श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री साहलाई पदबाट बर्खास्त

शेयेर गर्नुहोस


धनगढी/श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहलाई पदबाट बर्खास्त गर्ने निर्णय गरिएको छ ।

प्रशासन विशेष स्रोतका अनुसार उनलाई हटाउने निर्णय भइसकेको छ भने औपचारिक घोषणा भने हुन बाँकी रहेको छ । उनी मन्त्रालय आएका छैनन् ।

स्वास्थ्य बीमा बोर्डमा गरिएको विवादास्पद सदस्य नियुक्ति प्रकरणपछि मन्त्री शाहको भूमिकामाथि प्रश्न उठ्दै आएको थियो । सोही प्रकरणसँग जोडिएर चर्किएको आलोचना र राजनीतिक दबाबका बीच उनलाई पदबाट हटाउने निष्कर्षमा सरकार पुगेको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार, “विवाद बढ्दै गएपछि अब निरन्तरता दिन सक्ने अवस्था देखिएन, हटाउने निर्णय भइसकेको छ,” भन्दै औपचारिक निर्णय सार्वजनिक गर्ने प्रक्रियामा रहेको जानकारी दिइएको छ ।

यसअघि सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रै मन्त्री शाहलाई पदबाट फिर्ता बोलाउनेबारे छलफल भइरहेको थियो । पार्टीको अनुशासन समितिले उनीमाथि छानबिन गरिरहेको र ‘राइट टु रिकल’ नीतिअनुसार प्रक्रिया अघि बढाइएको बताइएको थियो ।

मन्त्री शाहकी पत्नी जुनु श्रेष्ठलाई स्वास्थ्य बीमा बोर्ड सदस्यमा पुनः नियुक्ति दिएपछि प्रकरण बाहिरिएको हो । यसअघि अनुपस्थितिका कारण विवादित बनेकी व्यक्तिलाई पुनः नियुक्त गरिएको भन्दै सुशासन, पारदर्शिता र योग्यता प्रणालीमाथि गम्भीर प्रश्न उठाइएको थियो । उक्त घटना मिलाउन थप ‘सेटिङ’ गरिएको विषयमा प्रशासनले यसअघि समाचार सार्वजनिक गरेको थियो ।

यसैबीच, मन्त्री शाह आज मन्त्रालयमा अनुपस्थित रहेको विषयले समेत थप चर्चा पाएको छ ।

ताजा खबर

The Ultimate Guide to 5$ Minimum Deposit Casinos

Discovering the Best ESA Letter Site According to Reddit Users

The Ultimate Guide to Play Free American Roulette Online

Casino Roleta ao Vivo: Tudo o que você precisa saber

The Ultimate Guide to Live Mega Fire Blaze

Die besten Mastercard Glücksspielstätten Online: Ihr Leitfaden für sicheres und bequemes Wetten

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Mostbet কিভাবে খুলবো: চূড়ান্ত সহায়ক গাইড

Mostbet কিভাবে খুলবো: চূড়ান্ত সহায়ক গাইড যদি আপনি Mostbet-এ একটি অ্যাকাউন্ট খুলতে চান তবে এই গাইডটি আপনার জন্য। Mostbet হলো একটি জনপ্রিয় অনলাইন বেটিং প্ল্যাটফর্ম

अझै पढ्नुहोस्