उज्यालो सहकारीकाे अध्यक्षमा डम्मर घर्तिमगर निर्विरोध चयन, करिब ८ लाख नाफा कमाउन सफल

शेयेर गर्नुहोस

सत्ति / टीकापुर नगरपालिका ७ सत्ति स्थित उज्यालो बहुउद्देश्यीय सहकारी संस्थाकाे १५ ओै साधारण सभाले अध्यक्षमा डम्मर घर्तीमगरलाई निर्विरोध चयन गरेको छ ।

शुक्रबार सहकारीको १५ ओै साधारण सभाले डम्मर घर्तिमगरकाे अध्यक्षतामा ११ सदस्यीय संचालक समिति निर्बिराेध चयन गरिएकाे हाे ।
जसकाे उपाध्यक्षमा शशी श्रेष्ठ , काेषाध्यक्षमा प्राङ्कुश चाैधरी चयन भएका छन भने सदस्यहरुमा साँधुराम चाैधरी,बिष्णु कुमारी खत्री, मंगल बहादुर पुन, महेश कुमार कार्की,रानिरानि शाह, साेना कुमारी राठौर,सरला ठकुराठी कर्ण र शारदा रिजाल चयन हुनु भएकाे छ । यसैगरी लेखा समितिको संयाेजकमा सुदुर सन्दर्भ डटकमका प्रबन्ध निर्देशक भिम वि. क. चयन भएका छन् भने सदस्यहरुमा सुशीला क्षेत्री र जाैमति धामी चयन भएका छन् ।

२०६३ सालमा ३१ जनाले ३१ सय शेयर पुजीबाट शुरु गरेकाे सहकारीले ४ कराेड ७१ लाख ६३ हजार ९६८ बराबरकाे काराेबार गरेकाे छ भने ७लाख ८९ हजार मुनाफा गरेकाे छ भने हाल यस सहकारीमा ७५६ जना शेयर सदस्य रहेका छन । सहकारी संस्थाका अध्यक्ष शेरसिह रिजालकाे अध्यक्षतामा भएकाे साधारण सभामा टीकापुर नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष रामलाल डगाैरा थारु प्रमुख अतिथि रहेनु भएको थियाे ।

सहकारीका उपाध्यक्ष शशी श्रेष्ठकाे स्वागत मन्तव्य संगै शुरुभएकाे कार्यक्रममा जनता रामावि बैदिका अध्यक्ष गाेविन्द काेईराला, धनसिहपुर कृषि सहकारी संस्थाका अध्यक्ष धनसिह साँउद, सामुदायिक सहकारि संस्था सत्तिका अध्यक्ष हरि कार्की, रानि जमरा कुलरिया सिचाई आयाेजना कृषि तर्फका बालि विकास अधिकृत जय बहादुर महतरा लगायतले शुभकामना मन्तव्य राख्नुभएकाे थियो ।

सहकारीले साधारण सभामा ५ जना सुत्केरीलाई पाेषण सामग्री समेत वितरण गरेकाे छ । साथै असल ऋणि २जना उत्कृष्ट किसान २ जनालाई सम्मान गरिएकाे छ ।भने क्रमिक कर्जा र बचत गर्ने १/१ जनालाई सम्मान गरिएकाे छ।कार्यक्रम संचालन सहकारीका व्यवस्थापक रामकृष्ण चाैधरीले गर्नुभएको थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

सेती राजमार्गको ट्र्याक खोल्ने बिषयमा छलफल सहित अनुगमन

सुखड/सुदुरपस्चिम प्रदेशको राष्ट्रिय गौरवको आयोजना सेती राजमार्गको ट्र्याक खोल्ने बिषयमा छलफल सहित अनुगमन गरिएको छ । अछाम निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य

अझै पढ्नुहोस्
शिक्षा/स्वास्थ्य

खक्राैला नाकामा नेपाल भारत आवत जावत गर्न काेराना बिरुद्ध काे खाेप कार्ड अनिवार्य

मान बहादुर ठकुल्लाटीकापुर / कैलालीको टीकापुर नगरपालिका वडा न ९ स्थित खक्रा‌‌ैला नाकामा नेपाल भारत आवत जावत गर्नकालागि काेराना बिरुद्ध काे खाेप कार्ड अनिवार्य गरिएकाे

अझै पढ्नुहोस्
समाचार

पुस १५ मा सार्वजनिक विदा दिने सरकारकाे निर्णय

माेहित श्रीपाइली-टीकापुर/ नेपाल सरकारले पुस १५ गते सार्वजनिक विदा दिने निर्णय गरेकाे छ । विहिबार तमु ल्हाेसार पर्व परेकोले नेपाल सरकारले पुस १५ गते सार्वजनिक

अझै पढ्नुहोस्
समाचार

सुप प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयको एक वर्षे उपलब्धी

नीतिगत तथा कानुनी सूधार तर्फ:१.सुदूरपश्चिम प्रदेश यातायात ब्यवस्था नियमावली–२०८० तर्जुमा गरिएको ।२.सुदूरपश्चिम प्रदेश यातायात सवारी भाडा निर्धारण गरीएको ।३. उपलव्ध सीमित स्रोत साधनबाट असिमित आवश्यक्ता

अझै पढ्नुहोस्