डिभिजन वन कार्यालय कैलाली द्वारा दाउरा वितरण

शेयेर गर्नुहोस

जमुना न्युरे,धनगढी / कैलालको धनगढीका उपमहानगर पालिका , गोदावरी नगरपालिका र गौरीगङ्गा नगरपालिकाका चोक चोकमा दाउरा वितरण गरिएको छ। डिभिजन वन कार्यालय कैलालीले , धनगढीले लगायतका विभिन्न चोकहरूमा आगो बाल्नका लागि दाउरा वितरण गरेको हो।

केहिदिन देखि बढेको चिसोका कारण जनजीवन प्रभावित भएका बेला दाउरा वितरण गरिएको डिभिजन बन कार्यलय धनगढी कैलालीले धनगढि , अत्तरिया , चौमला ,गोदावरी लगायत सार्वजनिक स्थलहरूमा आगो बाल्नका लागि दाउरा वितरण गरिएको हो।

डिभिजन वन कार्यालय कैलाली धनगढीले ब्राहावन साझेदारी वन , विभिन्न सामुदायिक वनहरु बाट दाउरा सन्कलन गरि जिल्ला प्रशासन कार्यालय कैलाली , प्रदेश वन निर्देशनालय , पुस्पलाल चौक , उत्तर बेहेडी ,बेहाया बेहेडी , अत्तरिया , चौमला , बनबेहेडा लगायत ठाउँ आज दाउरा वितरण गरिएको हो ।

चिसो बढेर नागरिकको जनजीवन प्रभावित हुन थालेको भन्दै प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले आगो ताप्ने व्यवस्थाका लागि दाउरा वितरण गर्ने डिभिजन बन कार्यालयलाइ पत्राचार गरेको थियो । सार्वजनिक स्थलहरूमा आगो ताप्ने व्यवस्थाका लागि नियमानुसार दाउरा वितरण गर्न मन्त्रालयले गत मङ्गलवार सुदूरपश्चिम प्रदेशमा रहेका सबै डिभिजन वन कार्यालयका नाममा निर्देशन जारी समेत गरेको थियो।

शीतलहरका कारण केही दिनयता तराइमा चिसो अत्यधिक बढेको छ। चिसोका कारण, भूमिहीन, सुकुम्वासीलगायत विपन्न वर्गका नागरिक बढी प्रभावित भएका छन्। बालबालिका र वृद्धवृद्धाले , सरकारी कार्यालय मा सेवा लिन आउने सेवाग्राही हरुलाइ चिसोमा बढी समस्या भोग्नुपर्छ।
चिसोबाट बच्नका लागि दाउरा वितरण गरिएको डिभिजन बन कार्यालय धनगढी कैलाली प्रमुख रामचन्द्र कडेलले
जानकारी दिएका छ्न ।

ताजा खबर

The Best Online Pc Gaming Site: An In-Depth Evaluation

What are Complimentary Dime Slot Machines and How Do They Function?

Understanding Free ESA Letter Templates: A Comprehensive Overview

My Empire Casino Games: Průvodce rychlými relacemi a okamžitými výhrami

Genuine Cash Slots Online PayPal: A Comprehensive Overview to Playing and Winning

Discover the Adventure of Free Live Roulette Online

सम्बन्धितखवर

छुटाउनु भयो कि !