घोडाघोडी ताल मिचाहा प्रजातिले पुरिदै

शेयेर गर्नुहोस

जमुना न्युरे,
सुखड/कैलाली जिल्लाको बिश्व रामसार सुचिमा शुचिकृत घोडाघोडी ताल पछिल्लो समयमा मिचाहा प्रजाती बेसरमाले ताल ढाकियको छ ।
कैलालीको प्रसिद्ध घोडाघोडी सिमसारलाई नेपालकै पहिलो बर्ड सेन्चुरी (चरा अभय आरण्य क्षेत्र) एक कार्यक्रमका भब्य र धुमधाम का साथ घोषणा गरियो । तर घोडाघोडी तालको पानी र तालको अवस्था बारेमा कसैको नजर पुगेको छैन ।

घोडाघोडी तालका साह्ययक तालहरु २० वटाको त कुरा छौडौ यहाँ मुख्य रुपमा रहेको घोडाघोडी ताल नै मिचाहा प्रजाती पुरिनु का साथै पानी सुकेर गौचरण मा परिणत हुँदै छ ।

घोडाघोडी तालको उत्तर क्षेत्र को बाड्का सिराहा , छोड्की सिराहा , छोट्कि छिङट्लिया ,लम्कि कोन्ढिया, र पुर्बी क्षेत्र पनि पानी सुक्दै आइरहेको छ । घोडाघोडी तालकै नाम बेचेर खाएका स्थानीय निकायको बृहत् घोडाघोडी पर्यटन बोर्ड , जेड एस एल, घोडाघोडी क्षेत्र सरक्षण तथा जागरण मन्च नेपाल , हिमाली नेचर लगायतका सघं सस्थाहरुले काम गर्दै आयका छन् तर पनि घोडाघोडी तालको अवस्था दिन प्रतिदिन खस्किदै गएको प्रती कसैलाइ चिन्ता र चासो भने छैन ।

बृहत घोडाघोडी पर्यटन बोर्डले पाँच बर्ष गुरुयोजना बनाउदै मा दिन गयको बताउछन् । यता बृहत घोडाघोडी पर्यटन बिकास बोर्डका उपाध्यक्ष दयाराम चौधरीलाई यश बारेमा सोध्न खोज्दा बोल्न चाहेन ।
घोडाघोडी जनजागरण मन्चका अध्यक्ष हेम बमले भने पछिल्लो समयमा कोरोनाको महामारीले पर्यटन र बाताबरण क्षेत्रमा बजेट निकासा भएको छैन । बजेट नहुदा मिचाहा प्रजाती हटाउन संगै ताल सरक्षण र सदुपयोग का कार्यक्रम गर्न नसकेको बताउदै उनले भने अब कुनै निकाए बाट आर्थिक सहयोग पायमा बेस्रम हटाउने छौ ।

हिमाली नेचरका कार्यक्रम अधिकृत लब केसिले घोडाघोडी ताल सरक्षण तथा आर्यआर्जनका काम र प्राबिधिक कार्यहरु गरियको बताए ।ताल पुरैदै गयको बारेमा उनले घोडाघोडी नगरपालिकाले घोडाघोडी बिकासका लागि दस बर्से गुरुयोजना बनायको अब त्यही अनुरुप कार्य गरिने दाबी समेत गरे । त्रिवेणि सामुदायिक बन उपभोक्ता समुह जनकपुर अध्यक्ष भिममाया तामाङले घोडाघोडी ताल क्षेत्रमा बर्सेनि करोडको बजेट आयको हुन्छ , बृहत घोडाघोडी पर्यटन बोर्डले कार्यक्रम गर्दै आयको बताए पनि घोडाघोडीमा पुर्वाधार मात्र निर्माण गरियको छ ।

पानी र मिचाह प्रजाती बेस्रम ताललाइ ढाकियको , पुरियको प्रती चासो नदेखायको , रकम पनि पार्दशिकता नगेरको बताए । तालमा मुख्य भनेको पानी हो त्यो नै नभय पछि त्यहाका चराचुरुङ्गी , जैविक विबिधता सरक्षण मा असर गर्ने , अन्तरराष्ट्रिय महत्व बोकेको ताल यसरी मिचाहा प्रजाती हटाउन समयमा नै सबैले लाग्नु पर्ने बताए । स्थानीय बासिन्दा धनऋषी न्यौपाने भन्छन् घोडाघोडी ताल रहेमा पो अन्य कार्यक्रम गर्न सकियला तालै मिचाहा प्रजातिले ढाकेको र ताल को उतरी क्षेत्र बाट पानी सुकेर फुटबल खेल्ने चउर जस्तो देखियको छ यसरी ताल सुक्दा र मिहाचा प्रजातिले भरिदा घोडाघोडि पर्यटन बोर्ड भने ठुला ठुला सपना बाड्दै भत्ता , भात र अन्य बिलासी मा बर्सेनि लाखौ रुपैया खर्च गर्दै छ ।बोर्ड ले तालको पानीको मुहान सरक्षण र तालमा आयको मिचाहा प्रजाती हटाउन , स्थानीय सामुदायिक बनहरु सङ्ग कुनै सहकार्य गरेको छैन ।

ताजा खबर

La Carretera de Pollo 2, Juego de Azar Instantáneo en Las Mesas

La Fuga de Pollo en Ruta 2: Aventuras en la Carretera del Azar

Chicken Road 2 – Ein Weg zum Glück auf Rädern

Royal Rabbit Casino Slot Machine Gameplay Strategies and Odds Analysis

La Strada Della Gallina 2, Sfida di Azzardo Online

Jugadas Fáciles en la Avenida de los Pollos 2

सम्बन्धितखवर

छुटाउनु भयो कि !