डल्फिन देखिन थाले मोहना ,पथरैया , काढाँ र कान्द्रा नदिमा

शेयेर गर्नुहोस

जमुना न्युरे,भजनी/कैलाली जिल्लाको टिकापुर नगरपालिका वडा ७ ढुंगाना टोल को बैदीमा कर्णाली नदीको सहायक नदीहरूमा दुर्लभ जलीय जीव डल्फिन आइपुगेका छन् । कैलालीको मोहना , पथरैया ,काढाँ र कान्द्रा नदीमा डल्फिनको आएका हुन् । 

नदीहरूमा पानीको सतह बढेपछि दुर्लभ जलप्राणी डल्फिन आइपुगेको डल्फिन संरक्षणकर्मी भोजराज ढुङ्गानाले जानकारी दिए । उनका अनुसार असार को दोस्रो साता देखि मोहना , पथरैया ,काढाँ र कान्द्रा नदीमा गरी १२ वटासम्म डल्फिन बच्चा सहित देखा परिरहेका छन् । । टीकापुर नगरपालिका –७ ढुंगाना टोल बैदीस्थित नदीमा यी डल्फिन देखा परिरहेका छन् । 

कर्णाली नदीमा वर्षभरि नै बस्ने डल्फिन मोहना, पथरैया, कान्द्रा, काँढालगायतका सहायक नदीमा भने मनसुन अवधिभरि ३ महिना मात्रै बस्ने गर्छन् । नदीमा पानीको सतह बढेपछि यहाँ बच्चा हुर्काउन डल्फिन आउने गरेको डल्फिन जलचर तथा जैविक विविधता संरक्षण नेपालका अध्यक्ष ढुङ्गानाले जानकारी दिए । बर्षादको समयमा कर्णालिका साहयक नदीहरुमा रमाउने डल्फिनहरू मनसुन बाहिरिएसँगै पानीको गहिराइ खोज्दै तल्लो पुन कर्णाली नदिमै जानेगरेका छन् । यो बर्ष घडियाल गोहिले पनि बच्चा कोरलेको छ।

आन्तरिक पर्यटन बनेर डल्फिन हेर्नका लागि मोहना किनारमा पुगेका पत्रकार यादव आचार्यले नजिक बाट डल्फिन , घाडियाल , मगर गोहि देखेको बताए ।यसरि यहाँ डल्फिन ,घडियाल गोहिले स्वच्छ पानीमा बस्ने हुँदा स्थानीय स्तर बाट यसको सरक्षण गर्न जरुरी रहेको ,स्थानीयहरुलाइ सचेतना जगाउनु बताए ।
यहाँ आउने आन्तरिक तथा बाहय पर्यटकलाई बस्नको लागि बास , खाजाको लागि खाजाघर निर्माण गर्न सके अझै सहज हुने बताए ।

यी साहयक नदिहरुमा शुद्व पानीमा पाउने भएकाले डल्फिनले प्रजनन केन्द्र रुपमा पनि यी नदिहरुलाइ रोज्ने गरेको ढुंगानाले बताए ।बर्ष भरिमा कुनै चहलपहल नहुने ढुंगाना टोल बैदिमा बर्षातको समयमा मनसुन सुरु भय पछि डल्फिन देखिन थाले पछि यहाँ डल्फिन अवलोकनका लागि आन्तरिक पर्यटन तथा विदेश पर्यटनहरु डल्फिन सङ्ग रमाउन आउने गर्छन् र कैलालीमा यी चार वटा नदिको सङ्गम जहाँ डल्फिनलाई नाङ्गो आखाँले अत्यन्त नजिकबाट डल्फिन अवलोकन गर्न पाइन्छ ।

डल्फिन सरक्षणका लागि हरेक बर्ष जस्तै यश बर्ष पनि विभिन्न कार्यक्रम गरियको डल्फिन सरक्षणकर्मी बिजय राज श्रेष्ठले भने डल्फिन संरक्षण सचेतना कार्यक्रम जन सचेतना, हाेर्डिङ्ग वाेर्ड , पाेष्टर , पम्पलेट र हार्डवाेर्ड प्रकाशन तथा वितरण कर्णाली नदी तटिय स्थानिय जन प्रतिनिधि , समुदाय , सरोकारवाला निकाय ,वन कर्मचारि , सामुदायिक वनका पदाधिकारि उपभोक्ताज्युहरुलाई लक्षित गरि सचेतना कार्यक्रम संचालन गरियाे ।राष्ट्रिय स्तरमा डल्फिन संरक्षणकाे लागि निजि कम्पनि क्षेत्रमा सम्पर्क समन्वय तथा सहकार्यकाे लागि प्रयास भयाे ।

अरु समयमा कहिले आखाँ नपर्ने बर्षातको सबैको आँखा यो ढुङ्गाना टोलमा पुग्ने गरेको भए पनि जुन रुपमा बिकास हुनु पर्ने थियो त्यो रुपमा बिकाश हुन सकेको छैन । विभिन्न सघ सस्थाहरुले जनचेतनाका कार्यक्रम बाहेक दिगो रुपमा कार्यक्रम नभएको बिजय राज श्रेष्ठले बताए ।

डिभिजन बन कार्यलय पहलमानपुरका प्रमुख डिभिजनल वरिष्ठ वन अधिकृत रामचन्द्र कडेलले भने हामी डिभिजन वन कार्यलय सरक्षणमा आफ्नो बजेट कमि हुदा पनि विभिन्न सघं सस्थाहरु सङ्ग हालेमालो गर्दै जैबिक बिबिधता सरक्षण , ताल तलैयाहरुको सरक्षण , मिचाहा प्रजाती हटाउने , जलचर तथा चराचुरुङ्गीहरुको सरक्षण , वन्यजन्तुको सरक्षण , मावन वन्यजन्तु बिछ द्वन्द्व न्यूनीकरण , जलवायु परिवर्तनको अनुकुलनका कामहरु गर्दै आयका छौ , उनले डल्फिन सरक्षण ,ओत सरक्षणका लागि नियमित अनुगमन , अनुसन्धान , सरक्षणका लागि चोरी सिकारी नियन्त्रण , जनचेतना मुलक काम गर्दै आयको बताए ।

सुदूरपश्चिम प्रदेश सरकारले यो पटक बजेट हालेको छ ।
पर्यटन कार्यक्रम कार्यन्वयन इकाइले यश क्षेत्रलाई बिकासका लागि केही कार्यक्रम गर्ने यहाँ डल्फिन सरक्षण तथा प्रचारप्रसार गर्न अघिल्लो बर्ष जस्तै यो बर्ष पनि ५ लाख रुपैया बिनियोजित गरेको छ। डल्फिन ,घडियाल , मगरगोही अवलोकन गर्न आउने पर्यटकका लागि आवासिय घर , होमस्टे सन्चालनका काम गरिने इकाइका निमित प्रमुख डबल बोहराले जानकारी दिए ।

ताजा खबर

Highest Possible Payment Online Gambling Enterprises: A Comprehensive Overview

Online Casino Ideal Payouts: Your Guide to Winning Large

The Ultimate Guide to Casino Slot Tournaments for Players

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

भाेलि आइतबार टीकापुर नगरपालिकाका सबै सेवा बन्द हुने

टीकापुर/भाेली आइतबार टीकापुर नगरपालिकाका सबै सेवा बन्द हुने भएको छ । टीकापुर नगर कार्यपालिकाकाे शनिबार वसेकाे आकस्मिक बैठकले टीकापुर नगरपालिका वाडा नं. ४ का वडा

अझै पढ्नुहोस्