देउवा दम्पतीमाथि आक्रमण घुसपैठले भएको कांग्रेस सुदूरपश्चिम संसदीय दलको ठहर, दोषीलाई कारबाहीको माग

शेयेर गर्नुहोस

धनगढी/नेपाली काँग्रेस सुदूरपश्चिम संसदीय दलले संविधानविरोधी र लोकतन्त्र नचाहने समूहबाट देउवा दम्पतीमाथि आक्रमण भएको बताएको छ ।

जेनजी आन्दोलनको क्रममा काँग्रेस सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्यसमेत रहेकी तत्कालीन परराष्ट्रमन्त्री आरजु राणा देउवामाथि कुटपिट भएको एक सातापछि बसेको दलको बैठकले यस्तो अभिव्यक्ति सार्वजनिक गरेको हो । 

‘लोकतन्त्रका लागि जीवनभर अविचलित रही संघर्ष गर्नुभएका पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका पार्टी सभापति देउवा र केन्द्रीय सदस्य राणामाथि जेनजी प्रदर्शनमा लोकतन्त्र नचाहने, संविधानविरोधी र नेपाली काँग्रेसलाई कमजोर देखाउन चाहने व्यक्ती, समूहको घुसपैठबाट भएको सांघातिक आक्रमण निन्दनीय रहेकोले सो कार्यको घोर भत्सर्ना गर्दछौं,’ प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बसेको बैकठपछि सार्वजनिक गरिएको अभिव्यक्तिमा भनिएको छ,‘साथै उहाँहरुको शिघ्र स्वास्थ्यलाभको कामनासहित सांघातिक आक्रमणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दछौं ।’

बैठकले जेनजीको प्रदर्शनमा ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धान्जली व्यक्त गर्दै परिवारजनमा गहिरो समवेदना व्यक्त गर्ने तथा घाइते स्वास्थ्यलाभको कामना गर्ने निर्णय पनि गरेको मुख्यमन्त्री शाहका प्रेस तथा जनसम्पर्क सल्लाहकार डम्बर बमले जानकारी दिए । उनका अनुसार बैठकले भदौ २३ र २४ गते देशका विभिन्न स्थानमा भएको हत्या, हिंसा, आक्रमण, लुटपाट, आगजनी र सम्पतिको तोडफोड तथा नोक्सानीको छानबिन गरी तत्काल दोषीलाई कडा कानुनी कारबाहीका निम्ती प्रदेश सरकार र संघीय सरकारलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ । 

‘जेनजी यूवाहरुले उठाएको भ्रष्टाचार मुक्त समाज, भ्रष्टाचारीलाई कारबाही लगायतका उचित मागको सम्बोधनका लागि तत्काल पहल गर्न प्रदेश सरकार र संघीय सरकारलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ,’ बमले भने ‘घटनाबाट सृजित मुलुकको वर्तमान अवस्थामा एकजुट भएर पुनः निर्माणको कार्यमा जुट्न सबैलाई हार्दिक अपिल पनि गरिएको छ ।’

ताजा खबर

Understanding ESA Letters in West Virginia: A Comprehensive Guide

Recognizing ESA Letters in Pennsylvania: A Comprehensive Guide

Live dealer tafels voor echte Nederlandse speler

Can I Obtain an ESA Letter From My Doctor?

Just how to Get an ESA Letter Near You: A Comprehensive Guide

The Ultimate Guide to Playing Licensed Roulette Online

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

धनगढी हाफ म्याराथनको तयारी अन्तिम चरणमा

धनगढी जेसिजले नयाँ बर्षको अवसरमा आयोजना गर्दै आएको धनगढी हाफ म्याराथनको तयारी अन्तिम चरणमा पुगेको छ। धनगढीको समग्र विकासका लागि अब धनगढी दौडिन्छ भन्ने नाराका

अझै पढ्नुहोस्