TRENDING
Vodka онлайн казино – мобильная версия
Пин Ап Казино – Официальный сайт Pin Up Casino | Входи и играй
Пин Ап Казино – Официальный сайт Pin Up Casino | Входи и играй
1win — зеркало сайта букмекерской конторы 1вин
Next
Prev

सरकार आजै ढल्छ भोली ढल्छ भन्ने हल्लाका पछाडि नलाग्न आग्रह: परराष्ट्रमन्त्री राणा

शेयेर गर्नुहोस


धनगढी/नेपाल सरकारका परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सरकार आजै ढल्छ भोली ढल्छ भन्ने हल्लाका पछाडि नलाग्न आग्रह गरेकी छन् ।

नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समिति र जिल्ला समितिका नवनिर्वाचित पदाधिकारीलाई बधाई ज्ञापन कार्यक्रममा धनगढीमा बोल्दै मन्त्री नेपालका सबै परिवर्तन नेपाली कांग्रेस र नेकपा (एमाले ) मिलेरै डोर्याएको राजनीतिक उपलब्धि मिलेरै गरेकाले स्थायित्वका लागि पनि एक ठाउँमा आउनु परेको दावी पनि गरेकी छन् ।

धेरै पुस्ताको संघर्षपछि प्राप्त संविधानपछि पनि छिटोछिटो सरकार परिवर्तनले नागरिकको इच्छा अनुसारको समृद्धि हासिल गर्न नसक्ने कुरा महसुस भएर कांग्रेसका सभापति शेरबहादर देउवा र एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली एक ठाउँमा उभिएको पनि उनले बताइन ।

उनले दुवै दलका पदाधिकारीको कार्य दलका आधारमा मन्त्रीपरिषद्ले काम गरिरहेको बताउदै नेपाल सरकार राजनीति जस्तै आर्थिक, सामाजिक रुपान्तरण र विकास गर्न पुराना कानुनहरु संशोधन गरेर निजी क्षेत्रलाई आकर्षित गर्ने र औद्योगिक वातावरण बनाउन सरकार लागेको बताइन ।

मन्त्री देउवाले सरकार लोकतन्त्रलाई बलियो बनाउन सामाजिक सञ्जाललाई व्यवस्थित गर्न लागेको चर्चा पनि गरिन ।
आन्तरिक मामिला तथा कानुनमन्त्री हिरासिंह सार्कीले सुदूरपश्चिम प्रदेशको सञ्चार नीति तयारी अवस्थामा रहेको र आउँदो अधिवेशनबाट पास भएमा सबै मिडियालाई सम्वोधन गरिने बताए ।

सुदूरपश्चिम प्रदेश सभा सदस्य धर्मराज पाठकले राजनीतिक परिवर्तनका बेला सँगसँगै हिडे पनि पत्रकार महासंघका सदस्यले पेशागत मूल्य मान्यता र मर्यादा जोगाएर महासंघको गरिमा उँचो राख्न आग्रह गरे ।

प्रेस यूनियन र प्रेस चौतारी नेपालले संयुक्त रुपमा कार्यक्रम आयोजना गरेका थिए । यूनियनका सभापति शिव लम्सालले पत्रकारका संस्थाबीचको हार्दिकता तीन वर्षसम्म कायम रहनु बधाईको अर्थ हुने बताए । सभापति लम्सालले सदस्यता शुद्धिकरणको अभियान जारी रहेकोले पेशाकर्म नगर्नेलाई सदस्यता वितरण नगर्ने बताए । चौतारीका अध्यक्ष गणेश बस्नेतले नयाँ नेतृत्वले पत्रकारको साझा लक्ष्य पूरा गर्नुपर्ने बताए । दुबै अध्यक्षले जिल्लामा पत्रकारका संगठनबीच सौहार्द व्यवहार गर्न पनि आग्रह गरे ।

शनिबार नै परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको उपस्थितिमा भएको एक कार्यक्रममा नेपाल पत्रकार महासंघ कैलालीको पदस्थापना कार्यक्रम भएको छ । निवर्तमान अध्यक्ष हिमाल जोशीले नवनिर्वाचित अध्यक्ष श्रवण देउवालाई पद हस्तान्तरण गरे ।

सो अवसरमा मुख्यमन्त्री कमलबहादुर शाह, मन्त्रीहरु बहादुरसिंह खड्का, मेघराज खड्का, पूर्वमन्त्री प्रकाशबहादुर देउवा लगायतको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Vodka онлайн казино – мобильная версия

Пин Ап Казино – Официальный сайт Pin Up Casino | Входи и играй

Пин Ап Казино – Официальный сайт Pin Up Casino | Входи и играй

1win — зеркало сайта букмекерской конторы 1вин

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

मिडिया माथी भएको हिंसात्मक कार्यको दक्षिण एसिया पत्रकार महासंघ (SAJF) ले कडा शब्दमा निन्दा

धनगढी/नेपालमा हालै उत्पन्न नागरिक अशान्तिको क्रममा पत्रकार तथा मिडिया संस्थाहरूलाई लक्षित गर्दै भएका हिंसात्मक कार्यहरूको दक्षिण एसिया पत्रकार महासंघ (SAJF) ले कडा शब्दमा निन्दा गरेको

अझै पढ्नुहोस्
समाचार

एकता बचत तथा ऋण सहकारीकाे वार्षिक साधारणमा सहकारीका संस्थापक अध्यक्ष बुढा सम्मानित

धनसरा बुढाटीकापुर/कैलालीको टीकापुर -१ स्थित एकता बचत तथा ऋण सहकारी संस्थाकाे नवाै वार्षिक साधारण सभाले सहकारीका संस्थापक अध्यक्ष लाेक बहादुर बुढालाइ सम्मान गरेकाे छ ।

अझै पढ्नुहोस्
समाचार

कुकुरको टोकाइबाट चितलको मृत्युु

सुखड/कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका वडा न ३मा रहेको श्री कोपिला सामुदायिक वन उपभोक्ता समूह ब्यबस्थित नगरमा स्थानीय भुसिया कुकुरहरुको टोकाइबाट चितलको मृत्युु भएको छ ।

अझै पढ्नुहोस्
समाचार

एकता बचत तथा ऋण सहकारीकाे वार्षिक उत्सवमा १८ जनाले रक्तदान गरे

धनसरा बुढाटीकापुर/कैलालीको टीकापुर -१ स्थित एकता बचत तथा ऋण सहकारी संस्थाकाे वार्षिक उत्सवमा रक्तदान कार्यक्रम गरिको छ ।टीकापुर नगरपालिका वडा नं. १ ब्यवसायक्षेत्र स्थित सहकारी

अझै पढ्नुहोस्