प्रधानमन्त्री वालेन्द्र शाहले आज सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल गरे

शेयेर गर्नुहोस

प्रधानमन्त्री वालेन्द्र शाहले आज सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रदेशका प्रत्यक्ष निर्वाचित सांसदसंग प्रधानमन्त्री शाहले छलफल गरेका हुन् ।

छलफलमा सांसदहरुले सुदूरपश्चिमका समस्या र स्थानीय मागबारे बालेनलाई जानकारी गराएका थिए । कैलाली– २ का प्रतिनिधिसभा सदस्य केपी खनालका अनुसार गेटामा रहेको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनबारे अधिकांश सांसदले कुरा उठाएका थिए ।

खनालले भने, ‘आज सबै मान्यज्यूबाट गेटामा रहेको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका लागि आवाज उठ्यो । त्यो आवाज छिट्टै पूरा हुने आशा लिएका छौं ।’

सुदूरपश्चिमका सात पहाडी जिल्लालाई धनगढी विमानस्थलसंग जोड्ने विषयमा पनि छलफल भएको खनालले बताए । सेती लोकमार्गको निर्माणबारे पनि प्रधानमन्त्रीसंग छलफल भएको खनालले बताए ।

छलफलमा रास्वपाबाट निर्वाचित कोमल ज्ञवाली, केपी खनाल, जगतप्रसाद जोशी, खेमराज कोइराला, आनन्द चन्द, जनकसिंह धामी, ज्ञानेन्द्र महता, डा. तारा जोशी, हरिमोहन भण्डारी सहभागी थिए । यस्तै, कांग्रेसका सांसद जनकराज गिरी, भरतबहादुर खड्का, एमालेका ऐन महर, यज्ञ बोगटी लगायतको सहभागीता रहेको थियो ।

ताजा खबर

Exclusive Craps Australia Delivers Real Table Thrills Online

Изысканный досуг и olimp casino скачать для поклонников ярких впечатлений

Разработка стратегий от конкурентов до масштабирования через pinco kz

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

राजकाँडा–डुडेझारीमा प्याराग्लाइडिङको सम्भाव्यता अध्ययन

कैलालीको राजकाँडा–डुडेझारी क्षेत्रमा प्याराग्लाइडिङ सञ्चालनको सम्भाव्यता अध्ययन गरिएको छ। सुदूरपश्चिम प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन एकाइको आयोजनामा तथा सिके सनर प्रमोसनको सहजीकरणमा गरिएको प्रारम्भिक प्राविधिक

अझै पढ्नुहोस्