स्थानीय र प्रदेशका पदाधिकारीहरु ‘सरकार सञ्चालन तथा नेतृत्व विकास’ विषयक छलफल

शेयेर गर्नुहोस

धनगढी/प्रदेश सरकारको भूमिकाप्रति सुदूरपश्चिमका अधिकांश स्थानीय तहका पदाधिकारीहरु विगतदेखि बेखुसी प्रकट गर्दै आएका छन् । प्रदेश र स्थानीय तहबीच मजबुत समन्वय र सहकार्य हुनुपर्ने हो ।

तर, सुदूरपश्चिममा भने अवस्था ठिक उल्टो छ । यी दुुई निकायबीच समन्वय सहकार्यमा गहिरो खाडल रहँदै आएको परिवेशमा शुक्रबार स्थानीय र प्रदेशका पदाधिकारीहरु ‘सरकार सञ्चालन तथा नेतृत्व विकास’ विषयक छलफल तथा अन्तरक्रियामा सहभागी भएर छलफल गरिरहेका छन् । 

सुदूरपश्चिम प्रदेश सरकार अन्तर्गतको प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले प्रदेश सरकार, प्रदेशसभा सदस्यहरु र स्थानीय तहका प्रमुखहरुबीच दुुई दिने अन्तरक्रियाको आयोजना गरेको हो । स्थानीय तह र प्रदेशबीच समन्वय बढाउने, स्थानीय तहका जनप्रतिनिधिहरुमा स्थानीय सरकार सञ्चालन नेतृत्व अभिवृद्धि गर्ने, दुुबै तहका सरकारहरुबीच समन्वय र सहकार्य बढाउने, श्रोत परिचालनमा सुधार ल्याउने लगायतका उद्देश्यसहित कार्यक्रमको आयोजना गरिएको प्रतिष्ठानका कार्यकारी निर्देशक गेहेन्द्र बमले बताए । प्रतिष्ठानले नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघको सहकार्यमा कार्यक्रमको आयोजना गरेको कार्यक्रमको उद्घाटन् मुख्यमन्त्री कमलबहादुर शाहले गरेका थिए । 

मुख्यमन्त्रीसहित मन्त्रीहरु, प्रदेशसभा सदस्यहरु, मन्त्रालयका सचिवहरु, स्थानीय तहका प्रमुखहरु कार्यक्रममा सहभागी रहेको उक्त कार्यक्रममा विभिन्न विधाका विषय विज्ञहरुले प्रस्तूति राखेका छन् । पहिलो दिनको कार्यक्रममा सुदूरपश्चिमको समग्र अवस्थाका बारेमा प्रमुख सचिव डा. कमल प्रसाद पोखरेलले प्रस्तूति राखेका थिए । संघीयताको सवलीकरणमा स्थानीय तहको भूमिका विषयमा प्रस्तूति संघीयताविद् खिमलाल देवकोटाले राखेका थिए । अन्तर सरकार समन्वयका आयामहरु विषयक प्रस्तुति प्राकृति श्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेल, सुशासन प्रवद्र्धन तथा भ्रष्ट्राचार नियन्त्रणमा स्थानीय तहको नेतृत्वको भूमिका र कर्तव्य विषयक प्रस्तूति अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरका प्रमुख माधवप्रसाद पोखरेलले राखेका थिए ।

ताजा खबर

Mostbet ᐉ Bônus De Boas-vindas R$5555 ᐉ Oficial Mostbet Casino Br

Getting Started with Gaming Machines and PayID in Australia

Keno Gets a Fresh Coat of Paint Down Under

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

प्राकृतिक स्रोत संरक्षण र अपराध नियन्त्रण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

धनगढी, १९ असोज। प्राकृतिक स्रोत संरक्षण र वातावरणीय अपराध नियन्त्रणका लागि एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। यूएसएआईडीको सहयोगमा लक्ष्य ट्रेनिङ एण्ड रिसर्च प्रा.लि.ले जल

अझै पढ्नुहोस्
समाचार

पत्रकार बमको निवासमा पुगेर उर्जामन्त्री खड्काद्वारा समवेदना

धनगढी। संघीय सरकारका उर्जा जलस्राेत तथा सिँचाईमन्त्री दिपक खड्का सहितकाे टोलीले पत्नी वियोगमा रहेका पत्रकार मिन बमको निवासमा पुगेर समवेदना व्याक्त गरेका छन् ।  नेपाल

अझै पढ्नुहोस्