‘हामी सरकार होइनौं, सेवक हौं : मुख्यमन्त्री शाह

शेयेर गर्नुहोस


काठमाडौं ।सुदूरपश्चिम प्रदेशका माननीय मुख्यमन्त्री कमलबहादुर शाहज्यू नेतृत्वको सुदुरपश्चिम प्रदेश लगानी तथा बिकास सम्मेलन- २०८२ को टोलि र नेपाल उद्योग परिसंघबीच काठमाडौमा सुदूरपश्चिम प्रदेशमा लगानी तथा बिकासका सन्दर्भमा अन्तरक्रिया तथा छलफल भएको छ ।


छलफलमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले सुदूरपश्चिम प्रदेशमा लगानी गर्न निजी क्षेत्रलाई आग्रह गर्नुभएको छ ।


‘हामी सरकार होइनौँ, सेवक हौँ । हामीलाई सुदूरपश्चिम बनाउनु छ, त्यसमा तपाईंहरूको साथ हामीले खोजेका छौँ,’ मुख्यमन्त्री शाहले भन्नुभयो, ‘तपाईंहरूले कति उद्योग बनाउनुहुन्छ भन्नुहोस्, जग्गा मात्र होइन, बाटो, विजुली र पानी प्रदेश सरकारले व्यवस्था गर्छ ।’ सुदूरपश्चिमलाई समृद्ध बनाउन निजी क्षेत्रको लगानी आवश्यक रहेको उहाँले बताउनुभयो ।


‘एउटा सिंगो प्रदेशको सरकार केन्द्रको राजधानीमा हरेक निजी क्षेत्रसँग, संघीय सरकारसँग लगानीका लागि अपिल गरिरहेको छ,’ उहाँले भन्नुभयो, ‘लगानीमैत्री वातावरण निर्माण गर्न सिंगो सरकार र सदनको विश्वास लिएर हामी लागिरहेका छौँ ।’
मुख्यमन्त्री शाहले सुदूरपश्चिममा निजी क्षेत्रको लगानी सुनिश्चित गर्ने प्रतिबद्धता समेत जनाउनुभयो ।


‘सुदूरपश्चिममा धेरै सम्भावनाहरु छन् । हामी ती सम्भावनामार्फत प्रदेशलाई समृद्ध बनाउन चाहन्छौँ,’ मुख्यमन्त्री शाहले भन्नुभयो, ‘लगानीमैत्री वातावरण हामी बनाउँछौँ, तपाईंहरू आउनुहोस्, लगानी गर्नुहोस्, तपाईंहरूको लगानीको सुनिश्चितता हामी गर्छौँ ।’
भारत भ्रमणका बेला पनि आफूले सुदूरपश्चिमको विकास र समृद्धिबारे छलफल गरेको भन्दै उहाँले अहिले स्वदेशी तथा विदेशी लगानीकर्ताहरुबाट राम्रो प्रतिक्रिया पाइरहेको बताउनुभयो ।


‘हामीसँग अपार सम्भावनाहरु छन् । हामी ती सम्भावनामाझ हराइरहेका छौँ, अलमलिरहेका छौँ । अब त्यो कमजोरी गर्ने छुट छैन,’ उहाँले भन्नुभयो, ‘तपाईंहरू साथ दिनुहोस्, हामी सुदूरपश्चिमलाई समृद्ध बनाएरै छाड्छौँ ।’
नेपाल उद्योग परिसंघका कार्यकारी निर्देशक घनश्याम ओझाले परिसंघले गरिरहेको लगानी सम्मेलनबारे जानकारी दिनुभयो ।


सुदूरपश्चिम प्रदेशमा लगानीको सम्भावनाबारे नीति तथा प्रदेश योजना आयोगका सदस्य नृप सुनारले कार्यपत्र प्रस्तुत गर्नुभयो । विकास तथा लगानी सम्मेलनपछि सुदूरपश्चिम प्रदेशमा विकासको ढोका खुल्ने दाबी उहाँले गर्नुभयो ।
परियोजना विज्ञ दिलीप भट्टले लगानी सम्मेलनबारे जानकारी दिनुभयो ।


कार्यक्रममा सहभागी निजी क्षेत्रका लगानीकर्ताहरुलाई सरकारले नीतिगत सुधार गरिदिए आफूहरु लगानी गर्न तयार रहेको बताउनुभयो ।परिसंघका पूर्व अध्यक्ष हरिभक्त शर्माले लगानीका लागि नीतिनै समस्या रहेको बताउनुभयो ।


‘लगानीकर्ताहरुलाई नीतिगत समस्या रहेको छ । सरकारले जग्गा र बाटो दिनुपर्छ । औद्योगिक क्षेत्र निर्धारण गरेर त्यहाँ उद्योगबाहेक अन्य काम गर्न दिनु हुँदैन,’ उहाँले भन्नुभयो ।
उहाँले प्रदेश संरचनालाई बलियो बनाउन आवश्यक रहेको उल्लेख गर्दै नीतिगत सुधार भएमा आफूले जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्ने प्रतिबद्धता जनाउनुभयो ।


‘२०–३० अर्ब हामी लगानी गर्न सक्छौँ, तर त्यसका लागि हामीलाई जग्गा चाहिन्छ । एकद्वार प्रणालीमार्फत एक हप्ताभित्र इजाजत दिनुहोस्, हामी उद्योग खोलेर तपाईंको कार्यकालमै सञ्चालन गर्छौँ,’ उहाँले भन्नुभयो । सरदा ग्रुपका प्रतिनिधिहरुले सौर्य उर्जाका लागि आफूहरु लगानी गर्न तयार रहेको बताउनुभयो ।


परिसंघका उपाध्यक्ष राजबहादुर शाहले सुदूरपश्चिम प्रदेशमा नीतिगत सुधार भए लगानीकर्ताको घुइँचो लाग्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा दुई दर्जन बढी निजी क्षेत्रका लगानीकर्ताहरूको उपस्थिति रहेको थियो ।

ताजा खबर

Recognizing the Relevance of a Housing ESA Letter

Free Casino Slot Games – Using Your Smartphone to Try Before You Purchase

Online Slot Bewertung – Vermeide Online-Slots Mit Gutem Platz Platz Haben

Free Gambling Establishment Slots: The Ultimate Guide to Enjoyable and Exhilaration

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

डिभिजन वन कार्यलय पहलमानपुरद्धारा सशस्त्र प्रहरी बेश क्याम्पमा बृक्षारोपण

डिभिजन वन कार्यलय पहलमानपुरले राष्ट्रिय बृक्षारोपण दिवश मनाएको छ । दिवसका अवसरमा कैलालीको लम्कि स्थित डुडेझारी सशस्त्र प्रहरी बेश क्याम्पमा बृक्षारोपण गरिएको छ । “

अझै पढ्नुहोस्
राजनीति

रेशम चाैधरीकाे नागरिक उन्मुक्ति पार्टी निर्वाचन कार्यालयमा दर्ता

टीकापुर/सांसद रेशम लाल चाैधरीको नयाँ दल नागरिक उन्मुक्ति पार्टी दर्ता गरिएको छ ।मंगलबार रेशम लाल चाैधरीकाे श्रीमती रन्जिता श्रेष्ठ चाैधरीकाे नेतृत्वमा २५ सदस्यीय नयाँ दल

अझै पढ्नुहोस्