोस्
समाचार

आधारभूत स्वास्थ्यकेन्द्र प्रभावकारी सेवा ,दक्ष बनाउनु पर्छ मन्त्री : खड्का

स्वास्थ्यकर्मीहरुको सम्मान गरौ ,श्रम शक्ति नै राष्ट्र भक्ती हो भन्ने मुल नाराका साथ नेपाल स्वास्थ्यकर्मी सघंको तेस्रो जिल्ला अधिबेशनमा प्रमुख अतिथिको आसन बाट बोल्दैसुदूरपश्चिम प्रदेशका

अझै पढ्नुहोस्