टीकापुर नगरपालिकाले जंगली जनावरको आतंक राेक्न गर्याे सराेकारवालाकाे बैठक

शेयेर गर्नुहोस


टीकापुर/ टीकापुर क्षेत्रमा जंगली जनावरले आतंक मच्चाउन थालेकाे भन्दै टीकापुर नगरपालिकाले सराेकारवालाकाे बैठक गरेकाे छ । बुधबार टीकापुर नगरपालिकाले जंगली जनावरको आतंक राेक्न सराेकारवालाकाे बैठक गरेको हाे ।


का.वा. नगर प्रमुख लालविर चाैधरीकाे अध्यक्षतामा बसेकाे बैठकमा डिभिजन वन कार्यालय पहलवानपुरका डिभिजन वन अधिकृत राम विचारी ठाकुर, इलाका प्रशासन प्रमुख भुमेश्वर पाेख्रेल, इलाका प्रहरी प्रमुख विश्वराज अधिकारी, प्रमुख प्रशासकीय अधिकृत दमनसिं चाैधरी, सव डिभिजन वन कार्यालय प्रमुख भिष्मराज ओझा, वडा अध्यक्ष, पत्रकार लगायतको उपस्थिति रहेकोे थियाे ।


टीकापुर नगरपालिका वडा नम्बर १ ब्लक नं. १८ का कोकिला दमाईका २ र शेरबहादुर कुँवरका एक बाख्रा मारिएका छन । कुँवरको एक बाख्रा घाईते भएको छ भने गएराति नै टीकापुर नगरपालिका वडा नं. २ राजीपुरका डिग्रा परियार र नरपता थापाका एकएक बाख्रा समेत घाईते भएका छन । 
आइतवार राति टीकापुर नगरपालिका वडा नम्बर १ ब्लक नं. १७ का बिजुसिँह बिट र दुर्गा परियारका खोरमा बाँधेका छ वटा बाख्रा मारेको थियो । प्रहरीका अनुसार उनीहरुका तीनतीन वटा बाख्रा मारिएका थिए । सोही राति टीकापुर नगरपालिका वडा नम्बर ८ सूर्यपुरमा समेत राजु ओलीका १ बाख्रा मृत र १ बाख्रा घाईते अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ । 
त्यस्तै सोमवार राति टीकापुर नगरपालिका वडा नम्बर १ ब्लक नं. बी स्थित विक्की विकको खोरमा रहेका दुईवटा बाख्रा मारिएका थिए । विकको घर बजार क्षेत्रबाट नजिकै रहेको छ । 
स्थानीयका अनुसार नजिकैको जंगलबाट आउने बाघले बाख्रा मार्न थालेको छ ।
सराेकारवाला संगकाे बैठकले जंगली जनावरको आंतकबाट बच्न स्थानीयलाई सजकता अपनाउन माइकिङ गर्ने, जंगली जनावरकाे आतंक न्युनिकरण, खाेज तथा उद्वारका लागि वन डिभिजन कार्यालय पहलमानपुरलाइ अनुराेध गर्ने र जंगली जनावरको आक्रमणबाट भएको क्षतिकाे राहतकाे लागि सम्बन्धित निकायलाई अनुरोध गर्ने निर्णय गरेकाे छ ।

ताजा खबर

The Ultimate Guide to 100 rs Deposit Casino: Everything You Need to Know

Polska ruletka online: wszystko, co musisz wiedzieć

Die effektivsten Online-Casino-Dienste: Ein umfassender Leitfaden zur Selektion der perfekten System

The Ultimate Guide to Online Roulette Casinos

Cascaderende winsten op de speelautomat

Cassinos que Aceitam Pix: Tudo o Que Você Precisa Saber

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

सिमा संचार कर्मी समुहकाे सिमानामा दशै मिलन तथा भेटघाट कार्यक्रम

टीकापुर/ सिमा संचार कर्मी समूह कैलालीले सिमा क्षेत्रमा दशै मिलन तथा भेटघाट कार्यक्रम गरेकाे छ । सिमा संचार कर्मी समुहका अध्यक्ष तथा यश सत्ती कर्णाली

अझै पढ्नुहोस्
समाचार

बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र : घोषणा मात्रै कि संरक्षण पनि ?

धनगढी/सुदूरपश्चिम प्रदेश सरकारले बाजुराको बडीमालिका र अछामको रामारोशन क्षेत्रलाई समेटेर बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा गरेको छ । वन संरक्षण क्षेत्र घोषणासँगै प्रदेशमा संरक्षण क्षेत्रको

अझै पढ्नुहोस्
राजनीति

नयाँ गठबन्धनलाई समर्थन गर्ने नागरिक उन्मुक्ति पार्टीको निर्णय

टीकापुर/नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशमा नयाँ गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको छ । नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठको अध्यक्षमा बुधबार टीकापुरमा बसेको संस्थापक केन्द्रीय

अझै पढ्नुहोस्