बर्दगोरियामा सम्पन्न मैत्रीपूर्ण फुटबलको उपाधि कोटागढीलाई

शेयेर गर्नुहोस

कैलालीको बर्दगोरियामा सम्पन्न तेस्रो मैत्रीपूर्ण फुटबल प्रतियोगिताको उपाधि कोटागढी बजारले हात पारेको छ ।

शनिवार भएको फाइनल खेलमा कोटागढी बजारले बौनिया बजारलाई ३–२ गोल अन्तरले पराजित गर्दै उपाधि चुमेको हो ।

निर्धारित समयमा गोल रहित बराबरी भएपछि खेल ट्राई ब्रेकरमा धकेलिएको थियो । ट्राई ब्रेकरमा कोटागढीका लागी बोधराज भण्डारी, अनिल चौधरी र राजेश सुनारले एक एक गोल गरे । यस्तै बौनियाका लागी नृप साउँद र विकास मल्लले एक एक गोल गरे ।

कोटागढीले सेमिफाइनल खेलमा सामुदायिक शिक्षकलाई २–० गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको थियो । भने बौनिया बजारले आयोजक बर्दगोरिया पत्रकार मञ्चलाई ३–० गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको थियो । विजेता बनेको कोटागढी बजारले ४५ केजीको खसी र ट्रफी प्राप्त गरेको छ भने उपविजेता बनेको बौनिया बजारले २५ केजीको बोका र ट्रफी प्राप्त गरेको छ ।

बर्दगोरिया पत्रकार मञ्चको आयोजनामा “पारस्परिक सद्भाव, एकता र मेलमिलापका लागी खेल” भन्ने मूल नाराका साथ शुक्रवारबाट सुरु भएको प्रतियोगितामा बर्दगोरिया पत्रकार मञ्च, गाउँपालिकाका जनप्रतिनिधि, पालिकाका कर्मचारी, बौनिया बजार, प्रस्तावित कोटागढी बजार, पालिकाका सामुदायिक विद्यालय, संस्थागत विद्यालय र बर्दगोरिया यातायात प्रा.ली.गरी ८ टिमको सहभागिता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

No Account Casinos: The Future of Online Gambling

Atemberaubende Landschaften und die chickenroad für anspruchsvolle Routenplaner

Rewards and benefits surrounding vegashero deliver ultimate casino experiences

Lexpérience immersive et le need for slots login facilitent laccès aux divertissements numériques modernes

Practical guidance and felix spin for enhanced data workflows

सम्बन्धितखवर

छुटाउनु भयो कि !