विपद् रोकथामका निम्ति नीति संवाद कार्यक्रम सम्पन्न

शेयेर गर्नुहोस

आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजना एवं रेष्टलेस डेभलपमेन्टको सहकार्यमा विपद् व्यवस्थापन अन्र्तगत पहिरो रोकथामका निम्ति नीति संवाद कार्यक्रम २०८१ पौष २ गते सम्पन्न भएको छ ।


कानून मन्त्रालयका उपसचिव श्री कृष्ण प्रसाद नेपालको अध्यक्षमा सम्पन्न भएको उक्त कार्यक्रममा उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालय, आर्थिक मामिला मन्त्रालय, सामाजिक विकास मन्त्रालय, धनगढी उपमहानगरपालिका, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, नं. ३४ गण हेडक्वाटर कलाली, जिप्रका कैलाली, नेपाली सेना देवीदल गण कैलाली, शसस्त्र प्रहरी एवं प्रदेश तथा जिल्ला स्तरीय तीन तहका र्सु, स्थानीय तथा राष्ट्रिय स्तरको संचारकर्मिहरुको सहभागिता रहेको थियो ।


आन्तरिक मामिला तथा कानून मन्त्रालयको सभाहलमा आयोजना गरिएको उक्त कार्यक्रममा रेष्टलेस डेभलपमेन्टबाट करुणा थापाले अनुसन्धानको क्रममा प्राप्त भएका तथ्यांकहरु प्रस्तुत गर्दै सुदूरपश्चिम प्रदेशमा डोटी, डढेल्धुरा, अछामको केही भागी, बझाग लगायतका जिल्लाहरुममा यो वर्ष अत्यधिक पहिरो गएको र डोटी जिल्लामा पहिरोको अधिक जोखिम रहेको जानकारी गराउनु भयो ।


ट्याग मि एप्स मार्फत गरिएको उक्त अनुसन्धानको तथ्यांकहरु विश्लेषण गर्दै ट्याग मि एप्स मार्फत वर्तमानमा पहिरो गइरहेको स्थान, विगतमा पहिरो गएको स्थान र भविष्यमा पहिरो जान सक्ने स्थानहरु पहिचान गर्न सकिने र भविष्यमा पहिरो जान सक्ने स्थानहरुको प्रमाणहरुको आधारमा नीति तथा बजेटमा योजना बनाउन सकिने जानकारी गराउनुभयो ।
ट्याग मि एप्स मार्फत आएका तथ्यांकहरु सार्वजनिक गरिसकेपछि भएको खुला छलफलमा धनगढी उपमहानगरपालिका विपद् फोकल पर्सन दिपक भण्डारीले यो एप्सले राम्रो तथ्यांकहरु निकालेको भन्दै धनगढीमा भएको नदी कटानको समस्यालाई समाधान गर्नको निम्ती यो एप्स मार्फत सहकार्य गर्न इच्छुक रहेको जानकारी गराउनुभयो ।
साथै यस एप्स मार्फत प्राप्त भएका तथ्यांकहरुको वैधताका आधारहरु के रहेको छ भन्ने प्रश्नको छलफलमा यस एप्समा राखिएका जतिपनि तथ्यांकहरु छन् ती तथ्यांकहरुलाइै खोलेर तस्विर हेर्न सकिने, यस एप्समा राखिने तस्विरहरु पछिबाट व्यक्तिले थप गर्न नमिल्ने र लाइभ राख्नुपर्ने हुदाँ एप्समा आएका तस्विरहरुलाई एउटा बलियो प्रमाणको रुपमा मान्न सकिने जिकिर युथ इनोभेसन ल्याबबाट आउनु भएका सविन डोटलले बताउनु भयो ।
छलफलका क्रममा यी तथ्यांकहरु स्थानीय तहदेखी जिल्लासम्म सार्वजनिक गर्नुपर्ने र स्थानीय तहमा नै अलिक बढी सहकार्यको आवश्यता रहेको औल्याउदै समुदायका व्यक्तिहरुनै अगाडी बढेर स्वयंसेवकको रुपमा तथ्यांक संकलन गरिने हुदाँ विपद् पछिको जोखिम न्यूनिकरणका निम्ति पनि यो एप्सले सहकार्य गर्न सकिने, युवाहरुको सीप विकास र जनचेतनाको बढाउनुपर्ने एवं यसप्रकारको तथ्यांकको माध्यमबाट नीति निर्माण तहको ध्यानाकर्षण गर्न सकिने हुदाँ यस प्रकारको शुरुवात राम्रो भएको विश्लेषण गरिएको थियो ।
नीति संवाद सम्बन्धि उक्त कार्यक्रममा सदुरपश्चिममा हाल रहेको विपद व्यवथापन सम्बिन्धि नीतिहरु र उक्त नीतिमा भएका ग्यापहरुमा केन्द्रि रहेर गरिएको उक्त छलफल कार्यक्रममा नीति निर्माणका निम्ति पहिरो नजिक खोला नालाहरु छन् कि छैनन् भनेर पनि एप्समा देखाउनु पर्ने र विपद् आइसकेपछि सो को रोकथाम एवं नियन्त्रणमा पनि परियोजनाको सहकार्य आवश्यक रहेको कुरा औल्याइएको थियो ।

ताजा खबर

The Ultimate Guide to Real Money Roulette Canada Secure

Ruletka Gra Zakłady: Wszystko, co musisz wiedzieć

Обзор онлайн слота “Свит Бонанза”

What is Trada Casino: Overview and Features?

Overview of 10black Casino online gambling platform features and services.

Czym jest gra Chicken Road 2 w kasynie online?

सम्बन्धितखवर

छुटाउनु भयो कि !

UX/UI: чем отличается мобильная версия Pinco от десктопной платформы?

UX/UI: чем отличается мобильная версия Pinco от десктопной платформы? Разработка интерфейсов для мобильных и десктопных платформ требует учета различных факторов, влияющих на пользовательский опыт (UX)

अझै पढ्नुहोस्