एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड ठाकुर एग्रो ईन्ड्रष्टिजको साथ

शेयेर गर्नुहोस

डडेल्धुरा /क्रिकेटको सहर धनगढीमा असार ७ गते आयोजना हुने ‘एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’ लाई ठाकुर एग्रो ईन्ड्रष्टिजले साथ दिएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले आयोजना गर्ने स्पोर्टस अवार्डमा विभिन्न खाद्य सामाग्री उत्पादन गर्दै आएको ठाकुर एग्रोले सहप्रायोजकको रुपमा साथ दिएको हो । प्रायोजन सम्बन्धी सम्झौता पत्रमा ठाकुर एग्रो ईन्ड्रष्टिजका प्रबन्ध निर्देशक हरिशंकर ठाकुर, नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष पैदीप पाठक र सल्लाहकार दीपक उपाध्यायले हस्ताक्षर गरे ।

नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले आयोजना गर्ने अवार्डको मुख्य प्रायोजक धनगढीमा रहेको सुदूरपश्चिमाञ्चल एकेडेमी ९एसपीए० तथा नवजीवन को–अपरेटिभ्स सहप्रायोजक रहेकोमा विगतका संस्करणमा समेत साथ दिँदै आएको एग्रोले पनि यसपटक अवार्डलाई सहप्रायोजन गरेको हो । यस्तै न्यूसिटी पोलिक्लिनिकले पनि सुदूरपश्चिम आइकन महिला विधालाई प्रायोजन गरिसकेको छ । 

असार ७ गते धनगढीमा आयोजना हुने चौथो संस्करणको ‘एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड’ मार्फत वर्ष ०८० मा उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल खेलाडी र प्रशिक्षक गरी विभिन्न ८ विधामा अवार्ड प्रदान गरिने छ । उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिने भएको हो ।

उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५/३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफटाईम एचिभमेन्ट अवार्डका विजेतालाई २५/२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका कोषाध्यक्ष नवराज पनेरुले जानाकरी दिए । उनका अनुसार सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजारसहित ट्रफी प्रदान गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

दर्ता नभएका उपभोक्ता समितिबाट याेजनाका काम गर्न नपाइने

टीकापुर/स्थानीय तहमा याेजना निर्माण कार्यकाे लागि गठन हुने उपभोक्ता समिति अब देखि दर्ता नभए याेजना निर्माणको काम गर्न नपाइने भएको छ ।सङ्घीय मामिला तथा सामान्य

अझै पढ्नुहोस्
समाचार

अतिक्रमण क्षेत्रमा गएर फुलमाला लगाउदै बन मन्त्री

जमुना न्युरे,धनगढी/सुदूरपश्चिम प्रदेशको उधोग पर्यटन वन तथा वातावरण मन्त्रालयका मन्त्री लक्ष्मण किसोर चौधरीले कैलाली जिल्लाको भजनी नगरपालिका वडा १ रहेको मोहन्याल सामुदायिक बनमा वन कार्यलय

अझै पढ्नुहोस्
समाचार

भौतिक मन्त्री देउवाले होलीलगत्तै सरकारले विश्वासको मत लिन्छु

सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाश देउवाले होलीलगत्तै सरकारले विश्वासको मत लिने बताएका छन् । प्रेस युनियन कैलालीले आज धनगढीमा आयोजना गरेको होली मिलन कार्यक्रमम

अझै पढ्नुहोस्
शिक्षा/स्वास्थ्य

धनगढी उप–महानगरका लागि शिक्षा क्षेत्र बन्यो खेलाचीको बिषय

धनगढी । धनगढी उप–महानगरपालिकाले शिक्षा क्षेत्रलाई खेलाचीको रुपमा लिदा त्यसको प्रभाव पठनपाठनमा परिरहेको छ । उप–महानगरपालिकाबाट सनकको भरमा शिक्षा क्षेत्रलाई चलाउने काम भैरहेको छ ।

अझै पढ्नुहोस्