TRENDING
Kasyno online Vulkan Vegas – Metody płatności
Kasyno online Vulkan Vegas – Metody płatności
Онлайн казино Dragon Money (Драгон Мани) 2026 – обзор платформы
Lemon Casino – szczegółowa recenzja Lemon Kasyno
Lemon Casino – Online Casino Recenzje
Next
Prev

आफ्नै दलीय चिह्नबाट ७३ दलले निर्वाचनमा भाग लिन पाउने

शेयेर गर्नुहोस

टीकापुर/अगामी वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह निर्वाचनमा राष्ट्रिय मान्यता प्राप्त दलबाहेकका ७३ वटा दलले आफ्नै दलीय चिह्नबाट निर्वाचनमा भाग लिन पाउने भएका छन् ।

बुधबार निर्वाचन आयोगको बैठकले स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा २६ बमोजिम राष्ट्रिय दलको रुपमा मान्यता प्राप्त गरेको दलको उम्मेदवारबाहेक राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम निर्वाचन प्रयोजनको लागि दर्ता भएका दलको उम्मेदवारलाई सोही दलको निर्वाचन चिह्न दिने निर्णय गरेको प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिए ।

स्थानीय तह निर्वाचन ऐनको दफा २६ मा राष्ट्रिय मान्यता प्राप्त दललाई मात्र दलीय चुनाव चिह्न दिने व्यवस्था छ। राजनीतिक दलसम्बन्धी ऐनको दफा ५२ मा प्रतिनिधिसभामा समानुपातिकतर्फ ३ प्रतिशत र प्रत्यक्षतर्फ कम्तीमा एक सिट जित्ने दललाई मात्र राष्ट्रिय दलको मान्यता दिने व्यवस्था छ।

आयोगले राष्ट्रिय दलको मान्यता प्राप्त नगरेका तर स्थानीय तह निर्वाचन २०७९ मा भाग लिन दर्ता भएका ७३ दललाई राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५७ बमोजिम पत्रचार गर्ने निर्णय गरेको छ।

आयोगको निर्देशनमा २०७९ साल वैशाख ३० गते हुने स्थानीय तहका सदस्यको निर्वाचनका लागि आफ्नो दलको कुन–कुन जिल्लामा जिल्ला स्तरको सङ्गठनात्मक संरचना जिल्ला समिति रहेको छ, सोको विवरण तयार गरी दलको केन्द्रीय पदाधिकारीले प्रमाणित गरी चैत्र ६ गतेसम्म आयोगमा पेश गर्ने आयोगले पत्राचार गरेको हो।

आयोगले तोकिएको विवरण तोकिएको समयभित्र पेश नगर्ने राजनीतिक दलको उम्मेदवारलाई स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा २६ को उपदफा ७ बमोजिम स्वतन्त्र उम्मेदवारलाई प्रदान गरिने निर्वाचन चिह्न नै प्रदान गर्ने र यस बमोजिम आयोगमा प्राप्त भइ पेश भएको दलको जिल्ला समितिको विवरण भिडेको आधारमा आयोगले निर्णय गरी मतपत्रमा सो दलको निर्वाचन चिह्न उल्लेख गर्ने आयोगले निर्णय गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Kasyno online Vulkan Vegas – Metody płatności

Kasyno online Vulkan Vegas – Metody płatności

Онлайн казино Dragon Money (Драгон Мани) 2026 – обзор платформы

Lemon Casino – szczegółowa recenzja Lemon Kasyno

Lemon Casino – Online Casino Recenzje

सम्बन्धितखवर

छुटाउनु भयो कि !