TRENDING
The Ultimate Guide to Roulette Games 2026 Online Casino
Roulette Europe Free Spins: A Complete Guide
The Ultimate Guide to Live Roulette: Everything You Need to Know
Next
Prev

पुर्नबासमा विज्ञान तथा प्रबिधिका बिषयमा अभिमुखिकरण कार्यक्रम सम्पन्न

शेयेर गर्नुहोस

जमुना न्युरे/ पुर्नबास नगरपालिकाको आयोजना तथा ओसन पब्लिकेशन प्रा.लि.काठमाण्डौंको सह आयोजनामा बिज्ञान तथा प्रबिधिका बिषयमा एक दिने अभिमुखिकरण तालीम सम्पन्न भएको छ । अहिलेको शिक्षा बिज्ञान तथा प्रबिधि मैत्री बनाउन अति आवश्यक भएको भन्दै पुर्नबास नगर भित्रका बिज्ञान बिषयका झण्डै ८० जना शिक्षकलाई अभिमुखिकरण तालिम दिईएको हो ।


ओसन पब्लिकेशनले देशब्यापी रुपमा बिज्ञान तथा प्रबिधिका बिषयमा अभिमुखिकरण तालिम दिईरहेको अवस्थामा हाम्रो अनुरोधलाई स्विकार्दै तालिमको आयोजना गर्न सहज गरिदिनु भएकोमा धन्यवाद दिदै ,शिक्षकहरुले बढी भन्दा बढी ज्ञान बटुलेर विद्यार्थीलाई युग सुहाउँदो शिक्षा प्रदान गर्नुपर्ने अहिलेको आवश्यकता भएको कार्यक्रमका प्रमुख अतिथि पुर्नबास नगर प्रमुख तोयप्रसाद शर्माले बताउनु भयो । बिज्ञान बिषयका शिक्षकहरुले पाठ्यक्रममा भएको कुरा ग्रहण गरेर बस्तुगत बिषयलाई कक्षा कोठामा लागू गर्न आग्रह गर्दै भन्नू भयो सिकाई व्यबहार ल्याए मात्रै तालिमको सार्थकता हुने वहाँले बताउनु भयो ।


अहिले विद्यार्थीहरु बिज्ञान र प्रबिधिमा पोक्त बनाउन अति आवश्यक भएको भन्दै , नेपाल सरकारले तयार पारेको पाठ्यक्रमलाई पुर्ण रुपमा लागू हुने गरि सबै ठाउँमा यसको कार्यन्वयनमा ध्यान दिन अति आवश्यक भएकाले आफुले पहिलो चरणमा ७ वटा प्रदेशको १५ वटा ठाउँमा अभिमुखिकरण तालिम सञ्चालनको सहजीकरण गर्दैआउनु भएका बिज्ञान बिषयका लेखक अध्येता एवं प्रशिक्षक डा. गणेश बोहराले बताउनु भयो ।


पुर्नबास नगरपालिका शिक्षा शाखा प्रमुख शिबराज भट्टको सभापतित्वमा भएको कार्यक्रम नगरप्रमुख तोयप्रसाद शर्माको प्रमुख आतिथ्यतामा भएको थियो भने कार्यक्रमको विशिष्ट अतिथिमा प्याब्सन पुर्नबासका अध्यक्ष बालकृष्ण ढकाल, प्रशिक्षक बिज्ञान बिषयका अध्येता एवं लेखक डा.गणेश बोहरा रहनु भएको थियो । कार्यक्रमको सञ्चालन नगरपालिकाका प्राबिधिक सहायक भक्तबहादुर रोकायले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

The Ultimate Guide to Roulette Games 2026 Online Casino

Roulette Europe Free Spins: A Complete Guide

The Ultimate Guide to Live Roulette: Everything You Need to Know

Big Bamboo Demo Slot – новый игрок на рынке россияских онлайн‑казино

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Обзор Пинап казахстанского сайта казино и букмекерской платформы

Обзор Пинап казахстанского сайта казино и букмекерской платформы Пинап — это один из самых популярных казахстанских сайтов, предлагающий услуги онлайн-казино и букмекерской платформы. В данной

अझै पढ्नुहोस्
समाचार

कैलालीमा ३० प्रतिशत धानवालिमा क्षति, राहत दिनुपर्ने स्थानीयकाे माग

टीकापुर/ कैलालीमा अविरल रुपमा आएको बेमौसमी वर्षा र बाढीका कारण ३० प्रतिशत धानवालिमा क्षति भएको छ । कैलाली जिल्लाको टीकापुर,भजनी, कैलारि, जानकी, जोशीपुर, गौरीगंगा, घोडाघोडी,

अझै पढ्नुहोस्
समाचार

चराहरुको रोजाइमा पर्दै नकरोड ताल

जमुना न्युरे,सुखड/कैलाली जिल्लाको मध्यवर्ती क्षेत्रमा रहेको नेपालको पहिलो पन्क्षी अभय – आरण्या क्षेत्र ( बर्ड सेन्चुरी) घोषणा भयको घोडाघोडी ताल क्षेत्रमा रहेको साहयक ताल नकरोड

अझै पढ्नुहोस्