TRENDING
Szansa na wygraną od niskiego stawki do wielkich sum przez hellspin casino czeka na każdego
Szansa na wygraną od niskiego stawki do wielkich sum przez hellspin casino czeka na każdego
Szerencsés nyereményvadászat a modern ggbet hu felületen, stratégiai tippekkel és bónuszokkal most
Különleges stratégia és a chicken road casino titkai a profi játékosoknak
Különleges stratégia és a chicken road casino titkai a profi játékosoknak
Next
Prev

बाढीले गर्दा फेरिएको खेती प्रणालि

शेयेर गर्नुहोस


कैलाली जिल्लाको , भजनि नगरपालिका आजभोलि खेत बाझा देखिन थालेका छन् । बर्षातको समयमा मोहना , काढाँ , कान्द्रा नदिमा आएको बाढिले खेतबारी डुबाएर उब्जनि कम हुन थाले पछि कैलालिको पुर्वी क्षेत्रका कृषकहरु चैत धान लगाउने गरेको पाइन्छ ।

भजनी नगरपालिकामा २०६७ साउनको दोस्रो साता मोहना र कान्द्रा नदीमा आएको बाढीले लगाइएको धानबाली बालुवाले पुरीदिए पछि यहाँ किसान साझबिहानको छाक टार्न बजार धाउनु पर्ने भएको भजनी नगरपालिका प्रबतmा बिक्रम चौधरी बताउछन् ।

कैलालि जिल्लाका प्रभावित नहुने क्षेत्रका कृषकहरु पनि चैत धान खेती तफ आकर्षित हुदै गरेको कृषि ज्ञान केन्द्र धनगढी प्रमूख खगेन्द्र शर्माले बताउछन् । कैलालीका कृषकहरु बर्षमा दुइ पटक धान खेती र एक पटक हिउदे खेती गहु ,तोरी ,मसुरो खेती गर्दै आएका छन् । विषेश गरी भजनीका कृषकहरु चैत धानमा आकर्षीत भएका छन् । भजनी नगरपालिका धेरै वडाहरु बषार्याममा आएको पानीले डुबानमा पर्ने गरेको कृषकहरु त्यो कृषी प्रणालिलाई परिवर्तन गर्दै चैत धान लगाउन थालेका हुन ।


चैते धान लगाउदा बढी मिहेनत लाग्ने भए पनि धान बालि भन्दा अरु खेती बिकल्प नभएर धान खेती गरियको लालबोझीका खोजराम चौधरी बताउँछन् बर्षे धान भन्दा चैते धान बढी उब्जाउ हुने बाढी पिडित हुदा भोकमरी र आर्थिक सङ्कट कम हुने भएकाले बैकल्पीक उपाय थालिएको हो । भजनी नगरपालिका कृषी शाखा प्रमुख शुसोभन अधिकारीका अनुसार भजनी नगरपालिका वडा ३, ६,७, र ८ मा ९०० हेक्टर जमिनमा चैते धान लगाइको बताउछन ।


बर्षे धान भन्दा चैत धान बढी फल्ने र बाढी बाट हुने क्षति रोक्नका लागी चैत धान राम्रो बिकल्प भएको छ ।
तेहि चैत धान लागाएको देखासिकी गरेर घोडाघोडी नगरपालिकामा पनि आजभोली चैत धान लगाउन किसानहरु आकर्षित भएका छ्न। घोडाघोडी नगरपालिका वडा ८ दिपनगरका बुझाउन चौधरीले भने मेरो श्रीमतिले चैत धानको भात भजनिमा रहेका आफन्तको खाएको , मिठो स्वादिष्ट भए पछि घरमा आएर चैत धान आफुहरुले लगाउनु पर्‍यो भन्ने सुझाब दिएको बताए ।


चौधरीले भने आफुले तीन बर्ष देखि ५ कठ्ठामा चैत धान लगाउदै आएको , बर्खामा लगाइने धान भन्दा चैत धान खानाका लागि स्वादिलो र बढी फल्ने गरेको बताए ।बर्खा लगाएको ५ कट्ठा जमिनमा बढिमा राम्रो बाली सप्रीयो भने ६देखि ७ क्वीन्टल फल्छ भने चैतमा लगाएको चैतेधान ५ कट्ठामा १०देखि १२ क्विन्टल सम्म फल्ने गरेको बताए ।

तेस्तै घोडाघोडी नगरपालिका वडा ३नारायणपुरका मान बहादुर चौधरीले भने मैले पनि चैते धान यो बर्ष देखि ५ कट्ठा मा लगायको छु , उनले भने चैते धानमा पानी बढी चाहिने आकाशे पानीको भरले यो खेती हुन सक्दैन प्रयाप्त मात्रामा सिचाइ भएमा यो धान लगाउन सकिन्छ ,धान लगाए देखि धान पसाएर फुल खेल्ने समय सम्म प्रत्येक दिन सिचाइ गर्न अनिवार्य पर्ने बताए ।

यसरी धान सिचाइका लागि पानी आवश्यक पर्ने हामिले अहिले बोरिङ ,ठूलो मोटर , नदिको पानी सिचाइको रुपमा प्रयोग गरेका छौ ।यसरी खेती गर्दा आम्दानी पनि हुने २ बाली धान र एक बाली तोरि लगाइन्छ ,खेती बाझो हुदैन उनले भने

घोडाघोडी नगरपालिका भरी ९० जना किसानले चैते धान लगाएका छ्न ।पालिका भरी ५ सय २१ कट्ठामा चैते धान रोपेका छन । चैते धान रोप्ने कृषकहरूलाई नगरपालिकाले अझ लगाउनेको संख्या वृद्धि गर्न घोडाघोडी नगरपालिका कृषि साखाले प्राबिधिक उपकरण दिएको कृषि शाखा प्रमुख जनक सिंह धामीले जानकारी दिए ।

कृषी शाखाले पालिका भरी चैते धान रोप्ने कृषकहरूको तथ्याङ्क सङ्कलन गरेको उनले बताएका छन् । यसले गर्दा कृषकहरूमा चैते धान खेतीको उत्पादन बढाउने र उत्पादन बढाउनमा सघाउन पुग्ने उनले विश्वास लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Szansa na wygraną od niskiego stawki do wielkich sum przez hellspin casino czeka na każdego

Szansa na wygraną od niskiego stawki do wielkich sum przez hellspin casino czeka na każdego

Szerencsés nyereményvadászat a modern ggbet hu felületen, stratégiai tippekkel és bónuszokkal most

Különleges stratégia és a chicken road casino titkai a profi játékosoknak

Különleges stratégia és a chicken road casino titkai a profi játékosoknak

Kényelmes nyeremények és izgalmas játékélmény a Mostbet casino kínálatában mostantól elérhető

सम्बन्धितखवर

छुटाउनु भयो कि !