घोडाघोडी नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा

शेयेर गर्नुहोस

सुखड । कैलालीको घोडाघोडी नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । ‘स्थानीय स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरीएको हो । नगरप्रमुख खडक बहादुर रावतले नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका एवं दिगोपना घोषणा गर्नुभएको हो ।

समयमै १५ देखि २३ महिनासम्मका बालबालिकालाई सबै खोप लगाउन पालिकाले गरेको कार्यले आज पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरीएको नगरपालिको जनाएको छ । राष्ट्रिय खोप तालिका अनुसार नगरका १२ ओटै वडाका खोप लगाउने उमेर समूहका बालबालिकाले खोप लगाएको सुनिश्चित गरिएपछि पूर्ण खोपयुक्त सुनिश्चित पालिका घोषणा गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कैलाश कुमार रावतले बताए ।

नगरपालिका स्थित सरोकारवाला निकायको उपस्थिति रहेको कार्यक्रममा खोपको महत्त्वका विषयमा जानकारी दिइएको थियो । कार्यक्रममा पूर्ण खोप कार्यक्रममा सघाउने स्वास्थ्य प्रमुख, कर्मचारी, खोप कार्यकर्तालाई प्रमाणपत्रसहित सम्मान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Gokkasten: LuckyStart, De Toevallige Kansen van het Casino Slotmachine Spel

Keunggulan strategi bermain cerdas dengan pragmatic play untuk hasil maksimal dan konsisten

Botlhale go bona dikgakololo tse di ntšha ka pragmatic play le maano a a tlhokomelang batho ka go felela

Vincere con Eurogold è una scelta difficile

Detailed analysis unveils exciting potential within pragmatic play game development today

Possíveis cenários para investimentos com kalshi e as novas tendências do setor financeiro

सम्बन्धितखवर

छुटाउनु भयो कि !