ई-प्लानेट नेशनल हाई स्कुल च्याम्पियनसिप : सुदूरपश्चिम छनोटको उपाधि वेस्टर्न क्रिस्टललाई

शेयेर गर्नुहोस

धनगढी/ई-प्लानेट नेशनल हाई स्कुल टी टेन क्रिकेट च्याम्पियनसिप २०८१ को सुदूरपश्चिम छनोटको उपाधि वेस्टर्न क्रिस्टल एकेडेमीले जितेको छ।

धनगढी स्थित मोहना खेल मैदानमा शुक्रबार सम्पन्न फाइनलमा वेस्टर्न क्रिस्टलले विद्या भुषण पब्लिक स्कुललाई ३३ रनले पराजित गर्दै नेशनल हाइस्कुल च्याम्पियनसिपको लागि छनोट भएको हो। सुदूरपश्चिम छनोटबाट विजेताको रुपमा वेस्टर्न क्रिस्टलले अब राष्ट्रिय फाइनलमा प्रतिस्पर्धा गर्नेछ। राष्ट्रिय फाइनल माघ २३ देखि २६ गतेसम्म काठमाडौंमा आयोजना हुनेछ, जहाँ ७ प्रदेशका विजेता टिम र आयोजक टिम गरी ८ टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

फाइनल खेलमा १०४ रनको लक्ष्य पछ्याएको विद्या भुषणले निर्धारित १० ओभर ब्याटिंग गरेता पनि ४ विकेट क्षेतीमा ७० रन मात्र बनाउन सक्यो।

विद्या भुषणको लागि नबिन शाहले सर्वाधिक २० रन बनाए जुन क्रममा १७ बलमा ३ चौका प्रहार गरे। प्रशान्त मदाईले १६ तथा रोशन बिक र बिबेक दुवालले समान ११ रन बनाए।

वेस्टर्न क्रिस्टलका बलर रोशन रावल, युनिक मल्ल र बिक्की सिंहले १/१ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गरेको वेस्टर्न क्रिस्टल एकेडेमीले निर्धारित १० ओभरमा ४ विकेट क्षेतीमा १०३ रन बनाएको थियो।

वेस्टर्न क्रिस्टलको लागि ओपनर आरेश बोहराले सर्वाधिक ३७ रन बनाए जुन क्रममा उनले २३ बलमा ४ चौका र १ छक्का प्रहार गरे। यस्तै चौंथो नम्बरमा ब्याटिंग गरेका दिपक कुडमालले मात्र १३ बलमा २ चौका र ३ छक्का मद्दतले ३३ रन बनाए। शंकर बोहराले ११ रन बनाए। बिद्या भुषणका रोशन विकले २ तथा बिबेक दुवाल र नबिन शाहले १/१ विकेट लिए।

प्रतियोगिताको उत्कृस्ट खेलाडी शंकर बोहरा घोषित भए। बोहराले सेमीफाइनलमा ब्राइटवे पब्लिक स्कुल विरुद्ध शतक बनाएका थिए।

ताजा खबर

Can I Obtain an ESA Letter From My Doctor?

Just how to Get an ESA Letter Near You: A Comprehensive Guide

The Ultimate Guide to Playing Licensed Roulette Online

Discovering the Cheapest ESA Letter Online: A Comprehensive Guide

Comprehending ESA Letters in South Carolina: A Comprehensive Overview

Roulette Test System Best Bonus: A Comprehensive Guide

सम्बन्धितखवर

छुटाउनु भयो कि !