TRENDING
Next
Prev

रेशम चाैधरीकाे नागरिक उन्मुक्ति पार्टी १९ गते बाजागाजा र सांस्कृतिक झाँकी सहित दर्ता गरिदै

शेयेर गर्नुहोस

एल बी बुढा
टीकापुर/सांसद रेशम लाल चाैधरीको नयाँ दल नागरिक उन्मुक्ति पार्टी १९ गते बाजागाजा र सांस्कृतिक झाँकी सहित दर्ता गरिने भएको छ ।

बाजागाजा र सांस्कृतिक झाँकी सहित पुस १९ गते साेमवार रेशम लाल चाैधरीकाे नेतृत्वमा नयाँ दल ‘नागरिक उन्मुक्ति पार्टी’ नाम दिइए दर्ता हुने भएको हाे ।

यसअघि उनले पार्टीको नाम नागरिक समाजवादी पार्टी राख्ने तयारी गरिएकाे थियोे । आयोगमा गई सो नामबारेमा बुझेपछि साे नामले अरु कसैको पार्टी दर्ता भएकोले नागरिक समाजवादी पार्टी ‘नाम नराखेकाे बुझिएको छ ।

दर्ताको लागि आइतबारदेखि मंगलबार सम्म तीन दिन काठमाडाैँमा मुख्य स्थानहरूमा दलकाे ब्यानर, प्लेकार्ड तथा बाजागाजा सहित सांस्कृतिक झाँकी प्रस्तुत गर्ने कार्यक्रम समेत रहेको उक्त पार्टीले जनाएको छ । यसका लागि आवश्यक सुरक्षा प्रबन्ध मिलाइदिन काठमाडौँका प्रमुख जिल्ला अधिकारीसामु पत्राचार समेत गरि सकेकाे बुझिएको छ । 

दर्ता हुने पार्टीको नाम नागरिक उन्मुक्ति पार्टी र चुनाव चिन्ह ढकिया प्रस्ताव गरिएको बुझिएको छ । पुस १८ गते कार्यालयमा पार्टी दर्ताको काम हुने र साेहि दिन बृहत् झाकि सहितकाे काठमाडौंमा भेला हुने कार्यक्रम तय भएको छ । पुस १८, १९ र २९ गतेका लागि विभिन्न जिल्लाबाट झाकी र विभिन्न नाच सहित सांसद रेशम चाैधरी समर्थक नेता, कार्यकर्ता तथा कलाकारहरु दर्जनाै बस लिएर आज शनिवार काठमाडौं गइसकेको बुझिएको छ । 

नयाँ दल नागरिक उन्मुक्ति पार्टीमा २०१ जनाको केन्द्रीय सदस्य रहने व्यवस्था राखिएको छ । नयाँ पार्टीको चुनाव चिन्ह ढकिया राख्न लागिएको छ । त्यसैगरी पार्टीको आधारभूमिका रुपमा थरूहट क्षेत्र रहने उल्लेख छ । यद्यपि यो पार्टी राष्ट्रिय सोचका साथ राष्ट्रिय पार्टीका रुपमा खोलिन लागेको दस्तावेजमा उल्लेख छ । पार्टीमा सक्रिय राजनीतिको उमेर हद ६५ वर्ष कायम गर्ने प्रस्ताव गरिएको छ ।

पार्टीमा एकजना अध्यक्ष, ७ जना उपाध्यक्ष, तीनजना वरिष्ठ नेता, एक महासचिव, ७ जना सचिव, एक कोषाध्यक्ष र सातजना सह कोषाध्यक्ष रहने उल्लेख गरिएको छ ।
त्यसैगरी नयाँ पार्टीको शासकीय स्वरुपमा संघीयता, धर्म निरपेक्षता, जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गरिने उल्लेख गरिएको छ । त्यसैगरी दलित जनजाति, थारु, मुस्लिम महिलाका लागि अनिवार्य आरक्षित सिटको व्यवस्था गरिने उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Mostbet এ উপলব্ধ বাজি বাজার: একটি সম্পূর্ণ নির্দেশিকা

Mostbet এ উপলব্ধ বাজি বাজার: একটি সম্পূর্ণ নির্দেশিকা অর্থনীতির বিভিন্ন প্রশ্ন যেমন অর্থনৈতিক প্রবৃদ্ধি, বিনিয়োগের প্রবণতা, এবং বর্তমানে খেলাধুলার ব্যাপারে বাজির কৌশলগুলি নিয়ে আলোচনা করা

अझै पढ्नुहोस्

कोरियामा २५ लाखले गुमाए रोजगारी, नेपाली पनि प्रभावित

नेपालीहरूको रोजगारीका लागि आर्कषक गन्तव्य मुलुक दक्षिण कोरियाको श्रम बजार कोरोना माहामारीका कारण नराम्रोसँग प्रभावित बनेको छ । कोरोना माहामारीपश्चात झण्डै २५ लाखको रोजगारी गुमेको

अझै पढ्नुहोस्
समाचार

महोत्सवको उद्घाटन सुदूर पश्चिम प्रदेका उद्योग,वन,वातावरण तथा पर्यटन मन्त्रीले गर्ने

सुखड/कैलालीको घोडाघोडी नगरपालिका–१ घोडाघोडी मन्दिर परिसरमा लाग्ने घोरीघोरा लवाङ्गी पूजा तथा थारु सांस्कृतिक महोत्सव-२०८१ को तयारी पुरा भएको छ । हो“हमार संस्कृति हमार पहिचान,संस्कृति जगेर्ना

अझै पढ्नुहोस्