नकरोड घोडाघोडी बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा सापकोटा

शेयेर गर्नुहोस

सुखड।  कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर १ मा रहेको नकरोड घोडाघोडी बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा हरि सापकोटा निर्वाचित भएका छन् । 

३२१ मत प्राप्त गरेर अध्यक्षमा सापकोटा निर्वाचित हुँदा अर्का अध्यक्षका उम्मेदवार हरिनन्द जोशीले ४९ मत प्राप्त गरेका थिए । त्यस्तै सचिवमा नारायण आचार्य निर्वाचित भएका छन् । आचार्यले २५६ मत प्राप्त गर्दा सचिवका अर्का उम्मेदवार टंकराज अधिकारीले १०२ मत प्राप्त गरे । १ हजार ३७६ सेयर सदस्य रहेको संस्थामा  ३९२ जनाले मात्रै मतदान गरेका थिए ।

७ सदस्य र दुई पदाधिकारीमा सर्वसम्मत भएपनि अध्यक्ष र सचिवमा सहमति नभएपछि निर्वाचन भएको थियो । त्यस अघि उपाध्यक्षमा मैना ढकाल र कोषाध्यक्षमा गगनसिंह बोगटी सर्वसम्मत भइसकेका थिए । अध्यक्षमा निर्वाचित भएका सापकोटाले केही वर्ष भित्रै सहकारीलाई नमुना सहकारी बनाउने प्रतिबद्धता जनाएका छन् । 

‘सबै सदस्यहरुलाई हामीले नकरोड घोडाघोडीको सदस्यमा छौँ भन्नेमा गर्व गर्ने गरि काम गर्छौ ’ उनले भने, ‘आफ्नै जग्गा सहितको सहकारी भवन निर्माण गर्ने लक्ष्य रहेको छ ।’

कैलालीको मध्य क्षेत्रमा अग्रणी सहकारी संस्थाको रुपमा रहेको नकरोड घोडाघोडी बहुउद्देश्यीय सहकारी २०६४ सालमा स्थापना भएको थियो  ।

ताजा खबर

Sistemul profitabil de joc combină royal joker casino bonus fara depunere cu câștiguri rapide și sigure

Lopportunité unique de parier avec betclic, un divertissement sportif accessible et sécurisé

Lopportunité unique de parier avec betclic, un divertissement sportif accessible et sécurisé

Nowoczesne zakłady bukmacherskie z betclic oferują szerokie możliwości wygranych dla fanów sportu

La Experiencia de Riesgo en Need For Spin Casino

Spinnris Kasinot – En Upplevelse Att Vänta På Lyckan

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

विधेयकको विरोधमा स्थानीय तहका कर्मचारीहरू भोलि मुख्यमन्त्री कार्यालय अगाडि धर्ना दिने

धनगढी, ३ चैत । स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्तसम्बन्धी विधेयकको विरोधमा स्थानीय तहका कर्मचारीहरू भोलि मुख्यमन्त्री कार्यालय अगाडि धर्ना दिने भएका छन् ।

अझै पढ्नुहोस्