चराहरुको रोजाइमा पर्दै नकरोड ताल

शेयेर गर्नुहोस

जमुना न्युरे,सुखड/कैलाली जिल्लाको मध्यवर्ती क्षेत्रमा रहेको नेपालको पहिलो पन्क्षी अभय – आरण्या क्षेत्र ( बर्ड सेन्चुरी) घोषणा भयको घोडाघोडी ताल क्षेत्रमा रहेको साहयक ताल नकरोड ताल चराहरुको रोजाइमा पर्न थालेको छ ।

घोडाघोडी ताल पछिको दोस्रो ठूलो ताल हो नकरोड ताल जहाँ चराहरुले आफ्नो आहारबिहार तथा प्रजन्न केन्द्र समेत बनायको छ । तालमा तीन तिरबाट जङ्गल घेरियको छ भने एक तिर मानव बस्ती रहेको छ । घोडाघोडी नगरपालिका वडा १र ८ को सिमाना रहेको यो तालमा विभिन्न प्रकारका पानीहाँस ,जलपन्क्षी , स्थलपन्क्षी , बन्यजन्तु पनि पाइन्छन ।

सन २०१२ मा पहिलो पटक नादुन हासले ,२०१४मा बगाले सिमकुखुरा प्रजन्न गरि बच्चा कोरलेको चरा बिद दयाराम चौधरी बताए ।यो तालमा चोरी सिकारी संगै मानबिय क्रियाकलाप रोक्न सकियमा चरालाइ चाहिने शान्त वातावरण रहेकोले चराहरुले आफ्नो रोजाइमा नकरोड ताल पर्ने गरेको छ । अहिले चरा सङै अन्य जिवजन्तु पनि मानिसहरुको क्रियाकलापले तालमा माछा मार्ने , चोरीपैठारी , बन अतिक्रमणले तालहरु बिनास हुँदै गएका छन् ।

तीन तिर बाट जङ्गल ढाकियको छ जहाँ गाडी तथा अन्य मानवीय क्रियाकलाप कम हुने भयकाले चराहरुलाइ शान्त बाताबरणले आहारबिहार गर्ने गरेको स्थानीय राम बहादुर चौधरी बताए ।

घोडाघोडी ताल क्षेत्रमा बुढिया नकरोड , नकरोड , रामफल , ओझुवा ,बुकुवा , बैसहुवा , बिचका चटिया , सोनपोखरी , खौरहुवा , सेमरहुवा , चन्द्रंबिजुवा , बुकुवा , चटिया ,पुर्वक ओझुवा , टेङ्नुहुवा , टेडि ,पर्सिहिनिया , पुरैना , बन्द्रहुवा ,भुन्कलिया, देउकलिया , रमट्लिया , टिन चटिया ,लगायतका तालहरु घोडाघोडी तालका साह्ययक तालहरु रहेका छन् । घोडाघोडी ताल पछि नकरोड ताललाइ चराहरुले रुचायको पाइन्छ जहाँ चराहरु आहार बिहार तथा प्रजन्न समेत गरेको चरा बिद चौधरीले बताए ।

नकरोड तालमा अहिले आगन्तुक चराहरुको चहलपहल बढेको छ ।तालमा Redcrested pochard सुनजुरे हास , Gadwall खडखडे हास , feroginous duck मालक हास , northern shoveler बेल्चाठुडे हास , tufted duck कालिजुरे हास ,common pochrd कैलोटाउके हास , common coot मरुल ,asian openbill घुँगिफोर गरुड , mallard हरियो टाउके हास , eurasion wigeon सिंदुरे हास लगायतका चराहरु देखिएका छन् ।

घोडाघोडी ताल सङै रहेका साहयक तालहरुलाइ कुनै ताल स्थानीय बिधालय , सामुदायिक बन , सघं सस्थाहरु ले आफ्नो तरिकाले ब्यबासायिक माछा पालन गरेको पाइन्छ जुन माछा निकाल्दा ताल पुरै सुकाइन्छ र ताल गौचरनमा परिणत गरेर तालको अस्थित्व नै हराउन थालेको स्थानीय प्रकाश बहादुर चौधरीले बताए

ताजा खबर

अटोको ठक्करबाट १४ वर्षीय बालकको मृत्यु

Comprehending ESA Support Letters: A Comprehensive Overview

Ideale Casinos, die Neteller Zahlungen akzeptieren

Play Roulette High Roller Online: A Comprehensive Guide

Roletinha Ganha Dinheiro: Tudo o Que Você Precisa Saber

The Ultimate Guide to 5$ Minimum Deposit Casinos

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

श्रमजीवी पत्रकार ऐन कार्यान्वयनमा सरकार उदासिन भएको आरोप

कान्तिपुरमा देखिएको श्रम समस्याका बारेमा जारी संघर्षको कार्यक्रम अन्तर्गत आज मिति २०८० मंसिर १० गते नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयमा श्रमजीवी पत्रकार ऐन कार्यान्वयनका लागि

अझै पढ्नुहोस्
समाचार

घोडाघोडी नगरपालिका समग्र बिकासका लागि २० करोड योजना ल्याएको छु मुख्यमन्त्री शाह

सुखड/कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा १ मा रहेको एक कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले भने घोडाघोडी नगरपालिका समग्र बिकासका लागि २० करोड

अझै पढ्नुहोस्