कैलालीमा कोरोना पछि होमस्टेकाे प्रचलन बढ्दाे

शेयेर गर्नुहोस

जमुना न्युरे,
सुखड/ कैलालीका ग्रामिण क्षेत्रमा होमस्टेको प्रचलन बढ्दो छ । ब्यवस्थित होटल,लज नभएको स्थानमा होम स्टे एउटा राम्रो बिकल्प पनि हो । होम स्टेको छुट्टै बिषेषता छ । पाहुना सत्कार,सस्कृति झल्कने परम्परागत शैलि ,रहन सहन,बोलि भाषा होम स्टेमा पुगे नजिक बाट नियाल्न पाइन्छ ।

पर्यटन प्रवद्र्धन संगै आर्थिक रुपान्तरण गर्नमा पनि होमस्टे सफल भएको पाइन्छ । कैलालीको जिल्ला को पहिलो होमस्टे धनगढी उपनगरपालिका वडा न १६ मा सञ्चालन भएको भादा होम स्टे पनि पर्यटन प्रबद्धन गर्न सफल भइरहेको छ ।

तराई भु -परिधी कार्यक्रम तालको सहयोगमा २०६७साल बाट भादा होम स्टे सञ्चालनमा आएको हो । स्थानियको सहभागिता बिना संरक्षण सम्भब नभएकाले संरक्षणमा स्थानियको सहभागीता गराइ आय आर्जनमा टेवा पुर्याउनका लागी होम स्टे सञ्चालनको अवधारणा ल्याइएको सरंक्षणकर्मी तथा सामुदायिक बन समन्वय समितिका अध्यक्ष विशाल सापकोटाले बताउनुभयो ।

१५ ओटा घर बाट सुरु गरिएको होमस्टे हाल ५ घरमा थप गरि २० घरमा सञ्चालन भइरहेका छन । भादा होमस्टे पुगे थारु परम्परागत मौलिक कला सास्कृतिक धनि , खाना, बास बस्न संगै लोपोन्मुख, आगन्तुक तथा रैथाने चराहरु समेत अवलोकन गर्न पाइन्छ । धार्मिक तथा पर्यटनको दृष्टिले महत्वपुर्ण मानिएको बेहेडाबाबा मन्दिर , विभिन्न तालहरु, बसन्ता जैविक मार्ग संगै जोडिएकाले जहाँ चराचुरुङ्गी बन्यजन्तु को भारतीय दुधुवा नेसनल पार्क हुँदै कर्तरनिया बन्यजन्तु सेन्चुरी हुँदै कर्णाली कोरिडोर हुँदै चुरे भाबर बाट बसन्ता जैविक मार्गमा ओहोरदोहोर गरिरहेका हुन्छन् ।

भादा होमस्टेमा कृषि पर्यटन प्रसस्त धनी रहेको जहाँ नुन र चिनि मात्र बजार किन्न गइन्छ अरु आफैले गाउमा उत्पादन गरिन्छ जहाँ रैथाने , मौलिक खाना खुवाइन्छ , आत्मनिर्भर कृषि प्रणाली रहेको छ । भादा होम स्टेमा पर्यटकहरु आउने गर्दछन । पछिल्लो समयमा आयको कोरोना माहामारिका कारण होमस्टे पनि अछुतो रहन सकेन जसकारण होम स्टेमा आन्तरिक तथा बाह्य पर्यटन आउन सकेनन ।

होमस्टेमा पाहुना नआउदा आफ्नो आर्याअर्जन र जिबिकोपार्जन , होमस्टेको घर निर्माण कार्य , विभिन्न सामाग्री जडानमा पनि असरपरेको बताइन्छ । भादा होम स्टे ब्यवस्थापनका लागी स्थानिय तह लगायत सरकारी तवरबाट पनि सहयोग भइरहेको छ ।

ताजा खबर

Mostbet ᐉ Bônus De Boas-vindas R$5555 ᐉ Oficial Mostbet Casino Br

Getting Started with Gaming Machines and PayID in Australia

Keno Gets a Fresh Coat of Paint Down Under

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

सुदूरपश्चिमलाई सूचनाको मैत्री प्रदेश बनाउन चहान्छु: मुख्यमन्त्री

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिम प्रदेशलाई सूचनाको हकमैत्री प्रदेश बनाउने बताएका छन् । शुक्रवार कैलालीको भादामा आयोजित सूचनाको हकका लागि प्रदेश महासङ्घको अधिवेशनलाई सम्बोधन गर्दै

अझै पढ्नुहोस्