गर्न सकिने कामको मात्रै वाचा” गर्ने शैलीले मनु तर्फ मतदाताको लहर बढ्दै

शेयेर गर्नुहोस


धनगढी/कैलाली क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका उम्मेदवार नर नारायण शाह ‘मनु’ तर्फ मतदाताको लहर बढ्दै गएको छ ।

चुनावी अभियान तीव्र बन्दै जाँदा गाउँ–टोलमा मतदाताको उत्साह मनु तर्फ उल्लेखनीय रूपमा बढ्दै गएको हो । “गर्न सकिने कामको मात्रै वाचा” गर्ने शैलीका कारण मनु प्रति मतदाताको विश्वास बढ्दै गएको मतदाताहरुको भनाई छ । स्थानीय मतदाता रामप्रसाद चौधरी भन्छन्, “हामीलाई ठूला–ठूला सपना होईन, सम्भव काम चाहिएको छ । मनुजीले जे बोल्नुहुन्छ, त्यही अनुसार काम गर्ने विश्वास दिलाउनु भएको छ । त्यसैले हामी उत्साहित छौं ।”


चुनावी अभियान अन्तर्गत टोल–टोलमा घरदैलो, कोणसभा र अन्तरक्रियाहरू भईरहेका छन् । यस्ता कार्यक्रमहरुमा मनु तर्फ मतदातामा उत्साह समेत देखिएको छ । झुटा आश्वासन नदिने, यथार्थ परक योजना मात्रै सार्वजनिक गर्ने र कार्यान्वयनमा जोड दिने प्रतिबद्धताले उनलाई रुचाउने मतदाता बढेका हुन् । स्थानीय मतदाता प्रेम चौधरी भन्छन्, “हामीलाई आकाशे सपना होईन, सम्भव काम चाहिएको छ । मनुजीले जे सम्भव छ त्यही मात्र भन्नुहुन्छ । त्यसैले यसपटक हाम्रो मत उहाँलाई नै हुन्छ ।”

जेन्जी र युवाहरु पनि नर नारायण शाह मनुको पक्षमा खुल्दै गएका छन् । उनले युवाका लागि विशेष कार्यक्रम अघि सार्दै ‘जेन्जीको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन् । सीपमूलक तालिम, रोजगारी सिर्जना, खेलकुद पूर्वाधार र डिजिटल अवसर विस्तार जस्ता एजेन्डाले युवाहरू उत्साहित बनेका छन् । स्थानीय युवा दीपक जोशी भन्छन्, “हामीलाई रोजगारी, पूर्वाधार र अवसर चाहिएको छ । मनु दाईले युवामुखी योजना अघि सार्नु भएको छ । त्यसैले युवाहरु उत्साहित छन् ।” अर्का युवा पुक्ष्कर बिष्ट भन्छ्न, “हामीलाई काम र अवसर चाहिएको छ । मनु दाईले युवामैत्री कार्यक्रम ल्याउने भन्नुभएको छ । त्यसैले हामी उहाँको साथमा छौं ।”


राजनीतिसँगै शिक्षा, खेलकुद तथा सामाजिक क्षेत्रमा लामो समयदेखि दिएको योगदानले पनि मतदातालाई प्रभावित पारेको छ । स्थानीयहरूका अनुसार, निरन्तर समाजसेवा र सक्रिय सहभागिताले मनुलाई भरोसायोग्य उम्मेदवारका रूपमा स्थापित गरेको छ । उनको स्वच्छ छवि र स्वभावले पनि मतदातालाई आकर्षित गरेको स्थानीयहरु बताउँछन् । “उहाँको व्यवहार सरल छ, कसैसँग विवाद छैन । अहिलेसम्म कुनै दाग नलागेको व्यक्ति हुनुहुन्छ । मतदाता सरस्वती भट्ट भन्छिन्, “यस्तो प्रतिनिधि पाए क्षेत्रको विकासमा टेवा पुग्छ भन्ने हाम्रो विश्वास हो ।”


चुनावी गतिविधिहरुमा बढ्दो सहभागिता र घरदैलो अभियानमा देखिएको सक्रियताले पनि उनको पक्षमा माहोल बलियो बन्दै गएको समर्थकहरूको दाबी छ । अभियानका क्रममा अधिकांश मतदाताले समर्थन जनाउँदै मत दिने प्रतिबद्धता व्यक्त गरिरहेको उनको चुनावी टोलीको दाबी छ । समग्रमा, स्वच्छ छवि, शालीन व्यवहार, यथार्थपरक प्रतिबद्धताकै आधारमा मनुलाई जिताएर क्षेत्रको विकासमा नयाँ गति दिने मनसाय मतदातामा देखिएको छ ।

ताजा खबर

Entdecken Sie die spannende Globus der Echtcash Online-Glücksspiel-Etablissements

How to File a Complaint at Royalen

Remarkable journeys from beginners to pros with arionplay casino await

CrownPokies Slot Strategie: Volatilität vs RTP

Lopportunité unique et mojabet, un pari sportif innovant pour les amateurs de sensations fortes

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

राजमार्गमा वन्यजन्तु मैत्री संरचनाको माग

कैलाली, भदौ २४/वन जंगल तथा करिडोरहरुमा विकासे योजना गर्दा वन्यजन्तु मैत्री पूर्वाधार बनाउनु पर्नेमा सरोकारवालाले जोड दिएका छन् । अब चौडाइ हुने पूर्व–पश्चिम राजमार्गमा वन्यजन्तु

अझै पढ्नुहोस्
समाचार

घोडाघोडीको बुट्का बाबा मन्दिरमा यो वर्ष पनि माघी सङ्क्रान्ति तीर्थ मेला हुने

 कैलालीको पुरानो धार्मिक क्षेत्र घोडाघोडी नगरपालिका–७ कृतिपुरमा रहेको बुट्का बाबा मन्दिरमा यो वर्ष पनि माघी सङ्क्रान्ति तीर्थ मेला लाग्ने भएको छ । “भाषा,धर्म,संस्कृति तथा पर्यटन

अझै पढ्नुहोस्