टीकापुर ५ मा नागरिक उन्मुक्ति पार्टीको प्रथम वडा भेला सम्पन्न

शेयेर गर्नुहोस

टीकापुर/नागरिक उन्मुक्ति पार्टीको प्रथम वडा भेला तथा वडा समिति गठन गरिएको छ ।
मंगलबार कैलालीको टीकापुर नगरपालिका वडा नं. ५ मनिकापुरमा नागरिक उन्मुक्ति पार्टीकाे प्रथम वडा भेला तथा वडा समिति गठन कार्य सुरु गरिएको हाे ।

केन्द्रीय सदस्य वलविर थारुकाे अध्यक्षतामा भएको वडा भेला तथा वडा कमिटी गठन कार्यक्रममा केन्द्रीय सदस्य दामोदर पन्डित, केन्द्रीय सदस्य रामलाल डगाैरा थारु, केन्द्रीय सदस्य लक्ष्मण किशाेर चाैधरी, केन्द्रीय सदस्य रमेश वि.क. लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियाे ।

फूलराम चौधरीकाे संयाेजकत्वमा ५१ सदस्यीय वडा समिति गठन भएको छ । जसकाे सह- संयाेजकमा नरैना चाैधरी, काेषाध्यक्षमा उषा कुमारी चाैधरी, सचिवमा नेत्र चाैधरी र सह-सचिवमा मायाराम चाैधरी चयन हुनुभएको छ । कार्यक्रम संचालन केन्द्रीय सदस्य लालविर चाैधरीले गर्नुभएको थियाे ।

माननीय रेशमलाल चाैधरीकाे धर्मपत्नी रन्जिता श्रेष्ठ चाैधरीकाे नेतृत्वमा नयाँ दल दर्ता भए संगै कैलाली लगायतका विभिन्न जिल्लामा नागरिक उन्मुक्ति पार्टीको तिव्ररुपमा संगठन विस्तार भइरहेको छ । पछिल्लो पटक नागरिक उन्मुक्ति पार्टी दर्ता भए संगै कैलाली लगायतका धेरै जसाे जिल्लामा बेग्लै किसिमको राजनीतिक तरंग फैलिएको बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Betnjet Speelautomaten Strategieën voor Gewinnaars

Spelen Bij Duckysino Voor Plezier En Echt Geld

Příležitosti investic thor-fortune.co.cz v oblasti moderních technologií a inovací

Jocul responsabil cu the-nvcasinos-romania1.com oferă siguranță și divertisment garantat

Essentiële ontwikkelingen in de sector bereiken nieuwe hoogten met spinorhinos-netherlands.nl

सम्बन्धितखवर

छुटाउनु भयो कि !

शिक्षा/स्वास्थ्य

जन जागृती मा.वि.काे ३६ औ वार्षिकोत्सब कार्यक्रम सम्पन्न

टीकापुर/टीकापुर -२ स्थित जनजागृती माध्यमिक विद्यालयकाे बार्शिककोत्सब तथा अभिभाबक दिवश कार्यक्रम सम्पन्न भएको छ । आइतबार विद्यालयकाे ३६ ओै बार्शिककोत्सब तथा अभिभाबक दिवश कार्यक्रम सम्पन्न

अझै पढ्नुहोस्
समाचार

विपद् रोकथामका लागि चुरे संरक्षण आवश्यक : प्रदेश प्रमुख मियाँ

लम्की/सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले चुरे क्षेत्रको संरक्षण नगरी विपद् नियन्त्रण असम्भव हुने स्पष्ट पारेका छन्। ११औँ चुरे संरक्षण दिवसको अवसरमा सोमबार कैलालीको लम्कीचुहा

अझै पढ्नुहोस्