मानव बन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न सामुदायिक वनमा मौरी पालन

शेयेर गर्नुहोस

कंचनपुर/कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नं. २ स्थित श्री ग्वालावारी सामुदायिक वन उपभोक्ता समूहको सभाहलमा आज बुधबार मौरी पालन सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ कार्यक्रम डिभिजन वन कार्यालय कञ्चनपुर तथा सव डिभिजन वन कार्यालय वाणीको संयुक्त आयोजनामा मानव–वन्यजन्तु द्वन्द न्यूनीकरणको उद्देश्यसहित सञ्चालन गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख राम बिनारी ठाकुर रहेका थिए। विशिष्ट अतिथिका रूपमा प्रदेशसभा पूर्वसदस्य, ग्वालावारी सामुदायिक वनका संस्थापक अध्यक्ष तथा कञ्चनपुर सामुदायिक वन समन्वय समिति (CFCC)का अध्यक्ष महेश दत्त जोशीले सहभागिता जनाएका थिए।


त्यस्तै ग्वालावारी सामुदायिक वनका अध्यक्ष गोपाल भारती, उपाध्यक्ष प्रकाशनाथ योगी, अन्य पदाधिकारी तथा स्थानीय उपभोक्ताहरूको समेत उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रममार्फत डिभिजन वन कार्यालय कञ्चनपुर र सव डिभिजन कार्यालय वाणीको संयुक्त १ लाख ५० हजार रुपैयाँको बजेटमा ग्वालावारी सामुदायिक वनलाई ९ वटा मौरीका घार हस्तान्तरण गरिएको छ।

डिभिजन वन प्रमुख राम बिनारी ठाकुरले कार्यक्रमको उद्देश्यबारे स्पष्ट पार्दै भने,

“जंगली हात्तीका कारण गाउँबस्तीमा हुने जनधनको क्षति न्यूनीकरण गर्न वैकल्पिक उपायका रूपमा मौरी पालन प्रभावकारी हुने भएकाले यो कार्यक्रम अघि सारिएको हो।”
उनले थपे, “ग्वालावारी सामुदायिक वनलाई मौरीका घार हस्तान्तरण गर्दै हामीले यो अभियानको थालनी गरेका हौँ।”

 
विशिष्ट अतिथि महेश दत्त जोशीले सामुदायिक वनमार्फत वन्यजन्तु–मानव द्वन्द नियन्त्रणका लागि सामूहिक प्रयास आवश्यक रहेको उल्लेख गर्दै भने,

“सिर्जनशील र वातावरणमैत्री उपायबाट मात्र दीर्घकालीन समाधान सम्भव छ। मौरी पालन त्यसतर्फ एक सकारात्मक कदम हो।”

ग्वालावारी सामुदायिक वन अध्यक्ष गोपाल भारतीले कार्यक्रमप्रति आभार प्रकट गर्दै आगामी दिनमा मौरी पालनलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाए।

कार्यक्रममा मौरीपालन सम्बन्धी व्यवहारिक प्रशिक्षण प्रशिक्षक कपिल भारतीले दिएका थिए। उनले मौरीपालनलाई आम्दानीको स्रोतसहित वन्यजन्तु नियन्त्रणमा समेत सहयोगी उपायका रूपमा प्रस्तुत गर्दै भने,

“मौरीको गुँडबाट हात्ती जस्ता जंगली जनावर पर रहने भएकाले वन आसपासका क्षेत्रमा मौरी पालनले दोहोरो फाइदा दिन्छ। साथै, यसबाट स्थानीय समुदाय आत्मनिर्भर बन्न सक्दछन्।”

कार्यक्रम संयोजक/सञ्चालन सव डिभिजन वन वाणीका प्रमुख, वरिष्ठ अधिकृत भरत प्रसाद शाहले गरेका थिए।

ताजा खबर

Inovação constante e https://vegasherobet.pt para um jogo online mais emocionante em Portugal

Genuine excitement awaits with https://spin-mamacasino.ca, unlocking premier online casino experiences

Excelente estrategia y https://roulettino-casino.com.es para jugadores inteligentes

Prachtige natuur en blazing-wildinloggen.nl bieden unieke verblijven

Excitement builds with bigbass-casino.uk offering thrilling fishing adventures and potential payouts today

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Υπέροχα σχέδια διακόσμησης σπιτιού με το sweetyspin και έξυπνες ιδέες ανακαίνισης

Υπέροχα σχέδια διακόσμησης σπιτιού με το sweetyspin και έξυπνες ιδέες ανακαίνισης Δημιουργικές Εφαρμογές του Sweetyspin στην Κουζίνα Επιλογή Χρωμάτων και Υφών Sweetyspin στο Σαλόνι: Δημιουργία

अझै पढ्नुहोस्