इजरायलमा मृत्यु भएका ४ नेपालीको शव ल्याइयाे ,जाेशिपुरका आशिसकाे सव साेमबार घर पुग्ने

शेयेर गर्नुहोस

टीकापुर/इजरायल युद्धमा परी मृत्यु भएका १० नेपाली विद्यार्थीमध्ये चारको शव नेपाल ल्याइएको छ । कैलाली जाेशिपुरका-५, मैनपाेखरीका आशिस चाैधरीकाे सव भाेलि साेमबार बिहान मात्र घर पठाउने तयारी भएको छ ।

हालसम्म दार्चुला मालिकार्जन–४ का लोकेन्द्रसिंह धामी, दार्चुला लेकम–५ का दीपेशराज विष्ट, कैलाली घोडाघोडी–४ का नारायणप्रसाद न्यौपाने तथा कैलाली जाेशिपुर-६, मैनपाेखरीका आशीष चौधरीको शव नेपाल ल्याइएको हो । न्यौपानेको शव गए राति ल्याइएको थियो भने धामी र विष्टको शव आज बिहान आइपुगेको हो । चौधरीको शव आज दिउँसो २ः४० बजे नेपाल ल्याइएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

गत असोज २० गते हमास समूहको आक्रमणमा परी इजरायलमा १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो । सुदूरपश्चिम विश्वविद्यालयको कृषि क्षेत्रको ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत उनीहरु इजरायल गएका थिए । उनीहरु गत भदौ १८ र १९ गते प्रयोगात्मक सिकाइका लागि ११ महिनाको ‘अर्न एन्ड लर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका थिए ।
उक्त आक्रमणमा परी मृत्यु हुने अन्य विद्यार्थीमा बझाङ जयपृथ्वी–६ का गणेशकुमार नेपाली, धनुषा सापही–६ का आनन्द शाह, सुनसरी मधुवन–१ का राजेशकुमार स्वर्णकार, डोटी पचनाली–३ का राजन फुलारा, डोटी लामीखाल–८ का पदम थापा र सल्यान सारदा–३ का प्रवेश भण्डारी छन् । सोही आक्रमणमा परी कञ्चनपुर भीमदत्त–३ का विपीन जोशी सम्पर्कबिहीन छन् ।

जाेशिपुर गाउँ पालिका वडा नं. ५ का आशिस चाैधरीकाे लास धनगढी विमान स्थलबाट मृतककाे घर जाेशिपुर ल्याउन टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगाैरा थारुज्यूले टीकापुर नगरपालिकाको सव वहान धनगढी स्थित यरपाेर्ट पठाउनु भएको छ । उनकाे लास धनगढी विमानस्थलमा कार्तिक ५ गते साझ ५:१५ बजे पुगेकाे छ । मृतक आशिसकाे सव नगरपालिकाले उहाँको घर जाेशिपुर -५, मैनपाेखरि सम्म पठाउने व्यवस्था मिलाएको जनाएको छ । मृतक आशिस चाैधरीकाे सव आइतबार धनगढी स्थित सेती अस्पतालमा राखिएको छ । मृतकको लास भाेलि विहान मात्र उहाँको घर जाेशिपुर -५, मैनपाेखरि पुर्‍याउने टीकापुर नगरपालिकाका नगर प्रमुखकाे सचिवालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Highlights

भजनी समन्वय समितिको बार्षिक साधारण सभा सम्पन्न

जमुना न्युरे,भजनी/भजनी समन्वय समितिको १४ औ बार्षिक साधारण सभा सप्पन्न आज सम्पन्न भएको छ । वनको दिगो ब्यबस्थापन समुदायिक अधिकार साझेदारी सुसासन र हरित अर्थतन्त्र

अझै पढ्नुहोस्
समाचार

सामुदायिक वन अतिक्रमण गरि बनाइएका घरटहरा हटाइदै

जमुना न्युरे, अत्तरिया/कैलाली जिल्लाको गोदावरी नगरपालिका वडा ३ मा रहेको चौकिडाडा महिला सामुदायिक बनमा वन अतिक्रमण गरि बनाएका घरटहरा आज हटाइएको छ। केही महिना अगाडि

अझै पढ्नुहोस्
राजनीति

उपमहानगर पालिकामा स्वतन्त्रले मार्यो बाजि , नेकपा एमालेको उपमेयर चित बुझायो

धनगढी/ सुदूरपश्चिम प्रदेशको अस्थायी मुकाम समेत रहेको प्रदेशको एक मात्र उप-महानगरपालिकाको मतगणना सकिएको छ । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको ३१ गते बाट

अझै पढ्नुहोस्
समाचार

तीन महिना पुग्दा पनि फिल्डमा गयन टोलि

जमुना न्युरे,सुखड १८ फागुन/अतिक्रमित पुरैना ताल नाप नक्साङ्गकनका लागि टोली खटाएको तिन महिना पनि टोली खटिएको छैन । कैलालीको भजनी नगरपालिका वडा नं ७ लालबोझीमा

अझै पढ्नुहोस्