नेपाली कांग्रेसको आयोजनामा धनगढीमा १११ औं बीपी जन्मजयन्ती कार्यक्रम सम्पन्न

शेयेर गर्नुहोस

धनगढी, २५ भदौ – नेपाली कांग्रेस सूचना सञ्चार तथा प्रचार प्रसार शाखाको आयोजनामा आज धनगढीमा १११ औं बीपी कोइराला जन्मजयन्ती भव्य रुपमा मनाइएको छ। सो अवसरमा बीपीले अवलम्वन गरेको राष्ट्रियता, लोकतन्त्र र समाजवाद विषयक अन्तरसम्वाद कार्यक्रम सञ्चालन गरिएको थियो।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुशीला मिश्र भट्ट र नृपबहादुर ओडले बीपीको फोटोमा संयुक्त रुपमा माल्यार्पण गरेर कार्यक्रमको उद्घाटन गरे। कार्यक्रममा बीपी कोइराला र राष्ट्रियता सम्बन्धी कार्यपत्र नेपाली कांग्रेसका जिल्ला सचिव नृपबहादुर सुनारले प्रस्तुत गरे। कार्यपत्रमा बीपीको योगदानलाई विशेष उल्लेख गर्दै १०४ बर्षे निरंकुश राणा शासन अन्त्य र प्रजातन्त्र स्थापनाका निम्ति उनले गरेको सशस्त्र आन्दोलनको महत्व प्रस्तुत गरिएको छ।

सुनारले प्रस्तुत गरेको कार्यपत्रमा बीपीको राजनीतिक जीवनको कठिनाइ र संघर्षलाई समेत संक्षेपमा प्रस्तुत गरिएको छ। २००७ सालको क्रान्तिपछि जनस्तरबाट पहिलो गृहमन्त्री र २०१५ सालको संसदीय निर्वाचन पछि पहिलो जननिर्वाचित प्रधानमन्त्री बनेका बीपीको योगदानलाई मूल्यांकन गरिएको छ।

त्यसैगरी, नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुशीला मिश्र भट्टले बीपी र लोकतन्त्रको सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्दै बीपीको लोकतन्त्रप्रतिको अथक निष्ठा र उनी लोकतन्त्रको पक्षमा सदा वकालत गर्ने शिखर पुरुष रहेको बताइन्। प्रजातन्त्रवादी प्राध्यापक संघका पूर्व उपाध्यक्ष जगन्नाथ जोशीले बीपीको प्रजातान्त्रिक समाजवाद सम्बन्धी कार्यपत्र प्रस्तुत गरे। प्रस्तुत गरिएका कार्यपत्रमाथि सहभागीहरूले छलफल गरेका थिए।

कार्यक्रमको सञ्चालन नेपाली कांग्रेस सूचना सञ्चार तथा प्रचारप्रसार शाखाका संयोजक तपेन्द्र भुसालको अध्यक्षतामा र प्रचारप्रसार शाखाका सदस्य श्रवण देउवाले गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Smash – Ein Spiel Für Die Münze

Điểm Mặc Định Sòng Bài Thưởng Của New88

Veel Paden Bij 29 Black Spelen

ออดิน99 สล็อตแมชชีนออนไลน์

Dublinbet Irish Slots Experience

Daily Star Bingo Slot Machine Game Variations and Strategies

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Mostbet সম্পর্কে জানতে চাই: বাজির জন্য ব্যবহৃত সফটওয়্যার

Mostbet সম্পর্কে জানতে চাই: বাজির জন্য ব্যবহৃত সফটওয়্যার Mostbet হলো একটি জনপ্রিয় অনলাইন বাজির প্ল্যাটফর্ম যা বিভিন্ন ধরনের বাজির সুযোগ প্রদান করে। এই প্ল্যাটফর্মটি ব্যতিক্রমী

अझै पढ्नुहोस्