TRENDING
Scrivere scommesse con Eplay24 e play 24 app per unesperienza completa
Roulette with live dealer USA United States
Ruletă pe bani reali certificată: ghid complet pentru jucătorii experimentați
European Roulette Online USA for Tablet: A Comprehensive Guide
Roulette Bonuses USA Legal: Everything You Need to Know
Next
Prev

कार्यपालिकाको बैठक नबस्दा तोकियन कार्यबाहय

शेयेर गर्नुहोस


धनगढी/कैलालीको टीकापुर नगरपालिका नेतृत्वविहीन बनेको छ । मेयर रामलाल डगौरा राजीनामा दिएर नेकपाबाट कैलाली १ बाट प्रतिनिधिसभा सदस्यको चुनावी प्रतिस्पर्धामा उत्रिएपछि नगरपालिका नेतृत्वविहीन बनेको हो ।

उपमेयर खडक शाह भ्रष्टाचार मुद्दा लागेपछि यसअघि नै निलम्बनमा छन् । अब १७ जना कार्यपालिका सदस्यमध्ये एकजनाले कार्यवाहक प्रमुखको जिम्मेवारी पाउनेछन् । तर, कार्यवाहक मेयर तोक्न कार्यपालिका बैठक बसेको छैन । स्थानीय सरकार सञ्चालन ऐनमा नगर प्रमुख र उपप्रमुख दुवै नभएको अवस्थामा कार्यपालिकाले कार्यवाहक प्रमुख तोक्ने व्यवस्था छ । 

नगरपालिका नेतृत्वविहीन भएपछि मेयर रहने स्थानीय स्वास्थ्य बोर्डबाट विपन्न वर्गका बिरामीलाई सहायता दिने निर्णय, घरनक्सासम्बन्धी पुनरावेदनका काम प्रभावित भएको कर्मचारी बताउँछन् । मेयर र उपमेयर दुवै नहुँदा कतिपय महत्वपूर्ण नीतिगत निर्णय गर्न, नीति तथा कार्यक्रम निर्माण गर्न, योजना कार्यान्वयन, अनुगमनजस्ता विषयमा समस्या हुनेछ । ‘काम रोकिएकै अवस्था होइन, तर मूल नेतृत्व नहुँदा नगरपालिकाको समग्र सेवाप्रवाहमा असर पर्ने कुरा स्वाभाविक हो,’ एक कर्मचारीले भने, ‘महत्वपूर्ण निर्णय, नीति तथा कार्यक्रम निर्माण, योजना कार्यान्वयन, अनुगमनजस्ता विषयमा असर परिहाल्छ ।’ 

प्रमुख प्रशासकीय अधिकृत सुमन धितालले मेयर र उपमेयर नहुँदा नगरपालिकाको काममा अहिले नै कुनै असर नपरेको दाबी गरे । ‘अहिले नीतिगत निर्णय गर्नुपर्ने केही छैन । नगरसभा पनि भर्खरै सकिएको छ,’ उनले भने । टीकापुर नगर विकास समितिको जग्गा घोटाला प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेपछि उपमेयर शाह करिब दुई वर्षदेखि निलम्बनमा छन् । उपमेयरको अनुपस्थितिमा न्यायिक समितिका काम प्रभावित छन् ।

डगौराले मुलुकको अहिलेको परिस्थितिमा फरक जिम्मेवारीमा जानुपर्ने भएकाले पदबाट राजीनामा दिएकोे बताए । ‘फरक जिम्मेवारीमा जानुपर्ने परिस्थिति बन्यो,’ उनले भने । उनी ०७९ मा नागरिक उन्मुक्तिबाट मेयरमा निर्वाचित भएका थिए । तर, हाल उक्त पार्टी नेकपामा समाहित भएको छ ।

कार्यवाहक बन्न हानथाप
टीकापुर नगरपालिकामा हाल कायम १७ जना कार्यपालिका सदस्यमध्ये ११ जनासहित नेकपाको बहुमत छ । त्यसमध्ये सात नागरिक उन्मुक्तिबाट र चार पूर्वमाओवादीबाट निर्वाचित हुन् । कांग्रेसका पाँच र एमालेका एकजना सदस्य छन् । नौवटा वडाध्यक्षमा पूर्वमाओवादी र कांग्रेसबाट तीन–तीन, नागरिक उन्मुक्तिबाट दुई र एमालेबाट एकजना निर्वाचित भएका थिए ।

एक कार्यपालिका सदस्यका अनुसार वडा नम्बर ७ का अध्यक्ष यज्ञ न्यौपाने, ४ का अध्यक्ष लालवीर चौधरी र कार्यपालिकाका ज्येष्ठ सदस्य रामबहादुर नागर्जीले कार्यवाहक मेयर बन्न चाहना देखाएका छन् । न्यौपाने पूर्वमाओवादी, चौधरी पूर्वनाउपा र नागर्जी कांग्रेसबाट निर्वाचित हुन् ।

वडा नम्बर ८ का अध्यक्ष दीर्घ ठकुल्लाले कार्यबाहक मेयरको जिम्मेवारी कसलाई दिने भनेर औपचारिक छलफल र समझदारी भइनसकेको बताए । ‘कार्यवाहक दिनेबारे पार्टीमा पनि कुरा राखेका छौँ’ उनले भने, ‘पार्टीको परामर्श र कार्यपालिका सदस्य साथीहरूको रायअनुसार निर्णय गर्छौँ ।’ 

०७४ को प्रतिनिधि सभा सदस्यको निर्वाचनपछिका पाँच वर्ष टीकापुर पर्ने क्षेत्र नम्बर १ प्रतिनिधिविहीन बनेको थियो । थरुहट आन्दोलनका क्रममा नौ जनाको ज्यान जाने गरी भएको घटनापछि फरार रेशमलाल चौधरीले फरार अवस्थामै चुनाव जितेका थिए । आत्मसमपर्णपछि अदालतले उनलाई कारागार चलान गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Scrivere scommesse con Eplay24 e play 24 app per unesperienza completa

Roulette with live dealer USA United States

Ruletă pe bani reali certificată: ghid complet pentru jucătorii experimentați

European Roulette Online USA for Tablet: A Comprehensive Guide

Roulette Bonuses USA Legal: Everything You Need to Know

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

मुख्यमन्त्री शाहलाई समितीले बुझायो २५ बुँदे प्रतिवेदन

धनगढी/सुदूरपश्चिम प्रदेशका वन–सम्बन्धी विभिन्न सरोकारवालाको २५ बुँदे प्रतिवेदन प्रदेश सरकारका माननीय मुख्यमन्त्रीलाई औपचारिक रूपमा पेश गरिएको छ।  कार्तिक २८ गते  पर्यटन वन तथा वातावरण मन्त्रालयमा

अझै पढ्नुहोस्
समाचार

मुख्यमन्त्री शाहले एक विशेष कार्यक्रमका बीच लम्कीचुहा प्रादेशिक अस्पताल उद्घाटन गरे

लम्की/कैलालीको लम्कीचुहा प्रादेशिक अस्पताल आज औपचारिक रूपमा उद्घाटन गरिएको छ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले एक विशेष कार्यक्रमका बीच लम्कीचुहा प्रादेशिक अस्पताल उद्घाटन गर्दै

अझै पढ्नुहोस्