दुख झेलिरहेका छबिलाई फेरि ताराको दुख आयो

शेयेर गर्नुहोस

जमुना न्युरे,सुखड /आफै अपांगता जिवन बाँचिरहेका कैलालीको घोडाघोडी नगरपालिका-१ हिम्मतपुर शिविरका छविलाल चौधरीले सिकलसेल एनिमियाबाट ग्रसित आफ्नी श्रीमती तारा कुमारी चौधरीको जिवन रक्षाका लागी अपिल गरेका छन् । घरको आर्थिक अवस्था एकदमै नाजुक भएका कारण उपचार गर्न समस्या भएपछि पीडित ३३ वर्षिया तारा कुमारी चौधरीका श्रीमान छविलाल चौधरीले सहयोगको याचना गरेका हुन् ।

गरिबीका कारण उपचार गराउन सक्ने अवस्था नरहेको उनका श्रीमान् छविलाल चौधरीले बताएका छन् । श्रीमती बिरामी भए पछि घोडाघोडी अस्पतालमा चेकजाँच गर्दा उनमा सिकलसेल एनिमिया रोग देखा परेको उनले बताए । श्रीमतीमा सिकलसेल एनिमिया रोग देखा परे पछि कसरी उपचार गर्ने चिन्तामा उनी रहेका छन् । उनको काठमाडौँ उपचार सम्भव रहेको बताइएको छ । उनलाई उपचार गर्न २० लाख बढी खर्च लाग्ने बुझिएको छ ।

आर्थिक अवस्था निकै कमजोर भएकाले उपचार लागी लाग्ने त्यति धेरै रकम जुटाउन नसक्ने अवस्थामा आफू रहेको उनको भनाई छ । श्रीमतीको उपचारका लागि लाग्ने खर्च व्यहोर्न सक्ने अवस्था नरहेकाले जीवन रक्षाका लागि सहयोगको याचना गर्नुको विकल्प नभएको उनले बताए । ९ वर्षको एक छोरा उनको छ । छविलाल आफैमा शारीरिक रूपमा अशक्त छन् । श्रीमती पनि अशक्त,अझ त्यही माथि सिकलसेल एनिमिया रोगले गर्दा झनै अशक्त भएका छन् ।

हिम्मतपुर मुक्त कमैया शिविरमा बसोबास गर्दै आएका छविलाल बेतबासको सामाग्री बनाउँदै माटोको भाडा बेच्दै आफू र आफ्नो परिवार पाल्दै आएका छन् । यति बेला भने उनी श्रीमतीमा सिकलसेल एनिमिया रोग देखा परे पछि निकै चिन्तामा रहेको छन् । उपचारका लागी उनी पैसाको खोजीमा भौँतारिरहेका छन् । सहयोग गर्न इच्छुक व्यक्ति वा सङ्घसंस्थाले छविलाल चौधरीको मोबाइल नम्बर ९७४६२५८४४८, ९८११६४७५५० मा सम्पर्क गर्न वा उनको नाममा कृषि विकास बैङ्क लिमिटेड सुखड कैलाली शाखामा रहेको खाता नम्बर ०८२२३०१५६३३९००११ मा रकम जम्मा गर्न सक्ने छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Understanding the Play Alberta Casino Experience

Η Βάθος της Τύχης στο Betflare Casino

Overview of PalmSlots Casino Online Gaming Platform.

Κλαρίσιμα Κέρδη στο Ιμεριόν Καζίνο

Spielautomaten-Klassiker Royal Game Casino – Glücksspiele für Jedermann

What is Puntit Casino? A Review of Online Gambling Platforms

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

धनगढी उप-महानगरपालिका नाला र खोल्सामा मिल्काउँछ फोहोर

नगरबासीको घरबाट फोहर उठाईरहेको धनगढी उप–महानगरपालिकाले त्यसलाई बस्तीका बिचमा रहेका नाला र खोल्साहरुमा फाल्ने गरेको छ । उप–महानगरपालिकाले नगरबासीको घरबाट शुल्क असुलेर फोहर उठाउने गर्दछ

अझै पढ्नुहोस्