TRENDING
Milyen Új Fizetési Módszereket Kínál A Legális Magyar Online Kaszinó?
1x Казино Зеркало: Пошаговый гид для новичков
Strategii de ruletă premium: Cum să câștigi mare cu cele mai bune strategii
Real Cash & Demo Mode
Next
Prev

वन मन्त्रालयको सचिव सवार गाडीमा ढुङ्गा प्रहार

शेयेर गर्नुहोस

धनगढी । सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव जीवनाथ पौडेल सवारी गाडीमा ढुङ्गा प्रहार गरिएको छ। कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १९ फूलबारीमा उनी सवार गाडीमा युवाहरूले ढुङ्गा प्रहार गरेका हुन्।

कैलाली प्रहरीका अनुसार उनी सवार सुदूरपश्चिम प्रदेश ०१००१ झ ४९३ नम्बरको गाडीमा बुधवार ढुङ्गा प्रहार गरिएको हो। उनी सवार गाडीको पछाडिको सिसा फुटेको छ। सचिव तथा अन्यलाई चोटपटक भने लागेको छैन। 

प्रदेश सचिव पौडेलका अनुसार वसन्ता क्षेत्र , पुरैना ताल लगाएतको अतिक्रमण गरिएको वनको स्थलगत अनुगमनबाट टोली फर्किएको थियो। फूलबारी क्षेत्रमा ५र६ जना युवाहरूले उनी सवार गाडीको पछाडिबाट ढुङ्गा हानेका थिए। 

प्रदेश सचिव जीवनाथ पौडेलले भने, ‘हामी वसन्ता क्षेत्रबाट फर्किदै थियो। वन क्षेत्रको अतिक्रमणको अनुगमनमा गएका थियौ। फूलबारीमा २१/२२ वर्षका ५/६ जना केटाहरू थिए। उनीहरूबाट १० मिटर अगाडी आएपछि पछाडिबाट ढुङ्गा हाने। उनीहरूलाई प्रहरीले पक्राउ गरेको छ।’

जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रहरी प्रहरी निरीक्षक सन्तोष बस्यालले घटनाको विषयमा अनुसन्धान जारी रहेको बताए। गाडीको सिसा फुटाउनेहरूका विरुद्धमा सार्वजनिक अपराध वा क्षतिपूर्तिका लागि प्रहरीमा निवेदन दिइन मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Milyen Új Fizetési Módszereket Kínál A Legális Magyar Online Kaszinó?

1x Казино Зеркало: Пошаговый гид для новичков

Strategii de ruletă premium: Cum să câștigi mare cu cele mai bune strategii

Real Cash & Demo Mode

Mostbet Ro’yxatdan O’tishida Tasdiqlashning Muhimligi

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

बसन्ता संरक्षित क्षेत्र अतिक्रमणको चपेटामा, बाघ आहार खोज्दै बस्तिमा

जमुना न्युरे ,सुखड / कैलालीको भजनी क्षेत्रमा रहेको कालिका सामुदायिक वनमा कहि समय देखि पाटे बाघको देखा परेको छ । पछिल्लो समयमा भयको वन अतिक्रमण

अझै पढ्नुहोस्
Highlights

डिभिजन वन कार्यालय कैलाली द्वारा दाउरा वितरण

जमुना न्युरे,धनगढी / कैलालको धनगढीका उपमहानगर पालिका , गोदावरी नगरपालिका र गौरीगङ्गा नगरपालिकाका चोक चोकमा दाउरा वितरण गरिएको छ। डिभिजन वन कार्यालय कैलालीले , धनगढीले लगायतका

अझै पढ्नुहोस्