सुदूरपश्चिम सुन्दरपश्चिम हो: प्रदेश प्रमुख मियाँ

शेयेर गर्नुहोस

सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले सुदूरपश्चिम साँच्चै सुन्दरपश्चिम भएको टिप्पणी गरेका छन् ।

शुक्रवार सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानले डोटीमा आयोजना गरेको बहुभाषिक अन्तर्राष्ट्रिय साहित्यिक सङ्गोष्ठीमा बोल्दै प्रदेश प्रमुख मियाँले सुदूरपश्चिम कला, साहित्य र संस्कृतिको धनी भएको बताए । ‘सांस्कृतिक बिराले धनी सुदूरपश्चिम अतिथिको संस्कारमा पनि धनी छ’ प्रदेश प्रमुख मियाँले भने ‘भौगोलिक रुपमा पनि हिमाल, पहाड, तराईको भू–भाग समेत रहेको छ ।’

आफू प्रदेश प्रमुखको शपथ ग्रहण गरेर सुदूरपश्चिममा आउने तयारी गरिरहेका ‘सुदूरपश्चिममा अप्ठेरोमा पार्लान्, ख्याल गर्नु होला है’ भनेको सम्झँदै उनले थपे ‘तर यहाँ त अप्ठेरो पार्ने मान्छे होइन, माया गर्ने र सम्मान गर्ने मान्छेहरू बस्दा रहेछन् ।’ उनले सुदूरपश्चिम सांस्कृतिक रुपमा मात्रै नभएर प्राकृतिक रुपमा पनि धनी भएको बताए । कस्तुरीले बिना नदेखेजस्तै राज्यले सुदूरपश्चिमको सुन्दरता नदेखेको उनको टिप्पणी थियो ।

उनले सुदूरपश्चिमको साहित्यिक क्षेत्रको विकासका लागि तीन वटै तहका सरकारहरुबीच समन्वय हुनु पर्ने बताए । कार्यक्रममा सहभागी स्थानीय तहका प्रमुखहरूलाई कला साहित्यको क्षेत्रमा अध्ययन अनुसन्धान गर्न प्रदेश प्रमुखले सुझाव दिए ।

कार्यक्रममा नेपाल र भारतका बिभिन्न क्षेत्रका स्रष्टाहरूले आफ्नो साहित्यिक प्रस्तुति राखेका थिए । सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टि एन जोशीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभाका सदस्यद्वय चक्र बहादुर मल्ल र शिवसिंह ओली, डोटीका स्थानीय तहका प्रमुखहरू लगायतको सहभागिता रहेको थियो । प्रदेशका बिभिन्न सांस्कृतिक झाँकीहरूको प्रस्तुति रहेको थियो । उक्त कार्यक्रममा सुदूरपश्चिमको साहित्य, साहित्यिक पत्रकारिता र डोटेली भाषाको संरक्षणका बिषयमा छलफल भएको थियो ।

ताजा खबर

Can I Obtain an ESA Letter From My Doctor?

Just how to Get an ESA Letter Near You: A Comprehensive Guide

The Ultimate Guide to Playing Licensed Roulette Online

Discovering the Cheapest ESA Letter Online: A Comprehensive Guide

Comprehending ESA Letters in South Carolina: A Comprehensive Overview

Roulette Test System Best Bonus: A Comprehensive Guide

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

हामीलाई सवल, समावेशी र उन्नत राष्ट्र चाहिएको छ : राष्ट्रपति

पाँंचथर / राष्ट्रपति रामचन्द्र पौडेलले हामीलाई विभिन्न जाति, भाषा, धर्म, संस्कृति र समुदायको एकता, सहअस्तित्व, सामञ्जस्यता, सद्भाव र सहकार्यसहितको सवल, समावेशी र उन्नत राष्ट्र चाहिएको

अझै पढ्नुहोस्
समाचार

सुदूरपश्चिममा राष्ट्रिय सभा निर्वाचनका लागि एमालेका तिन जनाको उम्मेद्वारी दर्ता

धनगढी /माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि नेकपा एमालेले उम्मेद्वारी दर्ता गराएको छ । निर्वाचन अधिकृतको कार्यालयमा नेकपा एमालेतर्फबाट महिलाबाट कैलालीकि सावित्रादेवी घिमिरे,

अझै पढ्नुहोस्