अतिक्रमण क्षेत्रमा गएर फुलमाला लगाउदै बन मन्त्री

शेयेर गर्नुहोस

जमुना न्युरे,धनगढी/सुदूरपश्चिम प्रदेशको उधोग पर्यटन वन तथा वातावरण मन्त्रालयका मन्त्री लक्ष्मण किसोर चौधरीले कैलाली जिल्लाको भजनी नगरपालिका वडा १ रहेको मोहन्याल सामुदायिक बनमा वन कार्यलय अतिक्रमण हटाइएको ठाउँमा अतिक्रमणकारीहरु बाट फुलमाला लगाउदै गरेका छन् ।

डिभिजन वन कार्यलय पहलमानपुरले पछिल्लो समयमा कैलाली जिल्लाको वन अतिक्रमण न्यूनीकरण तथा नियन्त्रणका लागि विभिन्न कार्यक्रमहरु गर्दै आइ रहेको छ । डिभिजन बन कार्यलय पहलमानपुरले भजनीमा कैलाली जिल्लाको सबैभन्दा बढि बाढिपिडितको नाममा भएको अतिक्रमीत जमिन खाली गराएको थियो । तेहि वनको जमिन अतिक्रमण गरि घरटहरा निर्माण गरि बनाइएका बस्ती बिभागिय मन्त्री गयर फुलमाला लगाउदा वन सरक्षणकर्मीहरु चिन्तित बनेका छन् ।


भजनी नगरपालिका वडा १मा रहेको पशुपति सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष भिम बहादुर चौधरीले मन्त्री आएको कुरा पछि थाहा पाएको , कार्यक्रम के रैछ भनी बुझ्न खोज्दा मन्त्रीलाई सुकुम्बासी तथा अतिक्रमणकारीहरुले फुलमाला लगाएर देखेर आफै अच्चम मा परेको बताउदै उनले भने बिगत लामो समय देखि बन सरक्षण गर्दा , तेहि सामुदायिक बनको अतिक्रमित जमिन खाली गराउदा आफुहरुले निकै दुख गरेको अहिले हाम्रै बिभागका मन्त्रीले हामिलाइ नै देखाएर उनिहरु बाट खालाफुल माला लगाउदा वन अतिक्रमणकारिहरुलाइ बढुवा दिएको बताए ।

अतिक्रणमकारी बाट बिभागिय मन्त्रीको फुलमाला कार्यक्रम बारेमा मन्त्रीका निजि सचिवालय लाई पनि जानकारी छैन भने मन्त्रालयका सचिब प्रमोद भट्टराईले भने यश बारेमा बुझ्न खोज्दा आफुलाइ कुनै जानकारी नरहेको बताए । यश भन्दा अघिका बिभागिय मन्त्री रमेश धामीले बन अतिक्रमणको मुद्दा  लगाइ प्रकाउ कारबाहीका लागि लगिएका जितु बडैलालाइ सशस्त्र वन सुरक्षा साखा धनगढी बाट आफैले भगाएका थिए ।

बिभागिय मन्त्रीले गरेका बिभन्न कार्यले वन अतिक्रमण नियन्त्रण , बन संरक्षणमा निकै चुनौती भएको सामुदायिक वन उपभोक्ता रास्ट्रीय महसघका केन्द्रिय महासचिव ड्ण्डि राज सुबेदिले बताए । यसका साथै उनले कैलाली जिल्लामा वन संरक्षण निकै चुनौती भएको बताए । यता सो कार्यक्रमको बारेमा बुझ्नका लागि मन्त्री लक्ष्मण लाल किसोरलाई सम्पर्क गर्दा उनले फोन उठाएका छैन्न।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

वन मन्त्रालय खापेन नागरिक उन्मुक्ति पाटीलाई

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

हिमालयन गौरीशंकर डेन्टल एनएफजेएफ मिडिया कप हुने

धनगढी/कैलालीको धनगढीमा हिमालयन गौरीशंकर डेन्टल एनएसजेएफ मिडिया कप फुटसल प्रतियोगिता हुने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीको आयोजनामा तेस्रो संस्करणको हिमालयन गौरीशंकर डेन्टल

अझै पढ्नुहोस्
समाचार

विपद् रोकथामका लागि चुरे संरक्षण आवश्यक : प्रदेश प्रमुख मियाँ

लम्की/सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले चुरे क्षेत्रको संरक्षण नगरी विपद् नियन्त्रण असम्भव हुने स्पष्ट पारेका छन्। ११औँ चुरे संरक्षण दिवसको अवसरमा सोमबार कैलालीको लम्कीचुहा

अझै पढ्नुहोस्
मनोरंजन

बोगटानी गायक जानु बमको नयाँ गित भुल्लिगै मुटुकी माया’ सार्वजनिक 

दिपक बहादुर वि.क,कैलाली / बोगटानी गायक जानु बमको नयाँ गित “भुल्लिगै मुटुकी माया’ शनिबार सार्वजनिक भएको छ। गायक ज्ञानु बम र गौरी भट्टको स्वरमा उक्त गित

अझै पढ्नुहोस्
समाचार

अन्तरास्ट्रिय जैविक मार्ग बसन्ता अतिक्रमणको चपेटामा

जमुना न्युरे,धनगढी/ कैलाली जिल्लामा रहेको अन्तरास्ट्रिय जैविक मार्ग रूपमा रहेको बसन्ता जैविक मार्ग पछिल्लो समयमा अतिक्रमणको चपेटामा परेको छ। भारतको दुधुव रास्ट्रीय निकुञ्ज देखि नेपालको

अझै पढ्नुहोस्