एमाले–कांग्रेस सहकार्य तत्काल टुट्दैन : गगन थापा

शेयेर गर्नुहोस


धनगढी । नेपाली कांग्रेसका सभापति गगन थापा ले एमालेसँगको सत्ता सहकार्य तत्काल नटुट्ने बताएका छन्। एमाले कांग्रेसको समिकरण छुट्नबारे चर्चा चलिरहेका बेला ‘जरा अभियान’ अन्तर्गत कैलालीको धनगढीमा सभापति थापाले अहिलेको राजनीतिक परिस्थितिमा नेपाली कांग्रेस र नेकपा एमालेबाहेक अर्को सरकार बन्ने अवस्था नरहेको बताए।


उनले एमाले नेतृत्वसँग निरन्तर छलफल भइरहेको उल्लेख गर्दै सरकारको नीति तथा कार्यक्रम तथा बजेटबारे पनि संवाद जारी रहेको बताए। प्रदेश सरकारहरू ठीक ढंगले चल्नुपर्नेमा उनले जोड दिए। मधेश प्रदेशमा समेत नेकपासहित छलफल भइरहेको जानकारी उनले दिए।


थापाले कांग्रेस कार्यकर्तालाई पराजित मानसिकताबाट बाहिर निस्केर नयाँ जिम्मेवारी र सोचसहित अघि बढ्न आग्रह गरे। पार्टीका उम्मेदवारलाई असहयोग गर्ने नेता–कार्यकर्तालाई केही समय जिम्मेवारीबाट बाहिर राखिने चेतावनी पनि उनले दिए।
‘नेतासँग असन्तुष्टि हुन सक्छ, तर कांग्रेसको टिकट लिएर चुनावमा उठेको उम्मेदवारलाई भोट हाल्दिन भन्न पाइँदैन, ’ उनले भने, ‘त्यस्तो गतिविधिमा संलग्न देखिएकामाथि कारबाही हुन्छ। ’


उनले यसपटक करिब १० लाख कांग्रेस मतदाताले पार्टीलाई भोट नदिएको दाबी गर्दै कांग्रेस भूमिकाविहीन नभएको स्पष्ट पारे। ‘हामी हा¥यौं भनेर जिम्मेवारीबाट भाग्न मिल्दैन, ’ उनले भने।
राष्ट्रिय स्वतन्त्र पार्टी लाई पाँच वर्ष सरकार चलाउने जनादेश प्राप्त भएको उल्लेख गर्दै उनले कांग्रेसले प्रतिपक्षको भूमिका प्रभावकारी रूपमा निर्वाह गर्ने बताए। ‘हामीले सचेत गराउन छाड्यौं भने लोकतन्त्रको आत्मा मर्छ,’ उनले भने।


सुशासनका सन्दर्भमा सरकारले गरेका सकारात्मक प्रयासलाई समर्थन रहने तर शक्ति र सत्ताको आडमा लोकतन्त्र नियन्त्रण गर्न खोजिए कांग्रेस ‘सतीसाल’झैं उभिने उनले बताए।
थापाले अव्यवस्थित भूमिहीन तथा सुकुम्बासी समस्यामा राज्य संवेदनशील हुनुपर्ने उल्लेख गर्दै उनले भने, ‘सनकको भरमा डोजर चलाउन हुँदैन, उनीहरूको पनि आत्मसम्मान हुन्छ, ।’
कार्यक्रममा उनले शेरबहादुर देउवा सहित कांग्रेसका पूर्व सभापतिहरूको योगदानसमेत स्मरण गरेका थिए। सभापति थापाले सबैलाई समेटेर पार्टीलाई एकताबद्ध बनाउने प्रयास भइरहेको बताए।


निर्वतमान सभापति देउवाको स्वास्थ्य लाभको कामना गर्दै पछिल्लो समय आफूहरूबीच संवाद नभएको उनले बताए।
थापाले चुनावअघि बनेको गठबन्धन नगर्न आफूले सुझाव दिएको तर तत्कालीन सभापति देउवाले नमानेको बताए। उनले ‘जेनजी आन्दोलन’ अघिल्ला दिनहरूसम्म पनि सरकार छाड्नेदेखि अन्य विभिन्न सुझाव दिएको तर त्यो पनि कार्यान्वयन नभएको स्मरण गरे।
पार्टीका नेताहरूसँग छलफल गरेर सबैलाई जोडेर लैजाने तयारी भइरहेको समेत उनले बताए।

ताजा खबर

WinSpirit Account Verification Failed: What to Do

BetPlay Casino Mobile Play: Sessioni Veloci e Azione Crypto Immediata

Book of Ra Magic Slot: Schnelle Spins, Große Risiken und die Jagd nach Expanding Symbols

Recenzja Nomini Casino: Szybkie sesje, duże wygrane i sztuka krótkiego spinowania

Discovering the World of No Account Casinos: The Ultimate Guide

सम्बन्धितखवर

छुटाउनु भयो कि !