घोडाघोडीका ताल परिसरमा वृक्षारोपण

शेयेर गर्नुहोस

जमुना न्युरे,डिभिजन वन कार्यालय पहलमानपुरले घोडाघोडी नगरपालिकाको ताल परिसरमा वृक्षारोपण गरेको छ । कार्यालयले घोडाघोडी ताल र वडा न २ मा रहेको चिडिया ताल परिसरमा वृक्षारोपण गरेको हो ।

डिभिजन वन कार्यालय पहलमानपुरको आ.व. २०७८।०७९ को स्वीकृत कार्यक्रम अनुसार ट्रि गार्ड सहित एक सय वर र पिपलको बिरुवा वृक्षारोपण गरिएको डिभिजन वन कार्यालय पहलमानपुरका डिभिजनल बन अधिकृत गोकुल रिजालले बताए ।
रिजालले यो कार्यले पर्यावरणको स्वच्छता र पर्यापर्यटकिय क्षेत्रको सौन्दर्यतामा अभिवृद्धि हुनुका साथै चराहरुको बासस्थानमा समेत सुधार हुने बिश्वास ब्यक्त गरे ।

प्रदेश सरकारबाट विनियोजित रु. २ लाख बजेटमा फलामे ट्रि गार्ड सहित विरुवा खरिद गरी वन कर्मचारी, स्थानीय जनप्रतिनिधि र सा.व.उ.स. का पदाधिकारीहरु समेतको सहभागितामा वृक्षारोपण गरिएको सब डिभिजन वन कार्यालय साडेपानिका प्रमुख गौचरण चौधरीले जानकारी दिए ।
घोडाघोडी नगरपालिका वडा नं ४ का वडा अध्यक्ष भरत बहादुर शाहि, सुन्दर सामुदायिक बन समितिका पदाधिकारी, सब डिभिजन बन कार्यालय सुखड कर्मचारी समेतले घोडाघोडी ताल क्षेत्रको पैदल मार्ग वरपर ५० वटा विरुवा रोपेका थिए ।

त्यस्तै साडेपानी स्थित चिडिया ताल परिसरमा पूर्व–पश्चिम राजमार्ग देखी तालको पैदल मार्ग वरपर वडा नं २ का वडा अध्यक्ष लक्ष्मि प्रसाद चौधरी, चिडिया ताल सामुदायिक बन उपभोक्ता समितिका पदाधिकारी र वन कर्मचारीको उपस्थितीमा ५० वटा वर र पिपल रोपिएको थियो ।
उक्त रोपिएका विरुवाहरुको नियमित रेखदेख र गोडमेलको व्यवस्था स्थानीय सुन्दर सामुदायिक बन र चिडिया ताल सामुदायिक बनले गर्ने बसन्ता वन संरक्षण क्षेत्र कार्यक्रमका ग्रामीण सहजकर्ता ज्ञानु चौधरीले जानकारी दिए ।

वर र पिपललाई चराको खानाको लागि निकै उपयुक्त मानिन्छ । गत फागुन २७ गते मात्रै घोडाघोडी ताल र आसपासको क्षेत्रलाई समेटी घोडाघोडीलाई नेपालकै पहिलो पंक्षी अभयारण्य क्षेत्र (द्यष्चम क्बलअतगबचथ० घोषणा गरिएको छ । पंक्षीको वासस्थान संरक्षणमा विशेष प्राथमिकता दिई पंक्षी अवलोकन तथा पर्या पर्यटन विकासको लागि डिभिजन वन कार्यालयले गरेको वृक्षारोपणले द्यष्चम क्बलअतगबचथ को समग्र उद्देश्यमा टेवा पुर्याउने चरा संरक्षण नेटवर्क कैलालीका अध्यक्ष दयाराम चौधरीले बताए ।

पिपल र वर हिन्दु धर्मावलम्बीहरुले विशेष आस्थाका साथ पुजाआजा गर्ने चलन रहेको छ । पिपल वातावरणीय दृष्टिकोणले पनि अत्यन्तै महत्वपूर्ण मानिन्छ । पिपलको वृक्षले सबैभन्दा बढी अक्सिजनको उत्पादन गर्छ जसले गर्दा वायुमण्डलमा रहेको कार्बनको धेरै मात्रामा संश्लेषण गरी जलवायु परिवर्तनको असर न्यूनिकरणमा महत्वपूर्ण भूमिका रहने सहायक वन अधिकृत विश्वराज पण्डितले बताए ।

ताजा खबर

The Best Online Roulette: A Comprehensive Guide

Como Jogar Roleta Francesa: Guia Completo

Understanding ESA Letters in Missouri: A Comprehensive Guide

Jogar Roleta Online Brasil: Tudo o Que Você Precisa Saber

The Ultimate Guide to Live American Roulette Free

सम्बन्धितखवर

छुटाउनु भयो कि !