श्रीलंकामा स्वास्थ्य सेवा सुरु, पहिलाे दिन १२ जनाले सेवा लिए

शेयेर गर्नुहोस

एल बी बुढा,
टीकापुर/कैलालीको श्रीलंकामा बुधबारदेखि स्वास्थ्य सेवा सुरु भएको छ ।
टीकापुर नगरपालिका वडा नं. ८ श्रीलंका स्थित श्रीलंका आधारभुत स्वास्थ्य केन्द्रमा नगरपालिकाले बुधबार देखि स्वास्थ्यकर्मी खटाए पछि स्वास्थ्य परिक्षणकाे काम सुरु भएको हाे ।

बुधबार देखि सुरु भएको श्रीलंका आधारभुत स्वास्थ्य केन्द्रमा पहिलाे दिन १२ जना विरामीले स्वास्थ्य परिक्षण गरेको स्वास्थ्यकर्मी शान्ति ढुंगाना नेपालीले सत्ती कर्णाली न्युज डटकमलाइ जानकारी दिनुभयो ।

६५ घर परिवार रहेकाे श्रीलंकामा आ.व.२०७७/०७८ मा सुदुर पश्चिम प्रदेश सरकारकाे रु १५ लाख लागतमा टीकापुर नगरपालिकाले श्रीलंका आधारभुत स्वास्थ्य केन्द्रकाे भवन निर्माण गरेकाे वडा नं. ८ का वडा अध्यक्ष तथा टीकापुर नगरपालिकाका प्रवक्ता दिर्घ बहादुर ठकुल्लाले जानकारी दिनुभयो ।

प्रवक्ता ठकुल्लाले भवन निर्माणकाे काम अघिल्लो वर्षमा नै सम्पन्न भए पनि स्वास्थ्यकर्मी अभावका कारण संचालनमा नआएको बताउनुहुदै स्थानीयकाे मागलाई मध्येनजर गर्दै बुधबार देखि स्वास्थ्यकर्मी खटाएको बताउनुभयो । ठकुल्लाले श्रीलंका आधारभुत स्वास्थ्य केन्द्रकाे घेरवार, शाैचालय लगायतका पुर्वाधार निर्माण गर्न वाकी रहेकोले नगरपालिकाले यसै आर्थिक वर्षमा निर्माणको काम सम्पन्न गर्ने बताउनु भयाे ।

टीकापुर नगरपालिकाकाे एक वडा एक स्वास्थ्य संस्था भन्ने नारा अनुसार टीकापुर नगरपालिकाका सबै वडामा स्वास्थ्य संस्था स्थापना गरि सकेकाे टीकापुर नगरपालिकाका नगर प्रमुख तपेन्द्र बहादुर रावलले सत्ती कर्णाली न्युज डटकमलाइ जानकारी दिनुभयो । टीकापुर नगरपालिकाकाे श्रीलंका बटनपुर देखि टाढा भएको र दुर्गम ठाउँ भएकोले अलगै स्वास्थ्य संस्था बनाउनुपर्छ भनी नगरपालिकाले स्थापना गरेको बताउनुभयाे । रावलले श्रीलंकाका स्थानीयले पटक पटक स्वास्थ्य संस्थाकाे माग गरेकोले आफुहरुले प्राथमिकताका आधारमा श्रीलंकामा आधारभुत स्वास्थ्य केन्द्रकाे स्थापना गरेको बताउनुभयो ।

ताजा खबर

Casino mit PayPal mit Turnieren: Alles, was Sie wissen müssen

Trixino USDT Withdrawal: Choisir le Bon Réseau

Vérification de l’âge chez Wildies : Quelles Preuves Sont Acceptées

Casino Anbieter neu: Alles, was Sie wissen müssen

Casino Echtgeld mobil: Alles, was Sie wissen müssen

सम्बन्धितखवर

छुटाउनु भयो कि !