राष्ट्रियसभा निर्वाचनमा सत्तारुढ गठबन्धनलाई सहयोग गर्न नागरिक उन्मुक्तीलाई आग्रह

शेयेर गर्नुहोस

जमुना न्युरे,धनगढी /राष्ट्रियसभा निर्वाचनमा सत्तारुढ नागरिक उन्मुक्ति पार्टीलाई सत्ता गठबन्धन दलका उम्मेदवारहरुलाई विजयी गराउनमा सहयोग गर्न आग्रह गरिएको छ । आसन्न राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धन दलका उम्मेदवारहरुलाई मतदान गर्न नागरिक उन्मुक्ति पार्टीलाई आग्रह गरिएको हो ।


बुधबार नेपाली काँग्रेस कैलाली जिल्ला पार्टी कार्यालय धनगढीमा बसेको बैठकले कैलाली जिल्लामा रहेका प्रदेश सांसद, नगरपालिका प्रमुख र उपप्रमुख गाउँपालिका अध्यक्ष र उपाध्यक्षहरुसंग प्रत्यक्ष सम्पर्क गरेर जिल्लामा समन्वय गर्ने निर्णय गरेको नेपाली काँग्रेसका जिल्ला सचिव केशव राज मिश्रले बताए ।


नेपाली काँग्रेस कैलालीका सचिव केशवराज मिश्रको संयोजकत्वमा वसेको बैठकमा नेकपा माओवादीका तर्फवाट दुर्गा वडुवाल, नेकपा समाजवादीवाट दिर्घराज कापडी जोशीको सहभागीता रहेको थियो ।
बैठकमा राष्ट्रियसभा सदस्यका उम्मेदवार नेपाली कांग्रेस कैलाली सभापति नारायण दत्त भट्ट, नेकपा माओवादी केन्द्र केन्द्रीय सदस्य एवं राष्ट्रियसभा सदस्य उम्मेदवार रेणु चन्दको पनि उपस्थिति रहेको थियो ।

ताजा खबर

Vending machine: The Ultimate Overview to Playing and Winning

Glücksspielhaus Nutzen-Codes: Jede Kleinigkeit, das Sie wissen müssen

Online-Casino Mobil: Der Ultimative Leitfaden zum Verwenden Ihrem Handy

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Εξελίξεις στον κόσμο των βιντεοπαιχνιδιών και η πύλη https://cyprusnewsportals.com/category/gaming σας κρατά ενήμερους

Εξελίξεις στον κόσμο των βιντεοπαιχνιδιών και η πύλη https://cyprusnewsportals.com/category/gaming σας κρατά ενήμερους Η Εξέλιξη των Πλατφορμών Παιχνιδιών Η Επίδραση του Cloud Gaming Οι Δημοφιλέστεροι Τύποι

अझै पढ्नुहोस्