इजरायलमा मृत्यु भएका ४ नेपालीको शव ल्याइयाे ,जाेशिपुरका आशिसकाे सव साेमबार घर पुग्ने

शेयेर गर्नुहोस

टीकापुर/इजरायल युद्धमा परी मृत्यु भएका १० नेपाली विद्यार्थीमध्ये चारको शव नेपाल ल्याइएको छ । कैलाली जाेशिपुरका-५, मैनपाेखरीका आशिस चाैधरीकाे सव भाेलि साेमबार बिहान मात्र घर पठाउने तयारी भएको छ ।

हालसम्म दार्चुला मालिकार्जन–४ का लोकेन्द्रसिंह धामी, दार्चुला लेकम–५ का दीपेशराज विष्ट, कैलाली घोडाघोडी–४ का नारायणप्रसाद न्यौपाने तथा कैलाली जाेशिपुर-६, मैनपाेखरीका आशीष चौधरीको शव नेपाल ल्याइएको हो । न्यौपानेको शव गए राति ल्याइएको थियो भने धामी र विष्टको शव आज बिहान आइपुगेको हो । चौधरीको शव आज दिउँसो २ः४० बजे नेपाल ल्याइएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

गत असोज २० गते हमास समूहको आक्रमणमा परी इजरायलमा १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो । सुदूरपश्चिम विश्वविद्यालयको कृषि क्षेत्रको ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत उनीहरु इजरायल गएका थिए । उनीहरु गत भदौ १८ र १९ गते प्रयोगात्मक सिकाइका लागि ११ महिनाको ‘अर्न एन्ड लर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका थिए ।
उक्त आक्रमणमा परी मृत्यु हुने अन्य विद्यार्थीमा बझाङ जयपृथ्वी–६ का गणेशकुमार नेपाली, धनुषा सापही–६ का आनन्द शाह, सुनसरी मधुवन–१ का राजेशकुमार स्वर्णकार, डोटी पचनाली–३ का राजन फुलारा, डोटी लामीखाल–८ का पदम थापा र सल्यान सारदा–३ का प्रवेश भण्डारी छन् । सोही आक्रमणमा परी कञ्चनपुर भीमदत्त–३ का विपीन जोशी सम्पर्कबिहीन छन् ।

जाेशिपुर गाउँ पालिका वडा नं. ५ का आशिस चाैधरीकाे लास धनगढी विमान स्थलबाट मृतककाे घर जाेशिपुर ल्याउन टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगाैरा थारुज्यूले टीकापुर नगरपालिकाको सव वहान धनगढी स्थित यरपाेर्ट पठाउनु भएको छ । उनकाे लास धनगढी विमानस्थलमा कार्तिक ५ गते साझ ५:१५ बजे पुगेकाे छ । मृतक आशिसकाे सव नगरपालिकाले उहाँको घर जाेशिपुर -५, मैनपाेखरि सम्म पठाउने व्यवस्था मिलाएको जनाएको छ । मृतक आशिस चाैधरीकाे सव आइतबार धनगढी स्थित सेती अस्पतालमा राखिएको छ । मृतकको लास भाेलि विहान मात्र उहाँको घर जाेशिपुर -५, मैनपाेखरि पुर्‍याउने टीकापुर नगरपालिकाका नगर प्रमुखकाे सचिवालयले जनाएको छ ।

ताजा खबर

The Ultimate Guide to Playing Roulette Game Online

Can I Obtain an ESA Letter From My Medical professional?

Understanding the Importance of a Housing ESA Letter

Kasyno Revolut – Twoja najlepsza opcja dla hazardu online

सिनो खाएर वातावरण जोगाउँछन् गिद्ध

Stake Casino Login και Mobile Gameplay: Γρήγορες Συνεδρίες για Ταχεία Κερδίσματα Crypto

सम्बन्धितखवर

छुटाउनु भयो कि !

राजनीति

टिकापुरमा एकैदिन ७४ जना एमाले प्रवेश

टीकापुर ८ कालीमाटीमा सनिश्चवार एकै गाउँका ७४ जनाले एमाले प्रवेश गरेकाछ्न ।टीकापुर ८ वडा कमिटीको आयोजनामा सम्पन्न भएको प्रवेश कार्यक्रममा कालीमाटी गाउँका ७४ जनाले एमाले

अझै पढ्नुहोस्