बन्यजन्तु अनुगमन तथा गणना र बासस्थान सुधार कार्यक्रम डिभिजन वनले सुरु गरे : सचिब भट्टराई

शेयेर गर्नुहोस


जमुना न्युरे,धनगढी /निकुञ्ज र सरंक्षण क्षेत्रले मात्र गरिने बन्यजन्तु अनुगमन तथा गणना र बासस्थान सुधार कार्यक्रम डिभिजन वन कार्यलयले पनि सुरु गरेको सुदूरपश्चिम प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव प्रमोद भट्टराइले बताए।

शुक्रबारदेखि चुरे क्षेत्र सङ्ग जोडिएको ब्रह्मदेव जैविक मार्ग तथा आसपासका क्षेत्रमा क्यामेरा ट्रयापिङबाट बाघ तथा आहारा प्रजातिको गणना कार्यको उदधाटन गर्दै सचिब भट्टराईले भने पहिले बाघको सङ्ख्या कम थियो निकुञ्ज र सरक्षंण क्षेत्रमा प्रसस्त मात्रामा आहार पुग्ने गर्थ्यो बन्यजन्तुहरु बाहिर आहारबिहारका लागि कमै मात्रामा निस्किने गर्दर्थ्ये आजभोलि बाघ तथा वन्यजन्तुहरु सङ्ख्या दिनप्रतिदिन बढ्दै जाँदा आहार बिहारका लागि सामुदायिक वन तथा राष्ट्रिय वन चुरे भावर सम्म पुग्ने गरेकाले क्यामेरा ट्रयापिङ द्वारा अनुगमन तथा गणनाा गरिएको बताए ।

पछिल्लो समयमा ब्रह्मदेव जैबिकमार्ग हुँदै बन्यजन्तुहरु शुक्लाँफाटा राष्ट्रिय निकुञ्ज हुँदै भारत दुधुवा नेशनल पार्क हुँदै कतर्निया घाट भै बसन्ता जैबिक मार्ग हुँदै चुरे भावर हुँदै ब्रह्मदेव जैबिकमार्ग पुग्ने गरेको हुदा ब्रह्मदेव जैबिकमार्ग क्षेत्र र त्यसको वरपरका क्षेत्रमा क्यामेरा ट्रयापिङ गर्न राखियको जानकारी दिए ।

निकुञ्ज र सरक्षंण क्षेत्रले मात्र गरिने बन्यजन्तु अनुगमन तथा गणना र बासस्थान सुधार कार्यक्रम डिभिजन वन कार्यलयले पनि आजभोली गर्न सुरु गरियको सुदूरपश्चिम प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव प्रमोद भट्टराइले बताए।

ब्रह्मदेव जैबिकमार्गमा पर्ने बेदकोट नगरपालिकाको छेला सव–डिभिजन वन क्षेत्रमा एक जोडी स्वचालित क्यामेरा जडान गरेर गणना सुरु गरिएको हो। जैबिकमार्ग तथा आसपासका क्षेत्रलाई २ गुणा २ किलोमिटरका ७५ ग्रीड बनाइएका छन्।

ब्रह्मदेव करिडोरमा क्षेत्र तथा वरपरको क्षेत्रमा ७६ क्यामेरा जडान गरिने , क्यामेरा जडान भएको मितिले कम्तीमा १५ राति राखिनेछन्। त्यसपछि क्यामेरा निकालिने डिभिजन वन कार्यलय कंचनपुरका प्रमुख राम बिचारी ठाकुरले जानकारी दिए ।महाकाली नदी किनारदेखि लालझाडी मोहोना संरक्षित क्षेत्रसम्म कञ्चनपुर र डडेलधुराको वन क्षेत्रमा स्वचालित क्यामेरा जडान गरिनेछन्। ब्रह्मदेव जैबिकमार्गमा सन २०१८ र २०२२ को राष्ट्रिय बाघ गणनामा समावेश गरिएको थियो। २०२२ को राष्ट्रिय गणनामा डडेलधुराको परशुराम क्षेत्रमा एउटा बयस्क बाघ देखिएको थियो।
कार्यक्रम राष्ट्रिय पकृती सरक्षण कोष कंचनपुर र जेड .एस. एल को प्राविधिक तथा आर्थिक सहयोग डिभिजन वन कार्यलय कंचनपुर र डिभिजन वन कार्यलय डडेल्धुरा समन्वय सहकार्यमा गरिदै छ ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेश वन निर्देशक हेम राज बिष्ट , डिभिजन वन कार्यलय डडेल्धुरा प्रमुख भिम कँडेल लगायत सरक्षणकर्मिहरु उपस्थिति रहेको छ ।

ताजा खबर

Mostbet ᐉ Bônus De Boas-vindas R$5555 ᐉ Oficial Mostbet Casino Br

Getting Started with Gaming Machines and PayID in Australia

Keno Gets a Fresh Coat of Paint Down Under

सम्बन्धितखवर

छुटाउनु भयो कि !

23 Февраля – день, когда в казахстанских онлайн‑казино появляются самые выгодные предложения.Это связано с тем, что многие операторы хотят отпраздновать День защитника отечества, привлекая как

अझै पढ्नुहोस्