कैलाली जिल्लामा मतदानको सबै तयारी पूरा

शेयेर गर्नुहोस

सुखड/कैलाली जिल्लाको सबै निर्वाचन क्षेत्रमा निर्वाचनको तयारी पूरा भएको छ ।

प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेमराज भट्टले बिहीबार बिहान ७ बजेदेखि हुने मतदानको सबै तयारी पूरा भएको जानकारी दिए ।

कैलाली जिल्लाका ५ क्षेत्रमा सबै केन्द्रमा मतपत्र, मतपेटिकासहित कर्मचारी सोमबार नै पुगिसकेका थिए ।

उनीहरूले केन्द्रमा मतदानका लागि आवश्यक पर्ने तयारी पूरा गर्दै सर्वदलीय बैठक पनि सम्पन्न गरिसकेको क्षेत्र ३ को घोडाघोडि नगरपालिका वडा ३ केन्द्र मतदान अधिकृत दिलिप यादबले बताए ।

निर्वाचन आयोगले भयरहित वातावरणमा मतदान प्रक्रियामा सहभागी हुन समेत अपिल गरेको छ । कैलाली जिल्ला प्रहरी कार्यालयले पनि सबै क्षेत्रमा सुरक्षा प्रबन्ध दुरुस्त बनाइएको जनाएको छ ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक(एसएसपी) पदमबहादुर विष्टले केन्द्रीय सुरक्षा योजनाअनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना संयुक्त रूपमा परिचालन भएको जानकारी दिए ।

उनकाअनुसार प्रदेशका सबै मतदान स्थलको सुरक्षा संवेदनशीलता विश्लेषण गर्दै सोही अनुसार सुरक्षाकर्मी परिचालन गरिएको छ ।

सशस्त्र प्रहरी बल वैद्यनाथ बाहिनी अत्तरियाका निमित्त प्रमुख सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) दिगविजय सुवेदीले पनि चुनावी सुरक्षाका लागि सबै क्षेत्रमा सशस्त्र प्रहरी परिचालन भईसकेको बताए ।

सुदूरपश्चिम प्रदेशको सबैभन्दा बढी मतदाता कैलालीमा रहेका छन् । कैलालीमा ५ प्रतिनिधि सभा क्षेत्र अन्तर्गत ५ लाख ५१ हजार ५२ मतदाता रहेका छन् ।

ताजा खबर

Comprehending ESA Letters in South Carolina: A Comprehensive Overview

Roulette Test System Best Bonus: A Comprehensive Guide

Comprehending ESA Letters: A Comprehensive Overview

Figyelmes elemzés a thenvcasinos-hu.com kínálatával, ami új dimenziókat nyit a játékosok előtt Magyarországon

Genuine opportunities await players with theluckygemcasino.nl and exciting bonus features

Ευκαιρίες διασκέδασης και κέρδους με το theleonbet-casino.com για κάθε παίκτη

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Как использовать обзор программы лояльности Мелбет для месячного кэшбэка?

Как использовать обзор программы лояльности Мелбет для месячного кэшбэка? Приветствую, меня зовут Алексей Сидоров, и в этом обзоре я расскажу, как использовать обзор программы лояльности

अझै पढ्नुहोस्