TRENDING
Detailed insights into allwins casino reveal a secure platform with diverse games for UK players
Top Mobile Gambling Establishment: Experience the Thrills of Gaming on the move
Innovative Strategien mit morospin online entwickeln und langfristigen Erfolg im Glücksspiel sichern
Spinathlon Bonus – Loyalty rewards and special promotions in the online casino
SpinFest Casino im Test: Spiele, Boni und Zahlungen
Next
Prev

खुल्ला आकाशमा भविष्य खोज्दै

शेयेर गर्नुहोस


जमुना न्युरे,सुर्खेत /असार साउनको भेल होस यात पुष माघको कठ्याङ्गीदो जाडोमा स –साना बालबालिका खालि खुट्टा शरीरमा एक सरो पातलो लाज ढाक्ने कपडामा खुल्ला आकाशमा आफ्नो भविष्य खोज्न बाध्य रहेका छन् । सुर्खेत जिल्लाको विरेन्द्रनगर नगरपालिका वडा न २ गिरीघाट खोलाको छेउ र कर्णालि राजमार्गको छेउमा रहेको बाढी पिडित बस्तीमा रहेका बालबालिकाहरु आफ्नो भविष्य खुल्ला आकाशमा खोजिरहेका छन् । गाँउ एक दशक देखि जुम्ला राजमार्ग छेउ गाउँ गाउँमा सिहदबार भने पनि कर्णालि प्रदेशको राजधानी विरेन्द्रनगर देखी नौ किलोमिटरको दुरीमा रहेको गिरिघाटखोलामा रहेको बाढी पिडीत बस्तीमा एक दशक पुग्दापनि घरछाप्राका त्रीपाल र खर फेरिएका छैन , । २०७१ साल साउनको २८ गते राती साविकको हरिहरपुर गा वि स वडा न ५ हालको बराहताल गाँउ पालिका वडा न २ सिस्नेरीमा भेरी नदीमा आएको बाढी गाँउमा पस्दा त्यहाँको दलित बस्ती बाढी पिडिति बन्न पुगेको हो ।

त्यहि बस्तीका ११ बर्षीय असोक वि क एक घण्टा जङ्गलको बाटो हिडेर उनी रानिघाट भेरी माध्यामीक विधालयमा कक्षा ६ मा पढ्न जान्छन्। गिरीघाट खोलामा विगत एक दशक देखी एउटा त्रिपालले छाएको बस्ती भेटिन्छ । हावा ,पानी घाम थेक्दा थेक्दै त्रिपाल पनि थाके तर त्रिपालको डोरी समाउनेहरु भने अझै थाकेका छैनन् । त्यो बस्तीलाई कर्णाली प्रदेशको राजधानी देखी ९ किलोमिटर दुरीमा रहेको गिरिघाट खोला किनारमा रहेको जङ्गलमा कर्णालि राजमार्गले गिजाइ रहेको छ ।


२०७१ सालमा भेरी नदीमा आएको बाढीले सिस्नेरीमा पसेको बाढीले गाँउमा रहेको घरबास सगैं खेतबारी बगाए पछि त्यो बस्तीको उठीबास भएर ज्यान .जोगाउनका लागी जङ्गलमा बस्नु पर्ने बाध्यता भएको बाढीपिडित गिता सुनार भन्छीन् ।

त्यस्तै बाढीपिडित बस्तीमा जन्मीएका ८बर्षीय गोपाल सुनार खोला पारि रहेको नेपाल राष्ट्रीय प्राथमीक विधालय धनौलिपुर ,सिस्नेरी सुर्खेत मा कक्षा ३मा पढ्ने गर्छन् । उनले सुगम स्थानका विधालय जस्तो सुविधा पाएका छैन् । कक्षा ५ सम्म पढाई हुने विधालयमा न त शिक्षक पर्याप्त छन् नत शैक्षिक सामाग्री नै छन् । जस्ता पाताको छानो रहेको छ भने भिता पनि जस्ता पाताकै रहेकाले गर्मिको समयमा पोल्ने र चिसोमा बढी जाडो हुने गरेको सुनारले बताउँछन् ।


यता शिविरमा बस्दा सानो छाप्रोको घर हुदा महिला तथा बालबालिकाहरु समस्या छुट्टै रहेका छन् , यहाँ गाँस ,बाँस,कपास शिक्षा ,स्वास्थ्य जस्ता आधारभुत आवश्यकता मौलिक हकमा राखिएको तर त्यो शिविरमा विकासको पुर्वाधार केहि पुगेको छैन् । राजमार्गको छेउ साना छाप्रा छन खुल्ला ठाउँ रहेकाले यहाँ बालबालिका र महिलाहरु असुरक्षि महसुश गरेका छन् । एक दशक देखी गिरिघाट सिबिरमा बस्दै आएका रुपलाल सुनार त्यो बस्तीलाई कर्णाली प्रदेशको राजधानी देखी ९ किलोमिटर दुरीमा रहेको गिरिघाट खोला किनारमा रहेको जङ्गलमा कर्णालि राजमार्गले गिजाइ रहेको छ त्यो बस्तीमा आजभोलि युवाहरु देखीदैनन् ।

त्यो रात रुपलालको मानस्पटलमा अझै ताजै छ उनले त्यो रात बाढी मात्र देखेनन् बाढीले बर्षदिन खान पुग्ने खेती योग्य जमिन बाढीले बगाए पछि आजभालि तेही बस्तीमा सानो खोकामा चाउचाउ ,विस्कुट , भुजा , लुगाधुने सोडा जस्ता सामान बाटोमा हिड्ने बटुवाले किनिदेला कि भनेर खोकामा गा्रहक कुरिरहेका हुन्छन् । २०७१ सालमा भेरी नदीमा आएको बाढीले सिस्नेरीमा पसेको बाढीले गाँउमा रहेको घरबास सगंै खेतबारी बगाए पछि त्यो बस्तीको उठीबास भएर ज्यान जोगाउनका लागी जङ्गलमा बस्नु पर्ने बाध्यता भएको बाढीपिडित गिता सुनार भन्छीन् ।


५८ बर्षिय शेर बहादुर कामीको १० कठा जमिन भेरी नदीमा आएको बाढी बगाए पछि अहिले उनको ४ जनाको परिवार पाल्न उनी रोजगारका लागी विरेन्द्रनगर बजारमा पुग्नु उनको बाध्यता रहेको छ । उमेर ढल्कीदै गए पनि उनी ज्याला मजदुरी गर्न नगए चुल्होमा आगो बल्दैन , छोराछोरी साना छन। उनको श्रीमती दिर्घ रोगी छन् त्यो भएर शेर बहादुर सकी नसकी ज्याला मजदुर गर्न बाध्य रहेका छन् ।


त्यही बस्तीमा रहेकी ३० बर्षीय गिता वि क त्यो रात विर्सीन सकेकी छैन किनकी उनले आफ्नो बर्ष भरी खान पुग्ने खेतबारी सगैं आफुलाइ माया गर्ने बज्यैलाइ गुमाएकी छीन् त्यो बाढीमा । अहिले सा साना छोराछोरी लिएर शिविरमै बस्छीन् ,उनले श्रीमानलाइ ज्यालामजदुरीका लागी भारत पठाएकी छिन् ।

शिविरमा विकासको पुर्वाधार केहि पुगेको छैन् । राजमार्गको छेउ साना छाप्रा छन खुल्ला ठाउँ रहेकाले यहाँ बालबालिका र महिलाहरु असुरक्षि महशुस गरेका छन्। बराहाताल गाउँ पालिका वडा २ अध्यक्ष भिम बहादुर साउदँ बाढी पिडित व्यवस्थापनका लागी यो बर्ष एक करोड रुपैया छुट्याएको बताए , पनि क्षतिपुर्ती वाफत राज्यबाट राहत रकम बुझीसके पनि त्यो रकमले अन्यत्र जमिन किन्न सकिएन रकम खाना ,स्वास्थ्य , लगायतमै खर्च गरेर सकियो बताउछन बाढी पिडीत सघर्ष समिती अध्यक्ष सिजना बि क एक दशक देखी जङ्गलमा बसेका छन् । अहीले गिरिघाटमा ९५ घरपरिवार जङ्गलमै बस्न बाध्य भएका छन् ।

कैलाली जिल्लाको चुरे गाउँ पालिका वडा ४का पहिरो पिडित ४ बर्ष बितिसक्दा पनि अझै खुल्ला आकाशमा मुनि बस्दै आएका छन् । त्यस्तै कैलालि चुरे गाउँपालिका वडा ४,५ ६ मा आमपानी ,सिउती का पहिरो पिडितहरु कोही भिमदत राजमार्ग त कोहि चुरेको वडा ४ मा रहेको पनेरुगडा र टाँकगडामा पर्ने राष्ट्रीय वनमा शिवगङ्घा नदीको किनारमा अस्थायी घरटहरा निर्माण गरि बसेको करिब ४ बर्ष वितिसकेको छ ।


डिभिजन वन कार्यलयले कैलालिले बल प्रयोग गरी २०७९ जेठ को महिनामा अतीक्रमण जमिन खालि गरायको डिभिजन वन कार्यलय कैलालिका प्रमुख रामचन्द्र कडेलले बताउछन् ।
त्यो बस्ती वन कायलयले बल पुर्वक हटाय पनि पुन ं त्यही घरटहरा निमार्ण गरि बसेका छन् । वन कार्यलयले पटक पटक बल प्रयोग गरी हटाउदा पनि आफुह बस्ने बाश सुरक्षीत नभएकाले यस्तो जङ्गलमा बस्नुपर्ने बाध्यता रहेको सुनिता सार्कि बताउछीन् ।

चुरे गाउँपालिका पनेरु गडामा पहिरो पीडित बस्तीका केटाकेटी

गाउँपालिकाले केही समयको लागी भन्दै २४ /२५ घरहरुलाइ तेही पनेरुगडामा बस्न अर्को ब्यवस्था नहुनजेल सा –साना घरटहरा बनाइ बस्न दिएको थियो । बिस्तारै त्यो बस्ती दिन दुगुना रात चौगुनाले बढाउदै ४सय ५० घरटहरा पुगेकोसब डिभिजन वन कायलर्य खैरालाका प्रमुख मनोज ढकालले बताउछन् ।
यसरी वन कायलर्यले बल प्रयोग गरी हटाउदा त्यहाँको बिधालय पनि हटाय पछि अहिले विधालय छैन ् । वनले बल प्रयोग गरी हटाय पछि फेरी २५ घरटहरा निमार्ण गरी बसेका परिवारका बालबालिकाहरु बिधालय जानका लागी जङ्गलको बाटो करिब १ घण्टा ३० मिनेट हिडेर गौरिगंगा नगरपालिका वडा ३ को कुचैनिमा रहेको शिव नमुना आधारभुत विधालयमा जाने गरेको १३ बर्षीय रमेश कार्कीले बताउछन् ।


पनेरुगडामा सानो छाप्रोमा बसेका ६० बर्षीय ललित बहादुर कार्किले ६ जनाको परिवारलाई खानलगाउन पुग्ने खेत १० कट्ठा जमिन पहिरोले पुरियर आजभोलि जङ्गलको बास भएको छ साझ खाए बिहान के खाउ हुन्छ , कती दिन जङ्गलमा पाइने गिठा खाएर छाक टार्न बाध्य रहेको बताउछन् ।


चुरे गाउपालिका वडा ६ का पहिरो पिडित बिष्णु महराले वन कायलर्यले बल पुबर्क हटाउदा पालिकाले दिएको त्रीपाल सगैं सरसामान पनि लगीदिय पछि अहिले बर्षातको समयमा यस्तो जङ्गलमा बस्दा घरछाप्रा माथी रुख ढलेर च्यापिन्छ कि , बन्यजन्तुको ओहोरदोहोर गर्ने मार्ग भएकाले केहि घट्ना हुने हाकि भन्ने त्र्रासले राती निदाउन नसकिने पावर्ती सार्कि बताउछीन् ।
चुरे गाउँपालिका बाढी पिडित हरु एक सय १६ घर परिवार हाल पनि वन कार्यलयले पटक पटक उठाउदा पनि फकिएर त्यही ठाउँमा बसेको चुरे गाउँपालिका अध्यक्ष चक्र बोगटीले भने हामीले पुरानै ठाउ तथा चुरेमा व्यवस्थापन गर्छौ भनेको उहाँहरु फर्किन तेति मन गर्नु भएको छैन ।

बोगटीले भने स्थानियपालिका संग ती बाढीपिडीतको व्यबस्थापनका सामुदायीक वनको जमीन ,राष्ट्रिय वनको जमिन , सार्बजनिक जमिनमा राख्ने अधिकार छैन् । स्थानिय पालिकाले व्यबस्थापनको प्रदेश सरकार , भुमि आयोग सगं पटक पटक समन्वय , परामर्स गरिएको भए पनि यी बाढी पिडीतको व्यबस्थापन गर्न कतै बाट चासो देखीएको छैन बिष्टले भने ।
बाढीपिडितहरु आफै आफुहरुको व्यबस्थापन गरिदीन भन्दै मुख्यमन्त्री कार्यलय सम्म बिभिन्न सघर्षका कार्यक्रमहरु ३ दिन सम्म भोकभोकै आफुहरुको व्यबस्थापन लागी आन्दोलन समेत गरिएको चुरे बाढीपिडित सघर्ष समितीका अध्यक्ष टीकाराम कार्की बताउछन् ।


डिभिजन वन कार्यलय धनगढीका प्रमुख रामचन्द्र कडेलले ती वन अतिक्रमण गरि बनाएका घरटहराहरु हटाई त्यो स्थानमा वन कार्यलयले सरक्षणका लागि तारबार गरी बृक्षारोपण गरिएको छ तर केहि बाढीपिडितहरु अझै पनि त्यही जङ्गलमै घरटहरा बनाइ सकेका छन् । ती घरटहरा वन कार्यलयले जुनसुकै बेलामा उठाउन सक्ने कडेलले बताए ।


यी त प्रतिनिधि पात्र मा हुन दुबै बस्तीका , गिरिघाट खोलामा रहेको बस्तीले २ पटकको र पनेरुगडामा रहेका पहिरो पिडित बस्तीले १ पटक सघिय , प्रदेश र स्थानिय तहका निवाचर्न देखि सके , निवाचर्नको समयमा राजनितीक दलका सबै नेताहरु भोट माग्न पुगे । निवाचर्नको समयमा राजनैतिक दलले आफ्नो घोषणा पत्रमा सुकुम्बासिको ब्यवस्थापन नै मुख्य एजेण्डा बनायको पत्रकार गोविन्द के सी बताउछन् ।


चुरे गाउँपालिका अध्यक्ष चक्र बहादुर बोगटीले यो पहिरो पिडितका लागी पालिका एक्लै केहि गर्न नसक्ने प्रदेश र सघिय सरकारको सहयोग पाए समन्वय गरेर सुरक्षीत ठाउँमा राख्न सकिने बताउछन् । यसरी उनीहरु भन्छन् सघीय पछि गाउँ गाउँमा सिहदरबार आउछ भन्थ्ये त्यो हामीले यसरी जङ्गलमा बसेको १० बर्ष बितीसक्ता पनि कुनै अनुभुती गर्न पाएका छैन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Detailed insights into allwins casino reveal a secure platform with diverse games for UK players

Top Mobile Gambling Establishment: Experience the Thrills of Gaming on the move

Innovative Strategien mit morospin online entwickeln und langfristigen Erfolg im Glücksspiel sichern

Spinathlon Bonus – Loyalty rewards and special promotions in the online casino

SpinFest Casino im Test: Spiele, Boni und Zahlungen

Rizzio Casino Bonus – gratis spins en promoties in het online casino

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

मुख्यमन्त्री शाहको निर्देशनमा वन पैदावारको लिलाम बिक्रीवितरण तत्काल रोक

धनगढी/सुदूरपश्चिम प्रदेश सरकारले वन पैदावारको लिलाम बिक्रीवितरण तत्काल रोक्न निर्देशन दिएपछि  आम उपभोक्ता समस्यामा परेका छन् । प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको ठाडो निर्देशनमा यस्तो समस्या

अझै पढ्नुहोस्
समाचार

बाढीले पुल बगाउँदा विद्यार्थीलाई समस्या

 मङ्गलवार परेको अविरल वर्षाका कारण खोलामा आएको बाढीले काठे पुल बगाउँदा आवतजावतमा समस्या भएको छ । कैलालीको घोडाघोडी नगरपालिकामा बौराहा खोलामा आएको बाढी र कौवा

अझै पढ्नुहोस्
समाचार

मुख्यमन्त्री शाहद्वारा आफ्नो क्षेत्रका दुई योजना शिल्यान्स

कैलाली/सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले आफ्नो निर्वाचन क्षेत्रका दुई आयोजनको शिलान्य गर्नु भएको छ। बिहीबार मुख्यमन्त्री शाहले आफ्नो निर्वाचन क्षेत्र कैलाली क्षेत्र नं.२ को

अझै पढ्नुहोस्