यो बर्ष पनि भारततिर बसाइँ सरिरहेका कर्‍याङकुरुङ सारस चरा

शेयेर गर्नुहोस

जमुना न्युरे,धनगढी/जाडो छल्न भारततिर बसाइँ सरिरहेका कर्‍याङकुरुङ सारस चरा कैलालीमा बसाई सर्न थालेका छन् । मङ्गोलिया, रसिया र उत्तरी चीनबाट आएका कर्‍याङकुरुङ कैलारी गाउँपालिका , जोशिपुर गाउँपालिका , टिकापुर नगरपालिकाका आकाशमा देखिएका हुन् ।

आइतबार टिकापुर नगरपालिका वडा ७ र ८ का विभिन्न ठाउमा देखियको स्थानीय खगेन्द्र साउद ले आकाशमा कर्‍याङकुरुङ्ग ( सारस ) टिकापुर आकाशमा उडिरहेको छ ।

जोशिपुर गाउँ पालिका वडा ३ पेगुलाल चौधरीले आकाशमा उडिरहेको चरा देखिए पछि कर्‍याङकुरुङ सारस नेपाली आकाश हुँदै भारततर्फ बसाइँ सर्न थालेका छन् । करिब छ महिनासम्म भारतको राजस्थान र गुजरातमा अस्थायी बसोबास गर्ने यी चरा कर्णाली कोरिडोर हुँदै त्यता जान थालेका हुन् । सेप्टेम्बर १ देखि १७ सम्म यो प्रजातिको सारस बसाइँ सर्ने खास समय हो । यस वर्ष भने सेप्टेम्बर २५ बाट नेपाली आकाश हुँदै कर्‍याङकुरुङ सारस भारततर्फ गइरहेको चरा बिद दयाराम चौधरीले बताए ।

उनका अनुसार कर्णाली कोरिडोर हुँदै लगभग २५ बथान क-याङकुरुङ सारस गइसकेका छन् । त्यस क्रममा कञ्चनपुर, कैलाली र बर्दियाको आकाशमा यी चरा देखिएका हुन् । मङ्गोलिया, रसिया र उत्तरी चीनबाट आउने क-याङकुरुङ सारस प्रायः अङ्ग्रेजी अक्षर ‘भी’ आकार बनाएर आकाशमा उड्ने गर्छन् । क-याङकुरुङ आवाज निकाल्दै रातिसमेत यो प्रजातिको चरा उडेर भारततर्फ गइरहेको जनाइएको छ । बसाइँ सर्ने क्रममा क-याङकुरुङ सारस आहारा र आरामका लागि कैलाली, बर्दिया, कञ्चनपुरका विभिन्न ठाउँमा केही दिन रोकिनेसमेत गरेका छन् । स्थानीय साउदले कर्‍याङकुरुङ सारस उडि रहेको भिडियो तथा फोटो खिचेका थिए । उनले भने दक्षिण तिर उडेर जाँदै गरेको देखेर फोटो खिचेको बताए ।

कैयौँ माइल उडेर भारततर्फ जाने यो प्रजातिको चरा नेपालमा माथिल्लो मुस्ताङस्थित समर–धौलागिरि हिमालको पश्चिम र डोल्पा गरी दुई वटा रुटबाट आउने गरेको जनाइएको छ । माथिल्लो मुस्ताङ हुँदै आएका क¥याङकुरुङ सारस भेरी नदी कोरिडोर भएर बसाइँ सर्ने गरेको जनाइएको छ । 

सात समुद्र पारीबाट आउने यी चरा भारत झर्ने क्रममा नेपालको माथिल्लो मुस्ताङस्थित समर–धौलागिरि हिमालको पश्चिम र डोल्पा गरेर दुई वटा रुटबाट आउने गर्छन् । मुस्ताङ हुँदै आउने कर्‍याङकुरुङ भेरी नदी कोरिडोर भएर भारततर्फ जाने गरेको चौधरी बताए।

तेस्तै स्थानीय बासिन्दा ६८ वार्षिय पेगुलाल चौधरीले भने यति ठूलो संख्यामा कर्‍याङकुरुङ आफ्नो गाउँमा पहिलो पटक देखेको बताउदै उनले भने यो चरा आफ्नो समुहमा हिड्ने गर्दछ आफ्नो समूह र जोडा छोडेर नहिड्ने भएकाले यिनिहरु निकै मायाजालमा रमाउने गरेको बताए ।थारु समुदायमा यो चरा प्रती अझै यो चरालाइ मार्‍यो , हानिनोक्सानी पुर्‍यायो भने चराले बदला लिने ,जस्तो जोडीमा रहेको चरालाइ जोडि फुटायो भने जस्ले चराको जोडि फुटाएको त्यो मान्छेको पनि आफुले मायागरेको जोडि पनि छुटिन्छ भन्ने विश्वास रहेकाले यिनिहरुलाई हानी नपुर्‍याएको बताए ।

कर्‍याङकुरुङको दोस्रो रुट भने डोल्पा–कैलाली हो । डोल्पा हुँदै आएका कर्‍याङकुरुङ सारस कैलालीको हसुलियादेखि पूर्वतिर कर्णाली कोरिडोर भएर भारततर्फ झर्ने गर्छन् । तर आजभोलि कैलारी गाउँ पालिका वडा न ९ समारचौर गाउमा रहेको कहिले खेतबारीमा त कहिले गाउँ पुर्ब घुरहा नदि पश्चिम घुरही नदिको तट मै समय बित्याउने गरेका कर्‍याङकुरुङले ।

चराबिद चौधरीका अनुसार जानेबेला कर्‍याङकुरुङले चार हजार ८९६ किलोमिटर उडान भर्ने गर्छन् । चराको जाने बेलाको यात्रा १३ देखि ४० दिनसम्मको हुने गर्छ ।

जाडोयाम सकिन थालेपछि पाकिस्तान, अफगानिस्तान, किर्गिस्तान लगायतका देश हुँदै फेरि यी चराहरू रसिया, मङ्गोलियाका लागि फर्कने गर्छन् । फर्कने क्रममा कर्‍याङकुरुङको उडान ६५ देखि ६६ दिनसम्मको हुने गरेको चरा बिद चौधरीले बताए । यस क्रममा कर्‍याङकुरुङले छ हजार ३४ किलोमिटरसम्म उडान भर्ने गरेका छन् । यी चरा अङ्ग्रेजी अक्षरको भी आकार बनाएर आकाशमा उड्ने गर्छन्

ताजा खबर

Der Ultimative Leitfaden für Mobile Spielunternehmen Spiele

The Essential Guide to Getting an ESA Letter From a Doctor

Ideale Authentisches Geld Online Casino: Ein Umfassender Leitfaden

Free Rotates Bonus Offer: A Comprehensive Overview

सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

प्रदेश प्रमुख नजीर मियाले शुक्रबार पदभार ग्रहण

धनगढी : सुदूरपश्चिमका लागि नयाँ नियुक्त भएका प्रदेश प्रमुख नजीर मियाले शुक्रबार पदभार ग्रहण गरेका छन । शुक्रबार प्रदेश प्रमुखको कार्यालयमा उनले पदभार ग्रहण गरेका

अझै पढ्नुहोस्