कैलालीमा ग्रिनेड पड्किदा नेपाली सेनाका हुद्दाको मृत्यु, सहसेनानी  घाइते

शेयेर गर्नुहोस

कैलालीमा ग्रिनेड विस्फाेट हुँदा नेपाली सेनाका हुद्दाकाे मृत्यु भएको छ भने सहसेनानी घाइते भएका छन् ।

मोहन्याल गाउँपालिका–७ काे जालपा सामुदायिक वन क्षेत्रमा सञ्चालन भइरहेको फायरिङ अभ्यासका क्रममा ग्रिनेड विस्फोट हुँदा नेपाली सेनाका हुद्दा हिमाल विक्रम विष्टकाे मृत्यु भएको कैलालीका प्रहरी प्रवक्ता डीएसपी याेगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।

उनकाअनुसार विष्टकाे लम्कीस्थित लालरत्न अस्पतालमा उपचारका क्रममा दिउँसो १२ बजेतिर हुद्दा बिष्टको मृत्यु भएको हाे ।

सोही घटनामा नजिकै रहेका सहसेनानी हिमराज जोशी पनि छर्रा लागेर घाइते भएका छन् । उनको अवस्था सामान्य रहेको तिमिल्सिनाले बताए ।

जोशीलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको छ । बिहीबार बिहान ९ः१७ बजे सुदूरपश्चिम पृतना तालिम शिक्षालय गोराङ्गे ब्यारेकबाट फायरिङ अभ्यासका लागि खटिएका नेपाली सेनाका

मृतक बिष्ट ग्रिनेड पड्काउने क्रममा घाइते भएका थिए । विस्फोटबाट उनको दाहिने हातको हत्केला तथा शरीरका विभिन्न भागमा छर्रा लागेकाे थियो । गम्भीर घाइते भएका थिए।

ताजा खबर

WinPlace Mobile Performance-Tipps

Winbeast Pre-Match vs Live Betting

Recognizing the Period of an ESA Letter

PayPal az Energy Casinónál: Előnyök, Hátrányok és Alternatívák

Stake GamCare et BeGambleAware Ressources

सम्बन्धितखवर

छुटाउनु भयो कि !