धनगढीमा एक युवकको हत्या

शेयेर गर्नुहोस

धनगढी /धनगढीमा एक युवकको हत्या गरिएको छ । धनगढी उपमहानगरपालिका–८ को धनगढी गाउँमा आइतबार राति ३५ वर्षीय महेश रानाको हत्या गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उपेन्द्र बमकाअनुसार राना राति स्थानीय मिनबहादुर चौधरीको घरमा प्रवेश गरेका बेला उनीमाथि चौधरीसहितले कुटपिट गरेका थिए । कुटपिटबाट गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको बमले जानकारी दिए ।

उनकाअनुसार रानाको हत्या अभियोगमा चौधरी दम्पत्तीसहितका पाँच जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा मिनबहादुरकी श्रीमती २९ वर्षीया पुनम चौधरी, उनकी १७ वर्षीया छोरी र अन्य दुई जना रहेको प्रहरीले जनाएको छ ।

मृतक राना र उनीमाथि कुटपिट गर्ने चौधरी दम्पत्ती छिमेकी समेत हुन् । राना चौधरीको घरभित्र प्रवेश गरेका बेला उनीमाथि कुटपिट भएको थियो । स्थानीयले सम्झाइबुझाई गरेर घर पठाएकोमा अवस्था गम्भीर भएपछि रानालाई अस्पताल लगिएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ

ताजा खबर

Trixino USDT Withdrawal: Choisir le Bon Réseau

Vérification de l’âge chez Wildies : Quelles Preuves Sont Acceptées

Casino Anbieter neu: Alles, was Sie wissen müssen

Casino Echtgeld mobil: Alles, was Sie wissen müssen

Alles, was Sie über Casino Freispiele Deutschland wissen müssen

Casino ohne Anmeldung beliebt – Alles, was Sie wissen müssen

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

३४ औं वार्षिकोत्सव तथा अभिभावक दिवस- २०८०” समारोह सम्पन्न

सुखड/कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा ३ मा रहेको मोहन्याल आधारभुत विद्यालय नारायणपुर को “३४ औं वार्षिकोत्सव तथा अभिभावक दिवस- २०८०” समारोह सम्पन्न भएको छ ।

अझै पढ्नुहोस्