धनगढीले कक्षा ८ को उपमहानगरस्तरीय परीक्षामा उत्कृष्ट नतिजा ल्याउने २५ वटा विद्यालयलाई सम्मान

शेयेर गर्नुहोस

धनगढी उपमहानगरपालिकाले कक्षा ८ को उपमहानगरस्तरीय परीक्षामा उत्कृष्ट नतिजा ल्याउने २५ वटा सामुदायिक तथा संस्थागत विद्यालयलाई सम्मान गरेको छ।

उपमहानगरपालिकामा आज आयोजित विशेष कार्यक्रममा शैक्षिक गुणस्तर सुधारमा उल्लेखनीय योगदान पुर्‍याउने विद्यालयहरूलाई सम्मान तथा पुरस्कृत गरिएको हो।

सम्मानित विद्यालयहरूमा उत्कृष्ट नतिजा ल्याउने १० सामुदायिक र १५ संस्थागत विद्यालय समावेश छन्। सामुदायिकतर्फ वेहडावावा मावि, शारदा मावि, सिद्धार्थ मावि, सर्वोदय मावि, इन्द्रोदय मावि, पञ्चोदय मावि, शारदा मावि देवरिया, जनप्रिय मावि, ठेकराज मावि र चन्द्रोदय मावि रहेका छन्। यस्तै संस्थागततर्फ सिद्धार्थ विद्या मन्दिर, मयूर ई.बो., गुरुकुल ई.बो., जेसिज एभरेस्ट, ग्लोबल मोडर्न पब्लिक स्कुल, पञ्चकोटी विद्या निकेतन, नन्दिनाज एकेडेमी, अपि विद्या निकेतन, गोल्डेन ज्योति, केदारनाथ विद्या निकेतन, सिद्धार्थ इन्टरनेशनल, दरबार ई,बो., ग्यालेक्सी मावि र डिलाइट ई.बो. स्कुल सम्मानित भएका छन्।

यसपटकको सम्मान कार्यक्रम परम्परागत शैलीभन्दा फरक ढंगले ब्यान्ड–बाजासहित सम्पन्न गरिएको थियो, जसले विद्यालय, शिक्षक र विद्यार्थीहरूमा थप उत्साह र प्रेरणा प्रदान गरेको छ। कार्यक्रममा बोल्दै गोपाल हमालले विद्यालयहरूबीच स्वस्थ प्रतिस्पर्धा सिर्जना गर्न र समग्र शैक्षिक वातावरण सुधार गर्न सार्वजनिक रूपमा सम्मान गर्ने परम्परा सुरु गरिएको बताए। उनले २०७९ सालमा सामुदायिक विद्यालयहरूको नतिजा अत्यन्त कमजोर देखिएपछि उपमहानगरपालिकाले सुधारका विभिन्न कार्यक्रम सञ्चालन गरेको र त्यसको सकारात्मक परिणाम क्रमशः देखिन थालेको उल्लेख गरे।

उनका अनुसार, सामुदायिक विद्यालयहरूको नतिजा २०७९ सालमा ९।४७ प्रतिशत मात्र रहेकोमा २०८० मा ३०.७९ प्रतिशत, २०८१ मा ४२.१६ प्रतिशत हुँदै हाल ५०।०६ प्रतिशतभन्दा माथि पुगेको छ। यो सुधारले शिक्षा क्षेत्रमा गरिएको लगानी र प्रयासको प्रतिफल देखाएको उनले बताए। २०८२ सालको परीक्षामा सामुदायिक विद्यालयतर्फ ४३ विद्यालयका कुल २ हजार ५४३ विद्यार्थी सहभागी भएका थिए। तीमध्ये १ हजार २७३ जना विद्यार्थी उत्तीर्ण भएका छन्, जुन विगतको तुलनामा उल्लेखनीय सुधार मानिएको छ।

कार्यक्रममा सहभागी विद्यालयका प्रधानाध्यापकहरूले उपमहानगरपालिकाको यस पहलले आफूहरूलाई थप जिम्मेवार बनाएको र आगामी शैक्षिक सत्रमा अझ उत्कृष्ट नतिजा ल्याउन प्रेरणा मिलेको बताएका छन्। पछिल्लो समय धनगढी उपमहानगरपालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्दै विद्यालयहरूको भौतिक पूर्वाधार विकास, शिक्षक क्षमता अभिवृद्धि तथा गुणस्तरीय शिक्षामा जोड दिँदै आएको छ। यस्ता कार्यक्रमहरूले आगामी दिनमा अझ सकारात्मक नतिजा ल्याउने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Opportunità uniche dal gioco online a vincite incredibili con spinrollz casino per tutti gli amanti del rischio

Attraktive Bonusangebote und spinline casino für ein umfassendes Spielerlebnis online genießen

Szansa na wygraną z spinline casino i przepisem na skuteczną rozrywkę online

Aktuelle Angebote und Tipps rund um spin dinero casino für erfahrene Spieler entdecken

Essential insights concerning kinbet platform features and functionality

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

महिला संघ कैलालीले बुझायो ज्ञापन पत्र

धनगढी/१६ वर्षीया बालिका इनिशा विकमाथि भएको सामूहिक बलात्कार तथा हत्या घटनाको विरोधमा नेपाल महिला संघ कैलालीले सरकारको ध्यानाकर्षण गराउँदै जिल्ला प्रशासन कार्यालय कैलालीलाई ज्ञापन पत्र

अझै पढ्नुहोस्
समाचार

मिश्र सेवा समाज कैलालीको अध्यक्षमा निम प्रसाद मिश्र चयन

धनगढी : अत्री गोत्रीय मिश्रहरुको धनगढीमा सम्पन्न भेला तथा अधिवेशनले निम प्रसाद मिश्रको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको छ। मिश्र सेवा समाजका केन्द्रीय

अझै पढ्नुहोस्